default_image

6 years ago

March 4, 2020

नेपालको जितमा बनेका ४ कीर्तिमान

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा थाईल्यान्डलाई ९ विकेटले पराजित गर्दा नेपालले कीर्तिमान पनि कायम गरेको छ ।

 

थाईल्यान्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालको जितमा कुशल मल्ल ३६ र पवन सरार्फ २७ रनमा अविजित रहे । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । सुरुवाती दुई हारको कारण एसिया कप छनोटमा पुग्ने नेपालको अव अंक गणितीय सम्भावना मात्रै बाँकी छ । नेपाल हङकङको नतिजामा निर्भर रहने छ ।

नेपालले थाईल्यान्डलाई पराजित गर्दा यी चार कीर्तिमान पनि बनाएको छ । सन्दीपको सर्वाधिक डट बल थाईल्यान्डलाई सस्तैमा रोक्न लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । जसक्रममा सन्दीपले २२ बल डट राखे । सन्दीप नेपालबाट एकै टि ट्वान्टी खेलमा २२ बल डट राख्ने पहिलो नेपाली बलर हुन् ।

टि ट्वान्टी आई इतिहासकै छैटौं चाडो जित नेपालले थाईल्यान्डलाई ८७ बल अगाडीनै पराजित गर्यो । जुन टि ट्वान्टी आइमा बलको रुपमा छैटौं चाडो जित पर्दछ । टि ट्वान्टी इतिहासमै सर्वाधिक छिटो जित अष्ट्रियाले टर्कीलाई ३३ रनको लक्ष्य पक्ष्याउने क्रममा २.४ ओभरमा (१ सय ४ बल बाँकी) कुनै विकेट नगुमाई पुरा गरेको थियो ।

नेपालको यस अघि सर्वाधिक छिटो जित २५ बल अगाडीनै रहँदै आएको थियो । जुन कीर्तिमान नेपालले गत जुलाईमा आईसीसी एसिया रिजन छनोटमा कुवेतविरुद्ध कायम गरेको थियो ।

टी ट्वान्टीमा विपक्ष्यलाई रोकेको कम योगफल थाईल्यान्डलाई नेपालले ६६ रनमा अल आउट गर्‍यो । जुन नेपालले टि ट्वान्टी आईमा विपक्ष्यलाई रोकेको र पाएको सर्वाधिक कम योगफलमा पर्दछ । यस अघि नेपालले टि ट्वान्टी आईमा सन् २०१४ को विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो ।

टि ट्वान्टीमा पवनको उच्च स्ट्राइकरेट नेपालको सहज जितमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पवन सरार्फ १० बलमा ३ छक्का र २ चौका सहित २७ रनमा अविजित रहे । जसक्रममा पवनको स्ट्राइक रेट २ सय ७० रन रह्यो । जुन टि ट्वान्टीमा नेपालको तर्फबाट एकै खेलमा उच्च स्ट्राइक रेट पर्दछ ।

यस अघि सन्दीप जोराले गत वर्ष युएईविरुद्ध तेस्रो टि ट्वान्टी खेलमा २५४.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । त्यो नै टि ट्वान्टीमा उच्च रहँदै आएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.