6 years ago
April 9, 2020
एजेन्सी – आइसिसि वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत आगमी जुनमा बंगलादेश र अष्ट्रेलियाबीच हुने दुई टेष्ट सिरिज स्थगित भएको छ ।

विश्वभर महामारीको रुप लिएको (कोभिड १९) को कारण अष्ट्रेलियाले जुनमा बंगलादेशमा खेल्ने दुई खेलको टेष्ट सिरिज स्थगित भएको बिहिबार जनाएको छ । खेल तालिका अनुसार पहिलो टेष्ट जुन ११ देखी १५ तथा दोस्रो १९ देखी २३ सम्म हुने थियो । तर क्रिकेट अष्ट्रलियाले बिहीबार कोरोना भाइरसको कारण स्वास्थ्य चिन्ता र यात्रा प्रतिबन्धको कारण स्थगित भएको जनाएको छ ।
टेष्ट च्याम्पियनसिपमा भारत ९ खेलमा ७ मा जित र २ मा हारका साथ ३ सय ६० अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया १० खेलमा ७ मा जित र २ मा हार २ सय ९६ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको न्युजिल्यान्डको ७ खेलमा ३ मा जित र ४ मा हार सहित १ सय ८० अंक छ । टेष्ट च्याम्पियनसिपको यो पहिलो संकरण हो र अंक तालिका शीर्ष दुइ टोली फाइनलमा पुग्ने छन् ।
सन् २०२१ सम्म चल्ने टेष्ट च्याम्पियनसिपमा भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]