6 years ago
March 7, 2020
एजेन्सी – तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोली दक्षिण अफ्रिकाले सिरिज क्लिनस्वीप गरेको छ । शनिबार जितका लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४५.३ ओभरमा विकेट ४ गुमाउँदै पुरा गर्यो ।

दक्षिण अफ्रिकाको सहज जितमा जेजे स्मट्सले ९८ बलमा १२ चौका सहित ८४ रनको योगदान दिए । ओपनर जानेमान मालन २३, कप्तान क्विन्ट डी कक २६, काइल भेरिन ५० रनमा आउट भए । हेनरिक क्लासेन ६३ बलमा १० चौका र १ छक्का सहित ६८ रनमा अविजित रहे । अष्ट्रेलिया जोश हेजलवुडले २, केन रिजर्डसन र एडम जम्पाले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली अष्ट्रलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५४ रन बनाएको थियो । युवा ब्याट्सम्यान मार्नस लाबुसेनले १ सय ८ बलमा ८ चौका सहित १ सय ८ रनको शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । लाबुसेनको यो पहिलो ओडीआई शतक हो । लाबुसेनलाई अन्तिम ओभरको पाँचौ बलमा एनरिच नोर्टजले बोल्ड गरे ।
ओपनर डेविड वार्नर ४, कप्तान आरोन फिन्च २२ र स्टिभ स्मिथ २० रनमा आउट भए । डीआर्सी सट ३६, मिचेल मार्श ३२ रमा आउट हुँदा झेय रिचर्डसन २४ रनमा अविजित रहे । दक्षिण अफ्रिका एनरिच नोर्टजे र जेजे स्मट्सले २–२ विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा ७४ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]