6 years ago
April 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका लागि नतिजाका हिसाबले २०७६ साल खराब रह्यो । असारमा मलेसियासँग दुई टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो ।

यो वर्ष नेपाली क्रिकेटमा सफलता भन्दा बढी असफता रहे । टि२० विश्वकप २०२०, टि२० एसिया कप, घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जस्ता ठुला अवसर गुमायो । यो वर्ष नेपालले खेलेका प्रतियोगिता र सिरिजमा प्राय सबैमा आशा एउटा र नतिजा अर्को आउन पुग्यो । अन्तर्राष्ट्रिय स्तरमा भने नेपाली क्रिकेट टोली र खेलाडीको प्रर्दशन चर्चा राम्रो पायो । एकै वर्षमा नेपालले ५ विश्व कीर्तिमान बनायो । जुन यस प्रकार छन् ।
५. पारसको शतक

नेपाली क्रिकेटका वान म्यान आर्मी अर्थात एकल योद्धा पारस खड्का टी ट्वान्टी आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान हुन् । नेपालले असोजमा सिंगापुर र जिम्बावेसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । असोज ११ मा सिंगापुरसँगको पहिलो खेलमा नेपालले ९ विकेटको जित निकाल्ने क्रममा पारसले कीर्तिमानी शतक प्रहार गरे । १ सय ५२ रनको विजयी लक्ष्य नेपालले १६ ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको थियो । जसक्रममा पारस ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित इनिङ खेल्दै उक्त कीर्तिमान कायम गरेका थिए ।
४. अञ्जलीको ६ विकेट

स्पिनर अञ्जली चन्दले मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सविरुद्ध अविश्वसनिय कीर्तिमान कायम गरेकी थिइन् । अञ्जलीले टि ट्वान्टी आईमा मंसिर १६ मा माल्दिभ्सविरुद्ध डेब्यु गर्दै २ ओभरमा कुनै रन नदिइ ह्याट्रिक ६ विकेट लिएपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । उनले ४ ब्याट्सवुमेनलाई क्याच र २ लाई बोल्ड आउट गरेकी थिइन् । अञ्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । जुन प्रर्दशन टि ट्वान्टी आइ पुरुष र महिलामै सर्वोत्कृष्ट पर्दछ ।
३. कुशलको अर्धशतक

युवा ब्याट्सम्यान कुशल मल्ल ओडिआईमा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । कुशलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत माघ २५ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक प्रहार गर्दै रोहित कुमार पौडेलको कीर्तिमान तोडेका थिए । अमेरिकासँग कुशलले ५१ बलमा ३ छक्का र ४ चौका सहित ५० रनमा आउट भएका थिए । कुशल उक्त खेलमा अर्ध शतक प्रहार गर्दा १५ वर्ष ३ सय ४० दिनका थिए । अघिल्लो वर्ष रोहितले यूएईसँगको दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै यस विश्व कीर्तिमान कायम गरेका थिए । जुन बेला रोहित १६ वर्ष १ सय ४६ दिनका थिए ।
२. अमेरिकालाई ३५ रनमा अलआउट

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा माघ २९ मा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गर्दै विपक्षीलाई ओडीआईमा कम योगफलमा अल आउट गर्ने कीर्तिमान कायम गरेको थियो । यो कीर्तिमान नेपाल र श्रीलंकाको संयुक्त नाममा छ । ३५ रन ओडिआई इतिहासकै कम योगफल हो । सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई १८ ओभरमा ३५ रनमा अल आउट गरेको थियो । अमेरिकालाई कम योगफलमा रोक्न स्पिनर सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएका थिए ।
१. कम बलमा अल आउट

नेपालले अमेरिकालाई मात्र ७२ बलमा ३५ रनमै अलआउट गरेको थियो । नेपाल ओडीआई इतिहासमा सर्वाधिक कम बलमा विपक्षी टोलीलाई अलआउट गर्ने टोली बन्यो । यसअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो । जुन कीर्तिमान तोड्दै नेपालले आफ्नो नाममा इतिहास रचेको हो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]