6 years ago
April 9, 2020
एजेन्सी – पाकिस्तानका पूर्व खेलाडी शोएब अख्तरले कोरोना भाइरस (कोभिड१९) विरुद्धको लडाईको लागि पैसा उठाउन भारत र पाकिस्तानबीच तीन खेलको ओडीआई सिरिज राख्न प्रस्ताव गरेका थिए ।

जवाफमा भारतका पूर्व कप्तान कपिल देवले भारतलाई पैसाको आवश्यक नरहेको भन्दै रुखो जवाफ फर्काएका छन् । अख्तरले बुधबार पिटिआईसँग कुरा गर्दै कोरोना विरुद्धको लडाईको लागि पैसा उठाउन श्रृंखला सिरिज गर्न प्रस्ताव राखेका थिए । जसबाट राम्रो पैसा उठ्ने हुँदा कोरोना भाइरस विरुद्धको लडाईको लागि दुबै देशले खर्च गर्न मिल्ने बताएका थिए । तर कपिल देवले अस्विकार गर्दै यस्तो जवाफ दिएका हुन् ।
कपिलदेवले पनि पिटिआईसँग कुरा गर्दै भनेका छन्, ‘उनको आफ्नो विचार होला तर हामीलाई आर्थिक सहयोग जुटाउन आवश्यक छैन । हामीसँग पर्याप्त पैसा छ । हाम्रो प्रशासन मिलेर यो संकट टार्ने छन्, ‘त्यसैमा उनले थपे, ‘बिसिसिआईले यस महामरीको लागि ५१ करोड रुपैयाँ सहयोग गरेको छ । आवश्यक पर्छ भने अझै दिन पनि सक्छ । त्यसैले आर्थिक सहयोग जुटाउन आवश्यक छैन ।’
‘कोरोना भाइरस तत्काल सामान्य हुने सम्भावना छैन । यो अवस्थामा क्रिकेट आयोजना गर्नु भनेको खेलाडीलाई जोखिममा राख्नु हो । मेरो विचारमा आगामी ५,६ महिना सम्म क्रिकेटको बारे सोच्न सकिदैन । यो समय मात्र जीवन बचाउने हो । अवस्था सामान्य भएमा क्रिकेट सुरु हुने छ । खेल देश भन्दा ठुलो होइन,’ कपिल देवले भने ।
आन्तरिका विवादको कारण सन् २००८ देखी भारत र पाकिस्तानले द्वीपक्षीय सिरिज खेलेका छैनन् । दुवै टोलीले आइसिसी र एसिसीको प्रतियोगितामा मात्र एकआपसमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]