6 years ago
April 12, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीसँग अझै पनि उत्कृष्ट क्षमता रहेको इंग्ल्यान्डका पुर्व कप्तान नासिर हुसैनले बताएका छन् ।

एक कार्यक्रममा धोनीको पुनरागमन सम्भावना बारे सोधिएको प्रश्नको जवाफ दिदै नासिरले भनेका छन्, ‘मैले जुन धोनी देखेको छु, मलाई अहिले पनि लाग्छ उनले भारतीय क्रिकेटलाई दिन अझैं बाँकी छ । हो एक दुइ मौकामा लक्ष्य पछ्याउँदा धोनी असफल भएका छन् । तर उनमा अझै पनि उत्कृष्ट क्षमता छ’ । त्यसैमा उनले थपेका छन्, ‘धोनीलाई सन्न्यासको लागि दबाब दिनुहुँदैन । धोनी एक पटक गएपनि फर्केर आउने छैनन्’।
धोनी गत वर्ष जुलाईमा इंग्ल्यान्डमा भएको आइसिसी एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अर्ध शतक बनाउँदै रन आउट भएयता टोली बाहिर रहँदै आएका छन् । केहि समय भारतीय आर्मीको तालिम लिएका धोनी त्यसपछि परिवारसँग समय बिताउँदै आएका छन् । धोनीलाई भारतीय टोलीमा पुनरागमन गर्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रर्दशन गर्नु पर्ने बताइएको छ ।
विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण वैशाख ३ देखी सुरु हुने भनिएको आइपिएल नहुने निश्चित छ । कोरोना भाइरसको कारण बन्द प्रशिक्षण स्थगित हुनु अघि चेन्नई सुपर किंग्सका कप्तान धोनीले अभ्यासको क्रममा शतक र एकै ओभरमा पाँच छक्का प्रहार गर्दै पुनरागमनको राम्रो संकेत देखाएका थिए ।
धोनीले भारतीय टोलीबाट अगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने इच्छा राखेका छन् । धोनी भारतलाई विश्वकप जिताउँदै आफ्नो करिअर अन्त्य गर्न चाहान्छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]