6 years ago
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान शंकर रानाको उत्कृष्ट ब्याटिङमा भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको फाइनलमा एसियन च्यालेन्जर ट्रफीको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ ।

बिहीबार फाइनलमा शंकनगरले राइनो क्रिकेट क्लब नेपाललाई २६ रनले हराउँदै उपाधि जितेको हो । विजेता शंकनगरले ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ थालेको शंकनरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । उपाधि जिताउन ओपनर शंकर रानाले ५३ बलमा ४ चौका र ५ छक्का सहित ७६ रनको महत्वपूर्ण योगदान दिए ।
सन्दीप सुनार २२, देव खनाल ४, सौरभ खनाल ९, तुल बहादुर थापा २५ र सुरजले १९ रनको योगदान दिए । राइनोका यू१९ का स्पिनर सुर्य तामाङले २, सिनियर टोलीका तीब्र गतिका बलर कमलसिंह ऐरी, रोहित कुमार पौडेल र रमेश कुमारले १-१ विकेट लिए ।
१ सय ७८ रनको विजयी लक्ष्य पक्ष्याएको राइनो १९.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । सिनियर टोलीका रोहित कुमार पौडेलले ओपनिङ गर्दै ५४ बलमा ६ चौका र ३ छक्का सहित ७५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । लोकेश बम ८, गजेन्द्र बोहरा १७, प्रकाश केसी १५ र धिरज शाहीले २१ रनको योगदान दिए । युवा स्पिनर अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]