6 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आयोजक थाईल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा थाईल्यान्डका कप्तान विचानाथ सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

थाईल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै एसिया कप यात्राबाट बाहिरिसकेको छ । थाईल्यान्ड अन्तिम खेलमा ओडीआई टोली नेपालको खराब लयको फाइदा उठाउँदै अप्रत्याशित जित निकाल्ने सोचमा छ । मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको नेपालले थाईल्यान्ड र सिंगापुर दुबैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]