6 years ago
March 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब र बालुवाटार क्रिकेट क्लब मुलपानीमा जारी काठमाडौं जिल्ला सिनियर छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनलमा बालुवाटारले हिमालय क्रिकेट एकेडेमीलाई १४ रनले तथा महावीरले न्युभिजनलाई ७५ रनले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।

पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको महावीरले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । महावीरका जितेन्द्र सिंह ठकुरीले ६३ बलमा ८ चौका र २ छक्का सहित ७८ रनको योगदान दिए । राम कुवर ३५, दीपेन्द्र मैनाली र रविन जोशीले समान ११ रन जोडे ।
न्युभिजनका बबिन शर्माले ५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । राम चौधरी २ र विकेक चन्दको नाममा १ विकेट रह्यो । १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको न्युभिजन २३.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो । बिनम क्षेत्री २३, लोकेश रेग्मी १९ र राम चौधरीले १८ रन जोडे । जितेन्द्र सिंह ठकुरीले ३.४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । सञ्जम रेग्मीको नाममा ३ विकेट रह्यो ।
अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको बालुवाटारले २५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो । सुमन उदय ३५, सञ्जय श्रेष्ठ १९, प्रविन जोशी २३, सोनु तामाङ १० र सुवास खकुरेलले २१ रन बनाए । कौशल रुपाखेती ३ र प्रदीप कुमार बिकेले २ विकेट लिए ।
हिमालयले २५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । भुपेन्द्र थापा क्षेत्रीले ४६, दीपक बोहरा १५, प्रदीप कुमार बिकेले १६ र प्रतिस जिसीले १९ रनको योगदान दिए । अभिनाश बस्याल ३, सुमन उदय र सोनु तामाङले समान २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]