6 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान लोकेश बमको विश्फोटक ब्याटिङमा राइनो क्रिकेट क्लब नेपाल भैरहवा स्थित सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राइनो क्रिकेट क्लब नेपालले उपाधिको लागि बिहीबार शंकरनगर क्रिकेट क्लब नेपालसँग प्रतिस्पर्धा गर्ने छ ।

पहिलो सेमिफाइनल खेलमा राइनोले असरक क्रिकेट क्लब बाङ्लादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । त्यस्तै दोस्रो सेमिफाइनलमा शंकनगरले वेस्टर्न क्रिकेट क्लब नेपाललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गर्यो । सिद्धार्थ रंगशालामामा टस जितेर पहिला ब्याटिङ रोजेको असरकले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय १७ रन बनाएको थियो ।
असरकका दान रोबर्टले २४, अलि सामाद र ओस्कर कोलकले समान ३० तथा एम्बिए चौधरीले १४ रनको योगदान दिए । राइनोका लागि राष्ट्रिय टोलीमा युवा तीब्र गतिका बलर कमल सिंह ऐरीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै यू१९ का स्पिनर सुर्य तामाङले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए ।
गजेन्द्र बोहोराले पनि ४ ओभरमा १७ रन खर्चंदै ३ विकेट आफ्नो नाममा लेखाए । जितका लागि १ सय १८ रनको विजयी लक्ष्य पक्ष्याएको राइनोले १० ओभरमा १ विकेटको क्षतिमा सहजै पुरा गर्यो । राइनोलाई सहज जित दिलाउन यू१९ का युवा ब्याट्सम्यान लोकेश बमले ३७ बलमा १२ छक्का र ३ चौका सहित ९० रनमा अविजित रहँदै सहज जित दिलाए ।
राष्ट्रिय टोलीका रोहित कुमार पौडेल र गजेन्द्र बोहोराले ११-११ रन जोडे । त्यस्तै दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेको शंकरनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन जोड्यो। हिटर सौरभ खनाल ४९ बलमा ४ चौका र ३ छक्का सहित ५९ रन, साहब आलम २५ , दुर्गेश गुप्ता १३ र शंकर रानाले १० रनको योगदान दिए ।
वेस्टर्नका तीब्र गतिका बलर बिक्रम शोबले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले २ विकेट तथा सिनियर टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी र हर्जित सिंह १-१ विकेट लिए । १ सय ३६ रनको विजयी लक्ष्य पक्ष्याएको वेस्टर्न १९ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो ।
वेस्टर्नका लागि सिनियर टोलीका कुशल भुर्तेलले २३ , वसन्त रेग्मी १४ र बिक्रम सोबले १० रन जोडे । शंकरनगरका स्पिनर साहब आलमले ४ ओभरमा १ मेडेन राख्दै १५ रन खर्चेर ४ विकेट लिए । लेग स्पिनर बिक्रम भुसालले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट हात पारे । दुर्गेश गुप्ता , अनिल खरेल र सन्दीप सुनारले १-१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]