6 years ago
March 10, 2020
एलेन्सी – इरफान पठानको आक्रामक अर्ध शतकमा भारत लेजेन्ड्सले लेजेन्ड्स वर्ल्ड सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राती भारत लेजेन्ड्सले श्रीलंका लेजेन्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । एक समय हार नजिक पुगेको भारत लेजेन्ड्सलाई इरफान पठानले ३१ बलमा ६ चौका र ३ छक्का सहित ५७ रनमा अविजित रहँदै जित दिलाए । त्यस्तै मोहम्मद कैफले ४५ बलमा ४ चौका र १ छक्का ४६ रनको योगदान दिए । मनप्रीत गोनी ११ रनमा अविजित रहे ।
पहिलो ओभरको तेस्रो बलमै कप्तान सचिन तेन्दुलकरलाई चामिन्डा भासले शुन्यमा क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा विरेन्द्र सहवाग ३ रनमा रन आउट भए । भासले युवराज सिंहलाई १ रनमा क्याच आउट गराएपछि भारतले खराब सुरुवात गरेको थियो । सञ्जय बांगरलाई रंगना हेराथले १८ रनमा एलबिडब्लू आउट गरे । सञ्जयले १९ बलमा २ चौका प्रहार गरे । श्रीलंका चामिन्डा भासले ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए । रंगना हेराथ र सचिथ्रा सेनानायकेले १-१ विकेट लिए ।
त्यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका लेजेन्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । श्रीलंका कप्तान तिलकरत्ने दिलशान र चमरा कपुगेदेराले २३–२३ रन जोडे । कप्तान दिलशानले २३ बलमा ४ चौका प्रहार गरे । रोमेश कालुविथाराना २१, सचिथ्रा सेनानायके १९, फरवेज माहरुफ र थिलान तुषाराले १०–१० रनको योगदान दिए । भारत लेजेन्ड्सका मुनाफ पटेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । जाहिर खान, इरफान पठान, मनप्रीत गोनी र सञ्जय बांगरले १–१ विकेट लिए ।
श्रीलंका लेजेन्ड्सले पहिलो खेलमा अष्ट्रेलिया लेजेन्ड्सलाई ७ रनले हराएको थियो । भारत लेजेन्ड्सले पहिलो खेलमा वेस्ट इन्डिज लेजेन्ड्सलाई ७ विकेटले हराएको थियो । भारत लेजेन्ड्सले तेस्रो खेलमा शनिबार दक्षिण अफ्रिका लेजेन्ड्ससँग खेल्ने छ । श्रीलंका लेजेन्ड्सले तेस्रो खेलमा शुक्रबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]