6 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आज आयोजक थाईल्यान्डसँग खेल्दै छ । खेल बिहान ८ः१५ मा थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ ।

थाईल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै एसिया कप यात्राबाट बाहिरिसकेको छ । थाईल्यान्ड अन्तिम खेलमा ओडीआई टोली नेपालको खराब लयको फाइदा उठाउँदै अप्रत्याशित जित निकाल्ने सोचमा रहने छ । मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको नेपालले थाईल्यान्ड र सिंगापुर दुबैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ ।
प्रमुख ब्याट्सम्यान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीको खराब प्रर्दशनले ब्याटिङ निकै कमजोर देखिएको छ । आज यी चारै ब्याट्सम्यानले जिम्मेवारी इनिङ खेल्न आवश्यक छ । यता कप्तान ज्ञानेन्द्र मल्लले सुरुवाती इनिङलाई ठूलो स्कोरमा बदल्न दबाब छ । ज्ञानेन्द्र मलेसियासँग ३८ र हङकङसँग ४६ रनमा आउट भएका थिए ।
त्यस्तै अर्का ओपनर कुशल मल्ललाई पनि ठूलो इनिङ खेल्न दबाब छ । कुशलले मलेसियासँग शुन्यमा आउट हुँदा हङकङविरुद्ध १९ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । आजको खेलमा सुरुवाती दुबै खेलमा खराब प्रर्दशन गरेका आरिफ शेख र पवन सरार्फ मध्य एकको स्थानमा युवा हिटर सन्दीप जोराले मौका पाउन सक्ने सम्भावना छ । त्यस्तै सुशन भारीको स्थानमा आज भुवन कार्कीले मौका पाउन सक्छन् ।
यता थाईल्यान्डले तीनै खेलमा एक सय रनको आकडा पार गर्न सकेको छैन । नयाँ टि ट्वान्टी वरियतामा नेपाल १५ र थाईल्यान्ड ६५ औं स्थानमा छ । थाईल्यान्डका हेन्नो जोर्डान, नवीद पठान र बायाँ हाते ब्याट्सम्यान डानियल जेकब्स प्रमुख ब्याट्सम्यान हुन् । महसीद फहीम थाईल्यान्डका प्रमुख बलर हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]