6 years ago
April 19, 2020
एजेन्सी – खेलकुदलाई लोकप्रिय र रोमाञ्चक बनाउन खेलाडीको प्रर्दशन मात्र होइन समर्थकको साथ पनि त्यतिनै चाहिन्छ । समर्थकको साथले खेलाडीको प्रर्दशनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्छ ।

हरेक खेलाडी आफ्नो घरेलु मैदानमा समर्थक सामु खेल्न चाहान्छन् । समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । तुलनात्मक रुपमा घरेलु मैदानमा खेलाडी हाबी हुन्छन् । समर्थक संख्यासँगै खेल्ने वातावरणमा अभ्यस्त हुँदा खेलाडीलाई फाइदा हुन्छ । विश्वमा केहि यस्ता क्रिकेट मैदान छन् जहाँ खेल्ने धेरै खेलाडीको सपना हुन्छ । इंग्ल्यान्डमा रहेको लर्डस्, भारतमा इडेन गार्डेन र अष्ट्रेलिया मेलबर्न क्रिकेट मैदान यसका केहि उदाहरण हुन् । विश्वका १० सर्वाधिक दर्शक समर्थक क्षमता भएको क्रिकेट मैदान यस प्रकार छन् :
१०. डकल्यान्ड्स स्टेडियम (अष्ट्रलिया)

अष्ट्रेलियामा रहेको डकल्यान्ड्स स्टेडियमलाई मार्भल स्टेडियम पनि भनिन्छ । यस स्टेडियमको क्षमता ४८ हजार ३ सय छ । अष्टेलियन फुटबल लिगको सामित्वमा रहेको यस स्टेडियम सन् २००० देखी सञ्चालमनमा आएको थियो । ४ सय ६० अष्ट्रेलियन मिलियन डलरमा बनेको यस क्रिकेट मैदान मेलबर्न रेनेगड्सको घरेलु मैदान हो । यस मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल सन् २००० अगष्टमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच एक दिवसिय खेल भएको थियो ।
९. झारखण्ड (भारत)

झारखण्ड क्रिकेट एसोसिएसनको सामित्वमा रहेको झारखण्ड इन्टरनेशनल क्रिकेट स्टेडियमको क्षमता ५० हजार छ । झारखण्ड इन्डियन प्रिमियर लिग (आइपिएल) मा महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सको घरेलु मैदान हो । पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा यस मैदानमा भारत र इंग्ल्यान्डबीच सन् २०१३ मा एक दिवसिय खेल खेलका थिए । त्यसैवर्ष चेन्नइले आइपिएलमा दुई खेल खेलेको थियो ।
८. एडिलेड ओभल (अष्ट्रेलिया)

दक्षिण अष्ट्रेलिया सरकारको सामित्वमा रहेको एडिलेड ओभल क्रिकेट स्टेडियमको क्षमता ५५ हजार ३ सय १७ छ । निकै पुरानो क्रिकेट मैदान एडिलेडमा पहिलो अन्तर्राष्ट्रिय खेल सन् १८८४ मा अष्ट्रेलिया र इंग्ल्यान्डबीच टेष्ट खेलका थिए ।
७.ग्रिनफिल्ड (भारत)

केरेला युनिभर्सिटीको सामित्वमा रहेको ग्रिनफिल्ड क्रिकेट स्टेडियमको क्षमता ५५ हजार छ । क्रिकेटसँगै यस रंगशालामा फुटबल पनि हुने गर्दछ । २०१७ नोभेम्बरमा भारतले यस मैदानमा न्युजिल्यान्डसँग टि ट्वान्टी खेल खेलेको थियो । जुन यो मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
६. राजिभ गान्धी (भारत)

हैदराबाद क्रिकेट एसोसिएसनको राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियमको क्षमता ५५ हजार छ । सनराइजर्स हैदराबादको घरेलु मैदान पनि हो । हैदराबादले सन् २००३ मा आन्द्र प्रदेशसँग नयाँ स्टेडियमको लागि प्रस्ताव गरेको थियो । यस मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल सन् २००५ मा भारत र वेस्ट इन्डिजबीच एक दिवसिय खेल खेलेका थिए । सन् २०१७ र २०१९ मा आइपिएलको फाइनल यसै मैदानमा भएको थियो ।
५.पर्थ (अष्ट्रेलिया)

अष्ट्रेलियाको पर्थ शहरमा रहेको यस क्रिकेट स्टेडियमको क्षमता ६० हजार छ । छेउमा बग्ने सुन्दर नदी र शहरले पर्थले सबैलाई लोभाउने गर्दछ । २०१७ देखी सञ्चालनमा आएको यस क्रिकेट मैदानमा २०१८ जनवरीमा इंग्ल्यान्ड र अष्ट्रेलियाले एक दिवसिय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
४. शाहिद वीर नारायण सिंह (भारत)

शहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानको क्षमता ६५ हजार छ । यस मैदानमा सन् २०१३ मा पहिलो पटक आइपिएलमा तत्कालिन फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले ६ खेल खेलेको थियो । दिल्लीले पहिलो खेल यस मैदानमा अप्रिल २८ मा पुने वारियर्सविरुद्ध खेलेको थियो ।
३. इडेन गार्डेन (भारत)

विश्वकै चर्चित क्रिकेट स्टेडियम इडेन गार्डेनको क्षमता ६६ हजार ३ सय छ । इन्डियन आर्मीको स्वामित्यवमा रहेको यस मैदान सन् १८६४ मा बनेको हो । कोलकाता नाइट राइडर्सको घरेलु मैदान इडेन गार्डेन विश्वका सुन्दर स्टेडियम मध्य एक हो । इडेन गार्डे मा पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९३४ जनवरीमा भारतले इंग्ल्यान्डसँग टेष्ट खेलेको थियो । सुरुमा यस मैदानको क्षमता ४० हजार भएपनि पछि विस्तार गरेको थियो । गत नोभेम्बरमा भारतले बंगलादेशसँग ऐतिहासिक डे नाइट टेष्ट खेल पनि यसै मैदानमा खेलेको थियो ।
२. मेलबर्न (अष्ट्रेलिया)

अष्ट्रेलियामा रहेको मेलबर्न क्रिकेट मैदानको क्षमता १ लाख १ हजार २४ छ । विश्वकै सर्वाधिक क्षमता रहेको मैदान रहँदै आएको मेलबर्न यसै वर्षदेखी दोस्रो बन्न पुगेको हो । मेलबर्न मैदान भिक्टोरिया सरकारको सामित्वमा छ । मेलबर्न स्टार्सको घरेलु मैदान पनि हो । सन् १८५३ देखी सञ्चालनमा आएको यस मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल १८७७ मा इंग्ल्यान्ड र अष्ट्रेलियाले टेष्ट खेलेका थिए ।
१. मोटेरा क्रिकेट स्टेडियम (भारत)

भारतको अहमबादमा रहेको मोटेरा क्रिकेट स्टेडियम विश्वकै ठुलो क्रकेट मैदान हो । यस मैदानको क्षमता १ लाख १० हजार छ । यस मैदानको उद्धघाटन अमेरिका राष्ट्रपति डोनाल्ड टम्पले फेब्रअरीमा अन्त्यमा गरेका थिए । गुजरात क्रिकेट एसोसिएसनको सामित्वमा रहेको यस मैदान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ड्रिम योजना हो । जुन मैदानमा चाडैंनै अन्तर्राष्ट्रिय खेल हुने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]