6 years ago
March 15, 2020
एजेन्सी – चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को कारण यति बेला विश्वभर महामारी फैलिनुको साथै त्रास उत्पन्न भएको छ ।

कोरोना भाइरसको कारण विश्व खेलकुदलाई पनि ठुलो असर पुर्याएको छ । क्रिकेट पनि कोरोनाको कारण नराम्रोसँग प्रभावित बनेको छ । मुखैमा आएका प्रतियोगिता र सिरिज स्थगित हुनुको साथै सारिएका छन् । नेपालको फ्रेन्चाइज टि२० लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) देखी विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) सम्म कोरोनाको मारमा परेका छन् । पाकिस्तान सुपर लिग (पिएसएल) भने जारी छ । तर पिएसएलबाट विदेशी खेलाडी स्वदेश फर्किन थालेका छन् ।
न्युजिल्यान्डका तीब्र गतिका बलर ल्योकी फर्गुसन र अष्टे«लियाका केन रिचर्डसनलाई कोरोनाको आशंका गरेपनि दुबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसले गर्दा विश्व क्रिकेटमा हालसम्म प्रभावित सिरिज र प्रतियोगिता निम्न छन् ।
१. इपिएल
नेपालको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग इपिएल चैत्र १ देखी हुने तयारी थियो । तर कोरोना भाईरसको कारण आयोजकले अकस्मात अघिल्लो हप्ता एक पत्रकार सम्मेलन गरि अनिश्चित समयको लागि स्थगित भएको जानकारी दिएका थिए । यसपटक इपिएलमा वेस्ट इन्डिजका ओपनर क्रिस गेलदेखि न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डरसनसम्मका स्टार खेलाडी आउने तयारी हुँदा विशेष हुने अनुमान गरिएको थियो ।
२. आइपिएल
विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय र सफल टि२० फ्रेन्चाइज लिग आइपिएल पनि कोरोना भाइरसको कारण झण्डै तीन हप्ता पछि सरेको छ । सुरुमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले नसर्ने भनेपनि अन्तिममा चौतर्फी आलोचनापछि सरेको हो । आइपिएल चैत्र १६ देखि सुरु हुने तयारीमा थियो । तर अब वैशाख ३ देखि सुरु हुने छ ।
३. लेजेन्ड्स वर्ल्ड सिरिज
भारतका मुम्बईमा पाँच राष्ट्र (भारत, श्रीलंका, अष्टेलिया, दक्षिण अफ्रिका र वेस्टइन्डिज) लेजेन्ड्सबीचको वर्ल्ड रोड फेफ्टीको सिरिज पनि स्थगित भएको छ । भारतका पुर्व कप्तान सचिन तेन्दुलकर देखी वेस्ट इन्डिजका पुर्व कप्तान ब्रायन लाराले सहभागिता जनाएको उक्त प्रतियोगिता सुरुवाती ४ खेल सम्पन्न हुँदा अन्य रद्ध भए ।

४. भारत र दक्षिण अफ्रिकाबीच सिरिज
कोरोना भाइरसको कारण भारत र दक्षिण अफ्रिकाबीचको तीन ओडीआई सिरिज अन्तर्गत बाँकी दुई खेल रद्ध भएको छ । पहिलो खेल बर्षाको कारण हुन नसक्दा बाँकी दुई खेल रद्ध भएका छन् ।
५. श्रीलंका र इंग्ल्यान्डबीच टेष्ट सिरिज
मार्च पहिलो सातानै श्रीलंका पुगेको इंग्ल्यान्डले दोस्रो अभ्यासको क्रममा टेष्ट सिरिज सुरु नभई स्थगित भएको छ । दुई टेष्ट सिरिजको लागि श्रीलंका पुगेको इंग्ल्यान्ड पहिलो टेष्ट बिहीबार देखी खेल्ने कार्यतालिका थियो ।
६. न्युजिल्यान्ड र अष्टेलियाबीचको सिरिज
पहिलो एक दिवसिय खेलमा पाहुना टोली न्युजिल्यान्ड अष्टेलियासँग ७१ रनले पराजित भएको थियो । सिड्नीमा प्रतिस्पर्धा भएको उक्त खेल खाली स्टेडियममा गराईएको थियो । ब्याट्सम्यानले प्रहार छक्का प्याराफिटमा खेलाडीनै लिन जानु परेको थियो । पहिलो खेल भएपनि कोरोना जोखिम झनैबढेपछि बाँकी दुई खेल स्थगित थयो । त्यस्तै तीन टि२० सिरिज पनि स्थगित भएको छ ।

७. विश्वकप लिग२ को छैटौं चरण
अमेरिकामा अप्रिल १ देखी ८ सम्म हुन लागेको आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, युएई र स्टकल्यान्डबीचको त्रिकोणात्मक सिरिज पनि स्थगित भएको छ ।
८. विश्वकप च्यालेन्ज लिग ‘ए’
सोमबार देखी मलेसियामा सुरु हुन लागेको विश्वकप च्यालेन्जेज लिग ‘ए’ कोरोना भाइरसको कारण स्थगित हुने पहिलो क्रिकेट प्रतियोगिता थियो । क्यानडा, डेनमार्क, मलेसिया, सिंगापुर र भानुआतुबीच हुन लागेको उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने एक दिवसिय विश्वकप क्वालिफायर ग्लोबल छनोटमा स्थान बनाउने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]