default_image

6 years ago

March 13, 2020

आईपीएल २०२० जित्न सक्ने चार टोली

255 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) १३ औं संस्करण अर्को महिनादेखि भारतका विभिन्न शहरमा सुरु हुँदै छ । कोरोना भाईरसको कारण विश्वभर खेलकुद प्रतियोगिता प्रभावित भइरहँदा आईपीएल नसर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले प्रष्ट पारेको छ ।

चैत्र १६ देखि जेठ ११ सम्म भारतका विभिन्न शरहमा चल्ने आईपीएलमा ८ फ्रेन्चाइज टोलीले लिग चरणमा होम र अवे मैदानमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष चार टोलीले प्ले अफमा पुग्ने छन् । चेन्नई सुपर किंग्सले आफ्नो प्रशिक्षण थालि सकेको छ । प्रशिक्षणको क्रममा कप्तान महेन्द्र सिंह धोनीले प्रहार गरेको एकै ओभरमा लगातार पाँच छक्काले केहि दिन अघि सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको थियो । अन्य टोलीले पनि प्रशिक्षणको तयारीमा छन् ।

गत पुषमा भएको अक्सनमा सबैले खेलाडी अनुबन्ध गर्दै पूर्ण टोली तयार पारेका छन् । हालसम्म आईपीएलको उपाधि मुम्बई इन्डियन्सले ४, चेन्नई सुपर किंग्सले ३, कोलकाता नाइट राइडर्सले २, राजिस्थान रोयल्स, सनराइजर्स हैदराबाद र डेक्कन चार्जर्सले १–१ पटक जितेका छन् ।

उपाधि जित्न टोली सन्तुलित हुनुको साथै एक खेलाडीले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प हुनुपर्छ । सिमित खेलाडीमा निर्भर रहने टोली च्याम्पियन बन्न सक्दैन । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन, युवा खेलाडीले प्रर्दशन गर्न सक्ने क्षमता, टोलीमा रहेका खेलाडीको लय लगायत सबै कुरा हेर्दा आईपीएल २०२० को उपाधि यी चार टोलीले जित्न सक्छन् ।

४. किंग्स इलेभेन पञ्जाब

असफल टोलीका रुपमा परिचित किंग्स इलेभेन पञ्जाव यस पटक पहिलो उपाधि जित्न सक्छ । अक्सनमा ग्लेन म्याक्सवेल, जेम्श निशम लगातका खेलाडीलाई अनुबन्ध गर्दै पञ्जावले बलियो टोली बनाएको छ । पञ्जावको उपाधिको प्रमुख आधार आक्रामक खेलाडीको बाहुल्यता रहनु हो । क्रिस गेल, निकोलस पुरन, लोकेश राहुल, जेम्श निशम र ग्लेन म्याक्सवेल जस्ता खेलाडीको कारण पञ्जाव पहिलो पटक च्याम्पियन बन्न सक्ने अनुमान गरिएको छ ।

दुई उत्कृष्ट ओपनर क्रिस गेल र लोकेश राहुलले राम्रो सुरुवात दिलाउन सक्छन् । निकोलस पुरन, शरफराज खान र जेम्श निशमले मध्यक्रममा राम्रो रन जोड्दा तल्लोक्रममा ग्लेन म्याक्सवेले विश्फोटक ब्याटिङ गर्दै जित दिलाउन सक्छन् । तीब्र गतिमा मोहम्मद शामी, क्रिस जोर्डन, शेल्डन कटरेल लगातका खेलाडी हुँदा स्पिनरमा मुजिब उर रहमान, यू१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका लेग स्पिनर रवि विश्रोइ, मुरुगन आश्विन र कृष्णप्पा गौतम छन् ।

पञ्जाबको पूर्ण टोली :

तजिन्दर सिंह, दर्शन नलकान्डे, अर्शदीप सिंह, सिम्रन सिंह, हरप्रीत बार, रबि बिश्रोई, क्रिस जोर्डन, ग्लेन म्याक्सवेल, जेम्श निशम, हार्डुस बिलजोइन, मयंक अग्रवाल, करुण नायर, मनदीप सिंह, लोकेश राहुल (कप्तान), कृष्ण गौतम, मोहम्मद शामी, शेल्डन कट्टेल, दीपक होडा, क्रिस गेल, जे सुचित, मुरुगन आश्विन, निकोलस पुरन, शरफराज खान, इशान पोरेल, मुजिब उर रहमान ।

३. कोलकाता नाइट राइडर्स

टोली सन्तुलनको लागि अक्सनमा कोलकाताले अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्सलाई १५.५ करोड भारतीय रुपैयाँ खर्चेको थियो । सन् २०१२ र २०१४ मा उपाधि जितेको कोलकाता तेस्रो पटक उपाधि जित्ने सोचका साथ टोली तयार पारेको छ । टि२० ब्लास्टमा उत्कृष्ट प्रर्दशन गरेका युवा विकेटकिपर टम ब्यान्टन ठूलो इनिङ र आक्रामक ब्याटिङका लागि परिचित छन् ।

दिनेश कार्तिक, नितिश राना, इंग्ल्यान्डका कप्तान इओन मोर्गन र सुभमन गिलको कारण मध्यक्रम बलियो देखिन्छ । इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन मोर्गनले उत्कृष्ट प्रर्दशन गरेका थिए । अफगानिस्तानविरुद्ध मोर्गनले ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनको विश्फोटक इनिङ खेलेका थिए ।

कोलकाताका मुख्य हतियार आन्द्रे रसेल हुन् । रसेलले एकै ओभरमा टोलीको जित सहज बनाउन सक्छन् । गतवर्ष उनले थुप्रै हार नजिक पुगेको कोलकाताको जित पक्का गरेका थिए । स्पिन अलराउन्डर सुनिल नारायणले ओपनिङ र फिनिसिङ दुबै गर्न सक्छन् ।

प्याट कमिन्ससँगै शिवम माभी, कमलेश नगरकोटी, हेरी गर्नी, ल्योकी फर्गुसन र प्रसिद्ध कृष्ण तीब्र गतिका बलर हुन् । स्पिनरमा कुलदीप यादव, क्रिस ग्रिन र वरुण चक्रवर्ती छन् । सन्तुलन टोलीको कारण कोलकाता यसपटक च्याम्पियन बन्न सक्छ ।

कोलकाताको पूर्ण टोली :

शुभमन गिल, कमलेश नगरकोटी, शिवम माभी, बरुण चत्रबर्ती, एम सिद्धार्थ, सुनिल नारायण, हेरी गुर्नी, इओन मार्गन, आन्द्रे रसेल, दिनेश कात्तिक, सिदेश लड, राहुल त्रिपाठी, प्याट कमिन्स, ल्योकी फर्गुसन, निखिल नाइक, कुलदीप यादव, प्रबिन ताम्बे, सन्दीप वारिर, नितेश राना, निकु सिंह, क्रिस ग्रिन, टम ब्यान्टन र प्रसिद्ध कृष्ण ।

२. मुम्बई इन्डियन्स

साविक विजेता तथा चार पटकको च्याम्पियन मुम्बईको तीब्र गतिको बलिङ सर्वाधिक बलियो पक्ष्य हो । इशान किशन, उत्कृष्ट प्रर्दशन गरिरहेका ओपनर क्रिस लिन, सुर्यकुमार यादव र क्विन्टन डी कक शीर्षक्रमका ब्याट्सम्यान हुन् । हिटर रोहित शर्मा र काइरान पोलार्ड प्रमुख ब्याट्सम्यान पर्दछन् ।

तल्लोक्रममा अलराउन्डर हार्दिक पान्ड्या र क्रुनाल पान्ड्याले राम्रो ब्याटिङ गर्ने हुँदा टोली सन्तुलन छ । तीब्र गतिका बलर योर्कर किङ लासिथा मलिङ्गा, जसप्रित बुमराहको साथै ट्रेन्ट बोल्टको कारण मुम्बई बलियो बनेको छ । विपक्षी टोलीलाई मुम्बईको तीब्र गतिको बलिङ सामाना गर्न सहज हुने छैन । एकले खराब प्रर्दशन गर्दा मुम्बईसँग अर्को राम्रो विकल्प छ । अर्कोतर्फ कुनै पनि टोलीमा राम्रो खेलाडी भएर मात्र हुँदैन । कप्तानी पनि राम्रो हुनुपर्छ । रोहितको प्रर्दशनसँगै कप्तानी पनि उत्कृष्ट हुँदा उपाधिको सम्भावना देखिन्छ ।

मुम्बईको पूर्ण टोली :

राहुल चाहर, अनुकुल रोय, मोहसिन खान, प्रिन्स बलवान्त, रबि सिंह, काइरान पोलार्ड, नाथन कुल्टर नाइल, टे«न्ट बोल्ट, धवन कुलकर्णी, मिचेल म्याकलेघन, क्रिस लिन, आदित्य तारा, रोहित शर्मा (कप्तान), सौरभ तिवारी, क्विन्टन डि कक, सुर्य कुमार यादव, जयन्त यादव, क्रुनाल पान्ड्या, लासिथा मलिङ्गा, हार्दिक पान्ड्या, जसप्रित बुमराह, इशान किशन, अनमोलप्रित सिंह र शरफेन रदरफोर्ड ।

१. दिल्ली क्यापिटल्स

आईपीएलमा फाइनल यात्रा तय गर्न नसकेको दिल्ली यो पटक च्याम्पियन बन्न सक्छ । गत वर्ष दिल्लीको तल्लोक्रम ब्याटिङ कमजोर देखिनुको साथै शीर्षक्रममा निर्भर थियो । अक्सनमा शिम्रन हेटमायर, मार्कस स्टोइनिस, एलेक्स करी लगायतका खेलाडी अनुबन्ध गर्दा दिल्लीको गत वर्षको कमजोरी देखिदैन ।

दिल्लीको उपाधिको प्रमुख आधार मजबुत ब्याटिङ लाइनअप र स्पिन अट्याक हो । युवा जोशले भोरिएको दिल्लीमा प्राय नियमित अन्तर्राष्ट्रिय खेल खेलि रहेका खेलाडी छन् । पृथ्वी शा र शिखर धवन ओपनर हुन् । यी दुई मध्य एकले खराब प्रर्दशन गर्दा जोसन रोय र अजिंक्या रहाने विकल्पमा छन् । चारै ओपनर ठुलो इनिङको लागि परिचित छन् ।

मध्यक्रममा श्रेयस ऐर, विकेटकिपर ऋषभ पन्त, शिम्रन हेटमायर जस्ता ब्याट्सम्यान हुँदा ब्याटिङ थप बजबुत छ । तल्लोक्रममा विकेटकिपर एलेक्स करी, मार्कस स्टोइनिस, अक्षर पटेल र किमो पलले गर्दा टाली झनै सन्तुलन बनेको छ । एउटा खेलाडीले खराब प्रर्दशन गरेपनि दिल्लीसँग विकल्प धेरै छ । जसले खेलाडीमा पनि अझ राम्रो प्रर्दशनको लागि प्रतिस्पर्धा बढाउ छ । जसको फाइदा दिल्लीलाई हुने छ ।

तीब्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । तर उनी चोटको कारण खेल्ने नखेल्ने अनिश्चित छ । रबाडाले आईपीएल नखेलको खण्डमा भने दिल्लीलाई ठूलो धक्का लाग्ने निश्चित छ । रबाडा उपलब्ध भएको खण्डमा उपाधि अझ सहज हुने देखिन्छ । दिल्लीको घरेलु मैदान स्पिनर उपयोगि मानिन्छ । त्यसैले स्पिनर हाबी हुन सक्छन् ।

लेग स्पिनर सन्दीप लामिछाने, अमित मिश्रा, रविचन्द्रन आश्विन र अक्षर पटेल स्पिन हतियार हुन् । स्पिनमा पनि दिल्लीसँग धेरै विकल्प छ । युवा बाहुल्याता भएको दिल्लीले फिल्डिङ मार्फत पनि रन रोक्न सक्छ । खेलाडीको अनुसार मैदानमा प्रर्दशन गर्ने हो भने दिल्ली पहिलो पटक च्याम्पियन बन्न सक्छ ।

दिल्लीको पूर्ण टोली :

शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, ईशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाने, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, एलेक्स करी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव र मार्कस स्टोइनिस

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.