default_image

4 years ago

April 7, 2020

एकसाथ क्रिकेट खेलेका बाबु-छोराको जोडी

एजेन्सी – क्रिकेट एक प्रतिस्पर्धात्मक खेल हो । क्रिकेटर आफ्नो जीवनमा राम्रो प्रतिष्ठा र उचाइ लिदै विश्व चर्चित हुन चाहन्छन् । खेलाडीले सुरुवात देखिनै एउटा निश्चित स्तरमा खेल्ने लक्ष्य लिएर अघि बढेको हुन्छ । तर केहिले मात्र आफ्नो सपना पुरा गर्छन् । विश्वकपमा लाखौँ समर्थकसामु खेल्ने, लेजेन्ड खेलाडीको कीर्तिमान तोड्ने देखि चर्चित फ्रेन्चाइज लिग खेल्ने, […]

53 views

0 Bookmark

एजेन्सी – क्रिकेट एक प्रतिस्पर्धात्मक खेल हो । क्रिकेटर आफ्नो जीवनमा राम्रो प्रतिष्ठा र उचाइ लिदै विश्व चर्चित हुन चाहन्छन् । खेलाडीले सुरुवात देखिनै एउटा निश्चित स्तरमा खेल्ने लक्ष्य लिएर अघि बढेको हुन्छ । तर केहिले मात्र आफ्नो सपना पुरा गर्छन् ।

विश्वकपमा लाखौँ समर्थकसामु खेल्ने, लेजेन्ड खेलाडीको कीर्तिमान तोड्ने देखि चर्चित फ्रेन्चाइज लिग खेल्ने, विश्व स्टार खेलाडी बन्ने लगायत थुप्रै सपना खेलाडीमा हुन्छ । तर बाबुले छोरासँगै क्रिकेट खेल्ने लक्ष्य र सपना कमलै देख्छन् । जुन पुरा हुन पनि कठिन छ । सुन्दा पनि अचम्म लाग्छ । बाबु छोरा एकै खेलमासँगै मैदान उत्रनु आफैंमा आश्चर्य, रोमाञ्चक र उत्कृष्ट क्षण हो ।

एक क्रिकेट खेलाडीलाई आफ्नो छोरा वा बुबासँगै क्रिकेट खेल्दाको क्षण भन्दा उत्कृष्ट अरु के हुन सक्ला र । धेरैले यो विश्वास नगर्न सक्छन् । क्रिकेट इतिहासमा केहि भाग्यशाली बाबु छोराका जोडी छन् । जो एकै खेलमा सँगै क्रिकेट खेल्ने अवसर पाए र उत्कृष्ट प्रर्दशन पनि गरे । यी ५ बाबु छोरा जोडी जो एकै खेलमासँगै क्रिकेट खेलेका थए ।

१. लाला र सुरिन्दर अमरनाथ

लाला अमरनाथले सन् १९३३ मा भारतीय टेष्ट टोलीमा डेब्यु गरेका थिए । लालाले २४ टेष्टमा ८ सय ७४ रन बनाएका छन् । जसमा एक शतक र ४ अर्ध शतक सामेल छ । लालाका छोरा सुरिन्दरलेपछि बाबुको विरासत कायम गर्दै भारतीय टोलीमा खेले । सुरिन्दरले १० टेष्ट र ३ एक दिवसिय भारतीय टोलीबाट खेलेका छन् । सन् १९६३ डिसेम्बर २२ देखि २४ सम्म यी दुबै बाबु छोरा एकै खेलमा सँगै मैदान उत्रेका थिए । सायद यी दुबैले यो उत्कृष्ट क्षण कहिल्य भुल्ने छैनन् ।

प्रथम श्रेणी मान्यता खेलमा सुरिन्दर महाराष्ट्र चिफ मिनिस्टर ११ र लाला महाराष्ट्र गर्भनर ११ को टोलीमा थिए । उक्त खेलमा छोरा १५ वर्ष र बुबा ५२ वर्षका थिए । प्रथम श्रेणीमा डेब्यु गर्दै सुरिन्दरले बुवाको टोलीविरुद्ध खेलेका थिए । बायाँ हाते सुरिन्दरले डेब्यु खेलको पहिलो इनिङमा ४१ रन बनाउँदा लालाले ६ ओभरमा ३६ रन खर्चिएका थिए । सुरिन्दर दोस्रो इनिङमा ८ रनमा अविजित रहँदा खेल ड्र भएको थियो ।

२. शिवनारायण र तेजनारायण चन्द्रपल

वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान शिवनारायण चन्द्रपलको परिचय दिन उनको नाम पर्याप्त छ । विश्व क्रिकेटका सफल ब्याट्सम्यान मध्यका एक शिवनारायणले १ सय ६४ टेष्ट, २ सय ६८ एक दिवसिय र २२ टि २० आई खेलेका छन् । टेष्टमा ३० शतक र ६६ अर्ध शतक सहित ११ हजार ८ सय ६८ रन र एक दिवसियमा ८ हजार ७ सय ७८ रन बनाएका छन् ।

शिवनारायणका छोरा हुन् तेजनारायण । २३ वर्षिय तेजनारायणले ४३ प्रथम श्रेणी खेल्दै राम्रो सम्भावना देखाएका छन् । यी बाबु छोरा दुवैले घरेलु क्रिकेट प्रतियोगितामा एकै टिमबाट खेल्ने अवसर पाएका थिए । गान्धी युवा संगठनबाट खेल्दै यी बाबु छोराले २ सय ५६ रनको उत्कृष्ट साझेदारी गर्दै अझ अविष्मरणीय क्षण बनाए । जसमा शिवनारायणले १ सय ४३ र छोरा तेजले १ सय १२ रनको शतकीय इनिङ खेलेका थिए ।

उक्त खेलमा गान्धीले टान्सपोट्र स्पोर्ट्स क्लबलाई १ सय २५ रनले हराएको थियो । जसक्रममा बुबासँग रनमा तालमेल गर्न नसक्दा तेजनारायण रन आउट हुन पुगेका थिए । घरेलु क्रिकेटमा यी बाबु छोरा गुयानाबाटसँगै खेल्ने गर्दछन् । तेजको सट छनोट र खेल्ने शैलीलाई धेरैले आफ्नो बुबाको जस्तै रहेको बताउँछन् ।

३. विली र बर्नार्ड क्वेइफ

विली क्वेइफ इंग्ल्यान्डका स्टाइलिस ब्याट्सम्यान हुन् । उनले १८९९ मा अष्ट्रेलियाविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । ७ टेष्ट खेलमा उनले २ सय २८ रन बनाएका छन् । ७९ वर्षको उमेरमा उनको मृत्यु भइसकेको छ । उनी प्रथम श्रेणीमा निकै चर्चित खेलाडी हुन् । प्रथम श्रेणीमा उनले ७ सय १९ खेलमा ३६ हजार भन्दाबढी रन बनाएका छन् । उनका छोरा बर्नार्ड क्वेइफ विकेटकिपर ब्याट्सम्यान हुन् ।

बर्नार्डले ३ सय १९ प्रथम श्रेणीको खेलमा ९ हजार ५ सय ९४ रन बनाएका छन् । यी दुई बाबु छोराले प्रथम श्रेणी खेलमा २० खेलसँगै खेलेका थिए । बर्नार्डले वारविक्शायरबाट सन् १९२० मा प्रथम श्रेणीमा डेब्यु गरेका थिए । प्रथमश्रेणीको क्रममा बाबु छोरालेसँगै २० खेल खेलेको बताइन्छ ।

४. डेनिस र हीथ स्ट्रीक

डेनिस स्ट्रीक जिम्बावेका पूर्व क्रिकेटर हुन् । हीथ भने डेनिसका छोरा हुन् । डेनिसले जिम्बावेको सिनियर टोलीबाट खेल्न नपाएपनि छोराले अन्तर्राष्ट्रिय स्तरमा उच्च अलराउन्डर प्रर्दशन गरे । हीथले ६५ टेष्टमा १९ सय ९० रन बनाउनुको साथै २ सय १६ विकेट लिएका छन् । १ सय ८९ एक दिवसिय खेलमा २ हजार ९ सय ४३ रन बनाउनुको साथै २ सय ३९ विकेट आफ्नो नाममा लेखाएका छन् ।

सन् १९९६ मा उनका बुबाले ११ वर्षपछि उनले मेटाबेलेल्यान्ड खेले । रोचक कुरा छोरा पनि त्यहि टोलीमा थिए । बाबु छोरा मैदान उत्रदा फाइनलमा मासोनालान्ड कन्ट्रि डिस्टिक्सलाई हराउँदै लोन्हरो लोगन कपको उपाधि जितेका थिए ।

५. जर्ज एण्ड वर्नन गन

जर्ज गन इंग्ल्यान्डका पुर्व क्रिकेटर हुन् । १९०७ मा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका जर्ज गनले १५ टेष्टमा २ शतक र ७ अर्ध शतक सहित ११ सय २० रन बनाएका छन् । प्रथम श्रेणीमा इंग्ल्यान्डका उनी सफल क्रिकेटर हुन् । प्रथम श्रेणीमा उनले ६ सय ४३ खेलमा ६२ शतक र १ सय ९४ अर्ध शतक सहित ३५ हजार २ सय ८ रन बनाएका छन् । उनका छोरा जर्ज वर्नन गन हुन् ।

५२ वर्षिय अलराउन्डर उनले १० हजार ३ सय ३७ रन बनाउनुको साथै २ सय ८१ विकेट लिएका छन् । कुरा सन् १९३१ को हो । बुबाले ओपनिङ गर्दै वारविकशायरविरुद्ध १ सय ८३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उता डेब्यु खेलमा छोराले एक सय अविजित इनिङ खेलेपछि नोटिंगहामशायरले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५ सय ५ सय २१ रन बनाएको थियो ।

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

Success

Thank you for your time.