6 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तीब्र गतिका करण केसीको उत्कृष्ट बलिङमा एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आयोजक थाईल्यान्डविरुद्ध उत्कृष्ट प्रर्दशन गरि रहेको छ ।

बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाईल्यान्डले १२ ओभरमा ४ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपाललाई पहिलो सफलता तीब्र गतिका बलर करण केसीले दिलाए । दोस्रो ओभरको पाँचौ बलमा करणले नवीद पठानलाई अभिनाश बोहराबाट ८ रनमा क्याच आउट गराए ।
पारस खड्काको तेस्रो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले डानियल जेकब्सलाई शुन्यमा रन आउट गराए । करणले वन्चना उइसुकलाई आठौं ओभरको अन्तिम बलमा २ रनमा बोल्ड आउट गरे । करणले दशौं ओभरको दोस्रो बलमा रेर्बोट रैनालाई २ रनमा बोल्ड आउट गरेका छन् ।
थाईल्यान्डका हेन्नो जोर्डन १३ रनमा क्रिजमा छन् । सन्दीपले ३ ओभरमा मात्र १ रन खर्चिएका छन् । करणले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]