default_image

6 years ago

March 8, 2020

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप उपाधि

160 views

0 Bookmark

एजेन्सी – आयोजक अष्ट्रेलियाले आईसीसी महिला टि ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला टि२० विश्वकप उपाधि जितेको हो ।

जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएका भारतीय महिला टोली १९.१ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । अष्ट्रलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि ट्वान्टी को उपाधि जितेका थिए ।भारतीय दीप्ती शर्माले ३५ बलमा २ चौका सहित सर्वाधिक ३३ रन जोडिन् ।

पहिलो ओभरको दोस्रो बलमै प्रमुख ब्याट्सवुमेन्स सफाली बर्मालाई मेगन शट्टले विकेटकिपर एलिसा हेलीबाट २ रनमा क्याच आउट गराएपछि भारत सुरुमै दबाबमा परेको थियो । दोेस्रो ओभरको अन्तिम बलमा जेमिमाह रोड्रिग्स शुन्यमा आउट भइन् । सोफी मोलिनेक्सले चौथो ओभरको पहिलो बलमा स्मृती मंधानालाई निकोला करीबाट ११ रनमा क्याच आउट गराएपछि भारतको जित कठिन बनेको थियो ।

कप्तान हरमनप्रीत कौर ४ र वेद कृष्णमुर्ती १९ रनमा आउट भए । रिचा घोषले १८ रनको योगदान दिइन् । अष्ट्रेलियाकी मेगन शटले ३.१ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । जेस जोनासेनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । सोफी मोलिनेक्स, डेलिसा किम्न्सर्स र निकोला करीको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेका अष्ट्रेलिया महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएका थिए । ओपनर तथा विकेटकिपर एलिसा हेलीले ३९ बलमा ७ चौका र ५ छक्का सहित आक्रामक ७५ रन जोड्दै विशाल योगफलतर्फ लम्काएकी थिइन् । एलिसालाई १२ औं ओभरको चौथो बलमा स्पिनर राधा यादवले वेद कृष्णमूर्तीबाट क्याच आउट गराएकी थिइन् ।

पहिलो विकेटका लागि एसिला र बेथले ११.४ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । बेथ ५४ बलमा १० चौका सहित ७८ रनमा अविजित रहँदै विशाल योगफलमा पुर्याइन् । कप्तान मेग लनिङ १६ रनमा आउट भइन् । भारतका दिप्ती शर्माले २, पुनम यादव र राधा यादवले १-१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.