6 years ago
March 11, 2020
एजेन्सी – कप्तान जोन्टी रोड्स र अल्बी मोर्केलको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिका लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्डसलाई ६ विकेटले पराजित गर्दै लेजेन्ड्स वर्ल्ड सिरिजमा विजयी सुरुवात गरेको छ ।

जितका लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका लेजेन्ड्सले १८.३ ओभरमा ४ विकेट लक्ष्य गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिका लेजेन्ड्सको जितमा कप्तान जोन्टी रोड्स ४० बलमा ६ चौका र १ छक्का सहित ५३ रनमा अविजित रहे । त्यस्तै एल्बी मोर्केल ३० बलमा ६ चौका र २ छक्का सहित ५४ रनमा अविजित रहँदै सहज जित पक्का गराए ।
खराब सुरुवात गरेको दक्षिण अफ्रिकालाई जोन्टी रोड्स र एल्बी मोर्केलले पाँचौ विकेटका लागि १ सय ४ रनको शतकीय अविजित साझेदारी गर्दै जित पक्का गरे । वेस्ट इन्डिजका टिनो बेस्टले २ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । वेस्ट इन्डिजका ओपनर डारेन गंगाले ३२ बलमा ५ चौका सहित ३१ रनको योगदान दिए । रिकार्डो पावेलले ३०, शिवनाराण चन्द्रपल २१ र कार्ल हुपरले २३ रन जोडे । दक्षिण अफ्रिका पल हरिसले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एल्बी मोर्केलको नाममा २ विकेट रह्यो ।
दक्षिण अफ्रिकाले दोस्रो खेलमा शुक्रबार श्रीलंका लेजेन्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा भारत र अष्ट्रेलिया पनि सहभागि छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]