6 years ago
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पोखरा प्रिमियर लिग (पिपिएल) को फ्रञ्चाइज बुटवल ब्लास्टर्सले युवा क्रिकेटरहरुको विकासलाई लक्षित गर्दै झापाको पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर र दमक क्रिकेट क्लबसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बुटवलले पेट्रियोटिक र दमकसँग आबद्ध युवा क्रिकेटरहरुलाई आफ्नो प्रशिक्षण शिविरका साथै हाई पर्फर्मेन्स क्याम्पमा पनि सहभागि गराउने छ । पेट्रियोटिक र दमकका खेलाडीहरुले बुटवलको लोगो आफु प्रशिक्षण गर्दा र प्रतियोगितामा सहभागि हुँदाका जर्सिमा लगाउने छन् ।
बुटवलका प्रबन्ध निर्देशक अमित पोखरेल र दमक क्रिकेट क्लबका अध्यक्ष अबिस खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एक बर्षे सम्झौताको अवधि दुवै पक्षको आपसी सहमतिमा थप्न पनि सकिने बताइएको छ ।
‘यो सम्झौताले हामी निकै उत्साहित छौं । आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्मको खोजिमा रहेका युवा खेलाडीहरुका लागि यो राम्रो मौका हो,पेट्रियोटिकका अध्यक्ष रोशन धितालले भने ,’ आशा गरौं यो सम्झौता नेपाली क्रिकेटको समग्र बिकासमै सहयोग पुर्याउनेछ।’
दमक क्रिकेट क्लबले भविष्यमा आयोजना गर्ने प्रतियोगिताहरुमा पनि बुटवलले समहयोग गर्नेछ । कार्यक्रममा पेट्रियोटिककी उपाध्यक्ष प्रनिता पोखरेल र सचिव दिपेश रिमालको पनि उपस्थिति पनि रहेको थियो । पिपिएलको दोस्रो संस्करण केहि महिना अघि सम्पन्न भइसकेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]