6 years ago
March 13, 2020
एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ ।

जितका लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रनमा अल आउट हुन पुग्यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । गुप्टिललाई २३ औं ओभरको दोस्रो बलमा प्याट कमिन्सले स्टिभ स्मिथबाट क्याच आउट गराए । अर्का ओपनर हेनरी निकोलस १०, कप्तान केन विलियम्सन १९ र रस टेलर ४ रनमा आउट भएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो ।
विलियम्सनलाई स्पिनर एडम जम्पाले २० औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । टम लाथमले ४० बलमा ४ चौका सहित ३८ रन जोड्दै केहि आशा जगाए । तर ३३ औं ओभरको तेस्रो बलमा जोश हेजलवुडले डी आर्सी सटबाट क्याच गराएपछि जित टाढिएको थियो ।
कोलिन डी ग्रान्डहोमले २५, मिचेल सान्टनार र ईश सोधीले १४–१४ रन जोडे । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्सले ८ ओभरमा २ मेडन राख्दै २५रन खर्चेर ३ विकेट लिए । मिचेल मार्शले ७ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । जेश हेजलवुड र एडम जम्पाले २–२ विकेट लिए ।
त्यसअघि सिड्नीमा टस जितेर ब्याटिङ रोजेको अष्टे«लियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ८८ बलमा ९ चौका सहित सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर तथा कप्तान आरोन फिन्चले ७५ बलमा ३ चौका र २ छक्का सहित ६० रन जोडे ।
पहिलो विकेटका लागि वार्नर र फिन्चले २४.१ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यक्रम र तल्लोक्रममा ब्याट्सम्यानले ठुलो इनिङ खेल्न नसक्दा अष्ट्रेलिया विशाल योगफलबाट चुकेको थियो ।

त्यस्तै युवा ब्याट्सम्यान मार्नस लाबुसेनले ५२ बलमा २ चौका सहित ५६ रनको योगदान दिए । प्याट कमिन्स १४ रनमा अविजित रहँदा स्टिभ स्मिथ १४, डी आर्सी सट ५, मिचेल मार्श २७, विकेटकिपर एलेक्स करी १ रनमा आउट भए । मिचेल स्टार्क ९ रनमा अविजित रहे ।
न्युजिल्यान्डका स्पिनर ईश सोधीले ८ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । तीब्र गतिका बलर ल्योकी फर्गुसनले ९ ओभरमा ६० रन खर्चेर २ विकेट चट्काए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । दोस्रो खेल आइतबार सिड्नीमा हुने छ । कोरोना भाईरसको कारण आज खाली स्टेडियममा खेल भएको थियो । बाँकी सबै खेल पनि खाली स्टेडियममै हुने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]