6 years ago
March 8, 2020
एजेन्सी – आईसीसी महिला टि ट्वान्टी विश्वकप फाइनलमा आज आयोजक अष्ट्रलिया र भारतीय महिला टोलीबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ ।

भारत पहिलो पटक ऐतिहासिक टि ट्वान्टी विश्वकप उपाधि जित्ने सोचमा छ । सेमिफाइनल वर्षाको कारण रद्ध हुँदा समुह ‘ए’ को विजेताको कारण समुह ‘बी’ को इंग्लयान्डलाई पछि पार्दै भारत पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।
भारतीय महिला टोली पहिलो प्रयासमै च्याम्पियन बन्न चाहान्छन् । यता घरेलु टोली अष्ट्रेलिया पाँचौं पटक च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने सोचमा छन् । अष्ट्रलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि ट्वान्टी को उपाधि जितेका थिए ।
भारतका लागि युवा १६ वर्षिय ब्याट्सवुमेन्स सफाली बर्मा प्रमुख हतियार हुन् । उनले विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै टि२० वरियतामा शीर्ष स्थानमा उक्लिएकी छिन् । आक्रामक ब्याटिङको लागि परिचित बर्माले ४ खेलमा १ सय ६१ रन जोडेकी छिन् । उत्कृष्ट लयमा रहेकी बर्माको प्रर्दशन भारतीय महिला टोलीको लागि निकै महत्वपूर्ण रहेन छ ।
त्यस्तै लेग स्पिनर पुनम यादव पनि भारतको प्रमुख हतियार हुन् । उनले जारी विश्वकपमा ४ खेलमा ९ विकेट लिर्दै शीर्ष स्थानमा छिन् । समुह चरणमा भारतले अष्ट्रेलियालाई १७ रनले हराउने क्रममा पुनमले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएकी थिइन् । तीब्र गतिकी बलर शिखा पान्ड्या पनि बलिङ हतियार हुन् ।
यता घरेलु टोली अष्ट्रेलिया लिग चरणको हारको बदला फाइनलमा लिने सोचमा छन् । तर प्रमुख अलराउन्डर एलिस पेरी चोटका कारण टोलीमा नहुँदा केहि दबाबमा थपिने छ । बेथ मोनी, विकेटकिपर एलेसिा हेली, कप्तान मेग लानिङ, मेगन उत्कृष्ट लयमा हुँदा अष्ट्रेलिया महिला टोली उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]