6 years ago
April 11, 2020
एजेन्सी – सिमित ओभरको खेलले क्रिकेटमा निकै परिवर्तन ल्याएको छ । टेष्ट, प्रथम श्रेणी, ६० ओभर, एकदिवसिय, टि२० हुँदै टि१० सम्मको शैलीमा आइपुग्दा ब्याटिङमा धेरै परिवर्तन पाइन्छ ।

बलिङ कमजोर हुँदै गएको केहि क्रिकेट विज्ञको बुझाइ छ । तर प्रतिभाशाली बलरले आफ्नो उत्कृष्ट प्रर्दशनमा त्यो गलत सावित गर्दै आएका छन् । योर्कर बल ब्याट्सम्यानलाई दबाबमा राख्ने सबैभन्दा सहज तरिका हो । योर्कर बल ब्याट्सम्यानलाई खेल्न निकै कठिन पर्छ । योर्कर बलमा थोरै गल्ती गर्दा ब्याट्सम्यान बोल्ड आउट हुँदै पेभिलिएन फर्किने उच्च सम्भावना रहन्छ । तर बलरले पनि योर्कर फाल्ने क्रममा थोरै गल्ती गरे ब्याट्सम्यानले सहजै चौका छक्का प्रहार गर्ने गर्दछन् ।
योर्कर बलमा रन जोड्न भन्दा पनि विकेट बचाउनतर्फ ध्यानदिनुपर्छ । पाकिस्तानका तीब्र गतिका बलर सोएब अख्तर एक समय योर्कर बलका लागि निकै चर्चित र सिपालु खेलाडी थिए । आधुनिक क्रिकेटमा पनि केहि यस्ता बलर छन् जुन योर्कर बलका लागि परिचित छन् । आधुनिक क्रिकेटका पाँच उत्कृष्ट योर्कर बलर यस प्रकार छन् ।
५. कागिसो रबाडा (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका २४ वर्षिय तीब्र गतिका बलर कागिसो रबाडा उत्कृष्ट योर्कर बलका लागि चर्चित युवा खेलाडी हुन् । छोटो समयमै विश्व क्रिकेटमा उत्कृष्ट बलरको छबि बनाएका रबाडाले १ सय ४५ किलोमिटर प्रति घण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने गर्दछन् । रबाडा दक्षिण अफ्रिकाले उत्पादन गरेको उत्कृष्ट दायाँ हाते तीब्र गतिका बलर मध्य एक रहेको बताइन्छ । रबाडा ब्याट्सम्यानको खुट्टामा बल फाल्न निकै सिपालु छन् ।
यु१९ विश्वकप देखीनै रबाडा योर्करमा आफ्नो प्रभाव जमाउँदै आएका छन् । गत वर्षको आइपिएलमा कोलकाता नाइट राइडर्स विरुद्ध सुपर ओभरमा दिल्ली क्यापिटल्सका रबाडाले उत्कृष्ट योर्कर बलरमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेललाई बोल्ड आउट गरेका थिए । रबाडाले उक्त सुपर ओभरमा उत्कृष्ट योर्कर बल गर्दै दिल्लीको जित पक्का गरेका थिए ।
सन् २०१५ मा बंगलादेशविरुद्ध डेब्यु खेलमा पनि रबाडाले उत्कृष्ट योर्कर बलको सहयोगमा ६ विकेट लिदै सनसनी मच्चाएका थिए । रबाडाले फ्रेन्चाइज टोली र दक्षिण अफ्रिका दुबैमा योर्करको कमाल देखाउँदै आएका छन् । गत आइपिएलको समयमा चोटको कारण निरन्तर अल्झिदा केहि समय बाहिर रहेका रबाडा टोलीमा फर्किसकेका छन् ।
४. ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

न्युजिल्यान्डका बायाँ हाते तीब्र गतिका बलर ट्रेन्ट बोल्ट वर्तमान क्रिकेटका उत्कृष्ट स्विङ बलर हुन् । बोल्टले नाम जस्तै बलबाट ब्याट्सम्यानलाई राम्रो झट्का दिने गर्दछन् । १ सय ४० देखी ४५ को तीब्र गतिको औसतमा बलिङ गर्ने बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटमा यु१९ विश्वकप देखीनै प्रभाव जमाउँदै आएका छन् ।
सन् २०१९ मा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका क्विन्टन डी ककलाई उत्कृष्ट योर्कर बलमा बोल्ड आउट गरेका थिए । सन् २०१५ र २०१९ मा एक दिवसिय विश्वकप न्युजिल्यान्डलाई फाइनल सम्म पुर्याउन बोल्टको प्रर्दशन महत्वपूर्ण थियो । जसमा उनको योर्कर बल त्यतिनै उत्कृष्ट थियो । इनस्विङ योर्कर उनको मुख्य विशेषता हो । बोल्टले २०१९ सेप्टेम्बर सम्म २ सय ३३ उत्कृष्ट योर्कर गरेका छन् ।
३. लासिथ मलिङ्गा (श्रीलंका)

श्रीलंका तीब्र गतिका बलर लासिथ मलिङ्गा कुनै पनि खेलमा योर्कर बल गर्न मन पराउछन् । उनले आफै निकालेको बलिङ एक्सन योर्कर बलले उनलाई निकै सफल तीब्र गतिको बलर बनाउन पुग्यो । मलिङ्गा किङ योर्कर को उप नामले चिनिन्छन् । ३६ वर्षिय मलिङ्गा क्रिकेट करिअरको अन्त्यमा छन् । तर योर्कर गर्न भने पहिला जस्तै सुपालु छन् ।
श्रीलंका टि२० कप्तान समेत रहेका मलिङ्गा योर्करमा नतिजा आफ्नो पक्षमा पार्न सक्छन् । मलिङ्गाको एक्सन र गतीको कारण बलको सामना गर्न ब्याट्सम्यानलाई निकै कठिन पर्छ । इनस्विङ योर्कर उनको मुख्य हतियार मानिन्छ । यदी ब्याट्सम्यान मलिङ्गाको इनस्विङ योर्करलाई रोक्न सकेनन् भने सिधैं पेभिलिएन फर्किने गर्दछन् ।
मलिङ्गाले गत सेप्टेम्बरमा घरेलु मैदान न्युजिल्यानडसँगको तेस्रो टि२० खेलमा लगातार चार बलमा चार विकेट लिएका थिए । जसक्रममा तीन योर्कर बलर थिए । इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकपमा पनि मलिङ्गाले योर्करमा त्यस्तै उत्कृष्ट प्रर्दशन गरेका थिए । २०१९ सेप्टेम्बर सम्म मलिङ्गाले ८ सय ७२ उत्कृष्ट योर्कर गरेका छन् । टेष्ट र एक दिवसियबाट सन्न्यास लिई सकेका मलिङ्गा यसै वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपपछि पुर्णरुपमा विश्राम लिने छन् ।
२. जस्प्रित बुमराह (भारत)

भारतीय तीब्र गतिका बलर जस्प्रित बुमराह आधिुनिक क्रिकेटमा आफ्नो बलिङ एक्सन र योर्कर बलले छोटो समयमै निकै सफल भएका छन् । उत्कृष्ट डेर्थ ओभर स्पेलिष्ट बलरको छबि बनाएका बुमराहले १ सय ४५ को गतिको औसतमा बलिङ गर्ने गर्दछन् । बुमराह आइपिएलमा मुम्बइ इन्डियन्सबाट उदाएका बलर हुन् ।
तीनै फर्म्याटमा उत्कृष्ट प्रर्दशन गर्ने बुमराह योर्करका लागि निकै सिपालु छन् । उनले कठिन अवस्थामा पनि टोलीको जित सम्भव बनाउन सक्छन् । विशेषत डेथ ओभरमा उनको बलबाट ब्याट्सम्यानलाई रन जोड्न निकै कठिन पर्छ । सन् २०१६ को टि२० विश्वकपको सेमिफाइनलमा वेस्ट इन्डिजका ओपनर क्रिस गेललाई योर्कर बलमा सिधै बोल्ड आउट गरेका थिए । बुमराह स्लो इन स्विङ योर्करका लागि परिचित छन् ।
१. मिचेल स्टार्क (अष्ट्रेलिया)

अष्ट्रेलिया बायाँ हाते तीब्र गतिका बलर मिचेल स्टार्क ६ बलमा ६ नै योर्कर फाल्न सक्ने क्षमता भएका सर्वाधिक घातक बलर हुन् । शरिरको उचाई, तीब्र गति र योर्कर बलले उनलाई निकै सफल बनाएको छ । उनको बलको सामना गर्न विपक्ष्यका ब्याट्सम्यानलाई सहज हुदैन । ६ फिट भन्दा अग्ला स्टार्कले १ सय ५० भन्दा माथिको तीब्र गतिमा बलिङ गर्ने गर्दछन् ।
सन् २०१५ को एक दिवसिय विश्वकप उपाधि अष्ट्रेलियालाई जिताउन स्टार्कले २२ विकेट लिएका थिए । त्यस्तै २०१९ मा भएको विश्वकपमा २७ विकेट लिदै एकै विश्वकपमा सर्वाधिक विकेट लिने बलर बने । २०१९ सेप्टेम्बर सम्म स्टार्कले ३ सय ३० उत्कृष्ट योर्कर गरेका छन् । स्टार्क पछिल्लो समय चोटका कारण घाइते हुँदा नियमित स्थान बनाउन भने सकेका छैनन् । तर आधुनिक क्रिकेटका उत्कृष्ट योर्कर बलर मानिन्छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]