6 years ago
April 13, 2020
एजेन्सी – पारस खड्का नेपाली क्रिकेटका सर्वकालीन महान् खेलाडी मात्र हैनन्, सफल कप्तान पनि हुन् । उनले आफ्नो करीअर अवधिभर प्ररेणादायी प्रर्दशनबाट उत्कृष्ट नतिजा निकाल्दै बेग्लै इतिहार रच्न सफल भए ।

गत असोजमा पारसले अकस्मात कप्तान पदबाट राजिनामा दिए । भविष्यको पुस्ताबारे सोच्दै आफूले राजिनामा दिने सहि समय रहेको उनको जिकिर थियो । पारसले आफ्नो कप्तानीमा सबै गुण देखाए जुन एक महान नेता (लिडर) मा पाउन सकिन्छ । पारसको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीको यात्रा उत्कृष्ट रह्यो । पारसले एक दशक अघि २२ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए ।
सन् २०१० मा डिभिजन ५ मा बहराइन र फिजीसँगै खेल्दै सुरुवात गरेको नेपालले एक दशकको अवधिमा ओडीआई मान्यता प्राप्त गरेको छ । पारसले आफ्नो कप्तानीमा धेरै ऐतिहासिक सफलता दिलाएका छन् । पारसलाई नेपाली समर्थक मात्र होइन एसोसिएट क्रिकेट र विश्व क्रिकेटले नै लामो समय सम्म सम्झिरहने छन् । पारसले आफ्नो कप्तानीमा नेपाललाई टेष्ट स्तरको क्षमता राख्ने हैसियतमा पुर्याउन सफल भए । पारसको कप्तानीमा ६ उत्कृष्ट क्षण ।
१. टि२० आईमा गौरवशाली सुरुवात (टि२० विश्वकप २०१४)

नेपालले पहिलो अन्तर्राष्ट्रिय टि२० आईमा आइसिसी टि२० विश्वकप २०१४ अन्तर्गत समुह ए को खेलमा हङकङविरुद्ध खेल्दै सुरुवात गरेको थियो । ब्याटिङबाट टि२० आई सुरुवात गर्दा कप्तान पारसले ४१ र उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ रन बनाएपछि नेपालले २० ओभरमा १४९–८ को योगफल तयार पारेका थियो ।
जवाफमा पारसले हङकङका ओपनर इफरान अहमदलाई पहिलो बलमै आउट गर्दै इनिङ सुरुवात गरे । पारस टि२० आई मा पहिलो बलमै विकेट लिने सातौं बलर हुन् । बायाँ हाते स्पिनर वसन्त रेग्मी र शक्ति गौचनले ३–३ विकेट लिएपछि हङकङ १७ ओभरमा ६९ रनमा अल आउट हुन पुग्यो । नेपाल पहिलो टि२० आई र विश्वकप खेलमा ८० रनको फराकिलो अन्तरले विजयी भयो ।
२. क्वालिफायर (क्यानाडा विरुद्ध २०१८)

नेपालले सन् २०१८ मा वल्र्ड क्रिकेट डिभिजन २ मा नतिजा फिल्मी शैलीमा जित हात पारेको थियो । नामिबियाविरुद्ध अन्तिम बलमा विजयी भएको नेपालले केन्यालाई पनि अन्तिम ओभरमा हराएको थियो । क्यानडा र नेपालको खेलमा दुवैलाई जित्नै पर्ने दबाब थियो । जसमा नेपालले क्रिकेट इतिहासकै एक उत्कृष्ट जित निकाल्न सफल भयो ।
पारसले बलिङमा उत्कृष्ट इकोनमीमा बलिङ गर्दा क्यानडाले ५० ओभरमा १९४–८ को योगफल तयार पारेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपाल १४४–९ को कमजोर अवस्थामा पुगेको थियो । विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई ५१ रन आवश्यक थियो । अन्यथा नेपालको परिश्रम व्यर्थ जाने अवस्थामा पुगेको थियो । सन्दीप लामिछाने र करण केसीले ५१ रनको अविजित साझेदारी गर्दै अन्तिम बलमा १ रनको रोमाञ्चक जित दिलाए । पारसले सधैं करणको उक्त इनिङले नेपाली क्रिकेटको भविष्यले नयाँ मोड लिएको बताउँदै आएका छन् । त्यसै क्वालिफायारमा नेपालले ओडीआई मान्यता पायो ।
३. पहिलो ओडीआई जित (नेदरल्यान्ड्सविरुद्ध २०१८)

नेपालले पपुवा न्युगिनीलाई हराउँदै ओडीआई मान्यता प्राप्त गरेको केहि महिना पछि २०१८ अगष्टमा नेदरल्यान्ड्ससँग २ ओडीआई डेब्यु सिरिज खेलेको थियो । नेपाल पहिलो खेलमा ५५ रनले पराजित भयो । तर दोस्रो खेलमा विजयी हुँदै सिरिज बराबरीमा सकाएको थियो । पारस र सोमपालको अर्धशतकमा नेपाल ८८–५ को कमजोर अवस्थाबाट २ सय १६ मा पुगेको थियो ।
लक्ष्य पछ्याउँदा नेदरल्याड्स १४३–५ को अवस्थामा वेस्ली ब्यारेसी क्रिजमा सेट भएको अवस्थामा नेदरल्यान्ड्सको सिरिज जित्ने सम्भावना बढ्दै गएको थियो । तर नेदरल्यान्ड्सको नाटकीय रुपमा विकेट पतन भएसँगै १८५–९ को कमजोर अवस्थामा पुगेको थियो । तर अन्तिम विकेटका लागि फर्द क्लासेन र पल भान मिकरेनले खेललाई अन्तिम ओभर सम्म पुर्याउँदै रोमाञ्चक बनाए । तर पारसले अन्तिम बलमा रन आउट गराउँदै १ रनको रोमाञ्चक पहिलो ओडीआई जित दिलाए ।
४. युएईविरुद्ध द्वीपक्षीय सिरिजमा जित (२०१९ जनवरी)

सोमपाले ५ र सन्दीपले ४ गरि कुल ९ विकेट लिएपछि नेपालले दोस्रो खेलमा युएईलाई १ सय ४५ रनको फराकिलो अन्तरले हराउँदै सिरिज बराबरी गरेको थियो । तेस्रो खेल सिरिजको निर्णायक बन्न पुगेको थियो । युएईले तेस्रो खेलमा २५४–६ को चुनौतीपुर्ण योगफल तयार पार्यो । जसले नेपालले पहिलो सिरिज जित्न समय कुर्नु पर्ने हो की भन्ने गरायो ।
बलिङमा २ विकेट लिएका पारसले ब्याटिङमा नेपालको पहिलो ओडीआई शतक प्रहार गरेपछि ५ ओभर अगाडीनै लक्ष्य पुरा गर्दै ऐतिहासिक सिरिज जित्न सफल भएको थियो । नेपाल उक्त खेलमा ४ विकेटले विजयी भएको थियो । नेपालका अर्का प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट हुँदा पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
५. युएईविरुद्ध टि२० सिरिज जित (२०१९)

तीन टि२० आई सिरिज पनि तीन ओडीआई सिरिज जस्तै अन्तिम खेलको निर्णायक अवस्थामा पुगेको थियो । तेस्रो खेल वर्षाको कारण प्रभावित हुँदा १० ओभरमा नेपालले १०४–८ को बलियो योगफल तयार पारेको थियो । त्यसअघि दोस्रो खेलमा गोल्डेन डक आउट भएका पारसले १४ बलमा २९ रन जोडे । सन्दीप जोरा २८ र विनोद भण्डारीले २१ रन बनाएपछि नेपालले बलियो योगफल तयार पारेको थियो ।
युएईले पनि उत्कृष्ट सुरुवात गर्दै ६ ओभरमा ६०–२ को बलियो सुरुवात गरेको थियो । तर त्यसपछि भने युएईले आफ्नो लय गुमाउँदै नाटकीय रुपमा विकेट गुमाउन पुग्यो । करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशीले २–२ विकेट लिएपछि युएई १० ओभरमा ९०–८ मा रोकियो र नेपाल १४ रनले विजयी हुँदै ऐतिहासिक टि२० आई सिरिज जित्न सफल भयो ।
६. नेपालको पहिलो टि२० शतक (सिंगापुर २०१९)

नेपालले टि२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग पराजित हुन पुग्यो । दोस्रो खेलमा इन्डियन एसोसिएसन मैदानमा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको थियो । ओपनर ईशान पान्डे सस्तैमा आउट भएपनि त्यसले नेपाललाई केहि फरक पारेन । पारसलाई सिंगापुरले रोक्न सकेन । पारसले ९ ओभरमै ३० बलमा अर्ध शतक पुरा गरेका थिए । १५ ओभरको अन्तिम बलमा कप्तान टिम डेविडलाई छक्का प्रहार गर्दै पारसले नेपालको टि२० इतिहासमा पहिलो अन्तर्राष्ट्रिय शतक पुरा गरे ।
अर्यामान सुनिलालाई १६ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै पारसले ९ विकेटको सानदार जित दिलाए । पारस ५२ बलमा १ सय ६ रनमा अविजित रहँदै खेल सकाए । उक्त खेलमा नेपाल ४ ओभर अगाडीनै दर्ता गरेको थियो । नेट रन रेटको आधारमा नेपाल सिरिजमा दोस्रो स्थानमा रहँदै अन्त्य गर्यो ।
(विश्वमै प्रतिष्ठित म्यागजिन विज्डेनमा रोशन गडेले २०१९ अक्टोबरमा लेखेको अनुवाद)
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]