5 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यानद्वय कुशल मल्ल र पवन सर्राफको आक्रामक ब्याटिङमा नेपालले एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा थाईल्यान्डलाई ९ विकेटले पराजित गरेको छ ।
थाईल्यान्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । यो नेपालले टि२० आईमा सबैभन्दा चाँडो लक्ष्य पूरा गरेको हो । नेपालको जितमा युवा ब्याट्सम्यान तथा ओपनर कुशल मल्ल १८ बलमा ५ चौका र २ छक्का सहित ३६ रनको अविजित इनिङ खेल्दै सहज जित दिलाए ।
त्यस्तै पवन सरार्फले १० बलमा २ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे । आजको खेलमा नेपालले ओपनर पारस खड्का र कुशल मल्ललाई पठाएको थियो । दोस्रो ओभरको तेस्रो बलमा पारस खड्का ठूलो सटको धुनमा अघि बढेर खेल्नेक्रममा ९ रनमा स्टम्पिङ आउट भए ।
त्यसअघि बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाईल्यान्ड २० ओभरमा अल आउट हुँदै ६६ रनमा समेटिएको थियो । यो नेपालले टि ट्वान्टी आईमा विपक्षीलाई रोकेको इतिहासकै कम योगफल हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो । नेपालको कसिलो बलिङ सामु थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । यद्यपि नेपालले १७ रन अतिरिक्त खर्चियो ।
नेपलालाई पहिलो सफलता तीब्र गतिका बलर करण केसीले दिलाए । दोस्रो ओभरको पाँचौ बलमा करणले नवीद पठानलाई अभिनाश बोहराबाट ८ रनमा क्याच आउट गराए । पारस खड्काको तेस्रो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले डानियल जेकब्सलाई शुन्यमा रन आउट गराए । करणले वन्चना उइसुकलाई आठौं ओभरको अन्तिम बलमा २ रनमा बोल्ड आउट गरे । करणले दशौं ओभरको दोस्रो बलमा रेर्बोट रैनालाई २ रनमा बोल्ड आउट गरे ।
त्यस्तै भुवन कार्कीले हेन्नो जोर्डनलाई १३ औं ओभरको चौथो बलमा १३ रनमा बोल्ड आउट गर्दै आफ्नो डेब्यु टि ट्वान्टी पहिलो विकेट लिए । सन्दीपले १४ औं ओभरको पाँचौ बलमा जियाउल हकलाई ५ रनमा एलबिडब्लू आउट गरे । इस्माईल सरदारलाई २ रनमा बोल्ड आउट गरे ।
सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । टि ट्वान्टी आईमा डेब्यू गरेका भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
यो नेपालको टि ट्वान्टीमा सर्वाधिक छिटो जित हो । यस अघि नेपालले गत जुलाईमा सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी एसिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । जुननै नेपालको टि ट्वान्टी आईमा सर्वाधिक छिटो जित रहँदै आएको थियो । अर्थात उक्त खेल नेपालले २५ बल अगाडीनै पुरा गरेको थियो भने आज ८७ बल अगाडीनै जित दर्ता गरेको हो ।
नेपालले अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो ।
साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ । साथै नेपालले अन्तिम खेलमा सिंगापुरलाई फराकिलो अन्तरले हराउनुपर्छ । अन्य टोलीको नतिजा आफु अनुकुल आउनुपर्छ ।
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। फ्लाइ दुबईबाट शुक्रवार बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा लुम्बिनीले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले बलिङ रोजेका हुन् । लुम्बिनीले बिहीवार ३ परिवर्तन गरेको छ । लुम्बिनीको टोलीमा पछिल्लो खेलमा खेलेका सुर्य तामाङ, उन्मुक्त चन्द र विवेक यादव बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। कर्णालीले ५ खेलमा ६ अंक […]