6 years ago
April 10, 2020
एजेन्सी – इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स विश्वमै प्रतिष्ठित क्रिकेटको म्यागजिन विज्डेनको द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका छन् ।

सन् २०१९ को प्रर्दशनको आधारमा स्टोक्स द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका हुन् । स्टोक्सले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको तीन वर्षको दबदबा तोड्दै उक्त उपाधि पाएका हुन् । यसअघि विराट सन् २०१६ देखि लगातार तीन वर्षसम्म समावेश भएका थिए ।
इंग्ल्यान्डलाई पहिलो पटक एकदिवसिय विश्वकपको उपाधि दिलाउन स्टोक्सले फाइनलमा न्युजिल्यान्डविरुद्ध ८४ रनमा अविजित रहँदै खेल सुपर ओभरमा पुर्याएका थिए । स्टोक्सले एसेज सिरिजमा अष्ट्रेलियासँग हेडिंगले टेस्टमा नटआउट १ सय ३५ रन बनाउँदै अप्रत्याशित १ विकेटको जित दिलाएका थिए ।
स्टोक्स यस सुचिमा अट्ने दोस्रो इंग्ल्यान्डका खेलाडी हुन् । सन् २००३ देखि सुरु भएको यस सुचिमा सन् २००५ मा इंग्ल्यान्डका एन्ड्रयु फ्लिन्टफ समावेश थिए । अष्ट्रेलियाकी अलराउन्डर एलिस पेरी द लिडिङ वुमन्स क्रिकेटर इन द वर्ल्ड २०१९ चुनिएकी छिन् । उनले दोस्रो पटक यस उपलब्धि हासिल गरेकी हुन् । यसअघि सन् २०१६ मा पनि पेरी अटेकी थिइन् । सन् २०१८ मा भारतीय ओपनर स्मृति मंधाना घोषित भएकी थिइन् ।
वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल लिडिङ टि२० क्रिकेटर इन द वर्ल्ड २०१९ को सुचिमा अटेका छन् । रसेलले टि२० मा २०१९ मा १ हजार ८० रन बनाएका थिए । जसमा स्ट्राइकरेट १८२.१२ रहँदा ४३ विकेट पनि लिएका थिए ।
यस्तै इंग्ल्यान्डका तीब्र गतिका बलर जोफ्रा आर्चर, अष्ट्रेलिया प्याट कमिन्स, युवा ब्याट्सम्यान मार्नस लाबुसेन, दक्षिण अफ्रिका साइमन हार्मर, र ऐलिस पेरी विज्डेनको क्रिकेटर अफ द इयर सुचिमा अटेका छन् । क्रिकेटर अफ द इयर हरेक खेलाडी करिअरमा एकपटक मात्र समावेश हुने प्रावधान छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]