6 years ago
April 21, 2020
विनोदबाबु रिजाल चितवन
लकडाउनको आज २९ औं दिन । कोरोना भाइरसको प्रसार रोक्न यतिखेर सारा नेपाली घरमै छन् । अत्यावश्यक कामबाहेक सबै बन्द छन् । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम प्रायः बन्द नै छ ।

लकडाउनको केही दिन अघिबाट पूरै काम बन्द भएको रंगशालामा एक साता अघिबाट आंशिक काम थालिएको छ । रंगशाला निर्माणस्थलमा मुख्य कामदारहरु कोही पनि फिल्डमा छैनन् । लकडाउनले गर्दा सामान्य जनजीवन ठप्प भएको बेला रंगशालाको काम हुने कुरै आएन । जनस्तरबाट उठेको सहयोगबाट निर्माण भइरहेको रंगशालाका मुख्य अभियन्ता सीताराम कट्टेल धुर्मुसका अनुसार लकडाउनले गर्दा आफूहरुको योजनाअनुसार नतिजा निकाल्न अब गाह्रो हुनसक्छ ।
‘सामान्य अवस्था भइदिएको भए हामी अहिले मैदान निर्माण सकिएको घोषणा गर्ने चरणमा हुन्थ्यौं’, टेलिफोनमा उनले भने, ‘तर, ती काम रोकिए । रंगशाला निर्माण पूर्ण क्षमतामा चलेको थियो । ३१३ जना पूर्णकालीन कामदार थिए । उनीहरुले मैदानको काम ८५ प्रतिशत, जगको ९० प्रतिशत र पीसीसी ढलानको ७० प्रतिशत सकिसकेको अवस्था छ ।’
धुर्मुसले १६४ वटा पिल्लरको लागि तयारी भइसकेको र उठाउन मात्रै बाँकी रहेको सुनाए । ‘हाम्रो लक्ष्य यसपालिको वर्षाभन्दा अघि नै सबै ३९२ वटा पिल्लर उठाएर एक ढलान गर्ने भन्ने थियो’, उनले भने, ‘वर्षा पनि आउन लागिसक्यो । अब काममा फर्किएपछि कसरी रिकभर गर्ने भन्नेमा सल्लाह गरिरहेका छौं ।’
योबीचमा अफिसियल काम भने निरन्तर गरिरहेको उनले सुनाए । ‘काममा फर्किएपछि जनशक्ति कसरी परिचालन गर्ने, कुन समयमा कति काम गर्ने भन्ने विषयमा योजना बनाएका छौं’, उनले भने, ‘एकसाता अघिदेखि भित्री केही काम सुरु गरेको रंगशाला निर्माणस्थलमा २५–३० जना छन् । मेसिनले गर्ने कामहरु माटो बोक्ने, छान्ने गरिरहेका छन् । कोरोनाका कारण काम बन्द भएपछि बाँकी कामदार सबै आ–आफ्नो घर गएका छन् ।’

‘सबैजना हाम्रो सम्पर्कमा छन्’, उनले भने, ‘सरकारले पनि परियोजनाहरु निर्माण गर्नका लागि खुला गरिसकेको छ । लकडाउन सकिएलगत्तै पूर्ण क्षमतामा काम थाल्छौं । कोरोनाका कारण सहयोग रकम उठ्ने क्रम पनि शून्य भएको छ । कोरोनाबाट कसरी बच्ने भन्नेमै सबैको ध्यान भएको बेला सहयोग माग्ने कुरा पनि भएन ।’ पहिले नै उठेका केही रकमबाट काम अघि बढाउने उनले बताए ।
‘हामीसँग केही ब्याकअप छ । त्यसैले काम चलाउँदै जाने हो’, धुर्मुस भन्छन्, ‘योबेलामा आर्थिक सहयोगको अपिल गर्ने कुरा पनि भएन । गर्नै हुँदैन । सबै समस्यामा भएको बेला आर्थिक सहयोगको कल्पना हामी गर्दैनौं ।’ भोलि वातावरण सहज भयो भने फेरि पहिलेको जस्तै जनताको साथ पाउनेमा उनी ढुक्क छन् ।
रंगशालाको सहयोगका लागि केही समयअघि निर्माणस्थलमा धनधान्याचल पनि चलाइएको थियो । त्यसमा उठेको पैसा पनि मुख्य निर्माणकर्ता धुर्मुस–सुन्तली फाउण्डेसनमा आएको छैन । त्यो पैसा आएपछि पनि काम गर्न सहज हुने उनी बताउँछन् । धुर्मुस–सुन्तली फाउण्डेसनको अगुवाइमा जनस्तरबाट निर्माण हुन लागेको रंगशालाको लागत करिब २ अर्ब अनुमान गरिएको छ । निर्माण थालेको २ वर्षभित्र बनाइसक्ने भनिए पनि पटक–पटकको विभिन्न अवरोधले गर्दा समयमा काम नसकिने देखिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]