6 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, स्कटल्याण्ड र नामिबियाबीच अर्को वर्ष टि ट्वान्टी त्रिकोणात्मक सिरिज हुने सम्भावना रहेको छ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा नेपाल र स्कटल्याण्डसँग हुने एक दिवसिय त्रिकोणात्मक सिरिजको क्रममा टि ट्वान्टी सिरिज पनि हुन सक्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक सिरिज वैशाख ८ देखि १५ गते सम्म हुने छ । त्यहि समयमा नामिबियाले टि ट्वान्टी त्रिकोणात्मक सिरिजको लागि क्यानलाई प्रस्ताव राखेको छ ।
‘बाहिर हल्ला भएजस्तो खेल्नेनै पक्का नै भएको चाहिँ होइन, नामिबियाले प्रस्ताव मात्रै राखेको छ । विश्वकप लिग २ को क्रममा टि ट्वान्टी त्रिकोणात्मक सिरिज खेल्यौं भने नामिबियाको प्रस्ताव हो’, उनले भने,‘ यस विषयमा हामीले तीनै राष्ट्रसँग र आईसीसीसँग कुरा गर्नुपर्छु ।’
सचिव प्याकुरेलले नामिबियाको प्रस्तावका विषयमा छलफल गरिने बताए । हाम्रो बार्षिक कार्यक्रम पनि हेर्नुपर्छ । थाईल्यान्डबाट टोली फर्केपछि कप्तान, म्यानेजर र प्रशिक्षकसँग सल्लाह गरेर खेल्ने नखेल्ने थाहा हुन्छ , उनले भने, ‘गत महिना नेपाल आएको बेला ओमानले पनि टि ट्वान्टी सिरिज खेल्ने भनेको थियो । तर पछि विभिन्न कारणले नखेल्ने भयो, त्यसैले प्रस्ताव आउँदैमा खेल्ने भन्ने हुँदैन ।’
विश्वकप लिग२ मा नेपालले अघिल्लो महिना घरेलु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेलेका थियो । जसमा ओमानसँग दुवै खेलमा पराजित हुँदा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो ।
७ राष्ट्र सहभागि आईसीसी विश्वकप लिग–२ सन् २०२२ जनवरी सम्म चल्ने छ । जसमा शीर्ष तीन टोली त्यसैवर्ष हुने एक दिवसिय विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन् भने चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]