default_image

6 years ago

April 22, 2020

धोनी चुक्दा भारतले हारेका ७ खेल

161 views

0 Bookmark

एजेन्सी – अनुभवी विकेटकिपर महेन्द्र सिंह धोनी भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान् हुन् । आइसिसीको तीनै प्रतियोगिता (एकदिवसिय विश्वकप, टि२० आई विश्वकप र च्याम्पियन्स ट्रफी) उपाधि जित्ने विश्वको एक्लो कप्तान धोनी सर्वश्रेष्ठ विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान मानिन्छन् ।

डेढ दशक समय भारतको सिनियर टोलीबाट खेल्दा धोनीले अधिकाम्स खेलमा आफ्नो प्रर्दशनमा खेल फिनिसिङ गर्दै जिताएका थिए । तर कतिपटक भने धोनीले फिनिसिङ गर्न चुकेका थिए । धोनीले आफ्नो शैलीमा खेल्दै खेल फिनिसिङ गर्न नसक्दा भारतले हारेका ७ खेल ।

७. भारतविरुद्ध श्रीलंका, एकदिवसिय (२००७ राजकोट)

चार खेलको एकदिवसिय सिरिज अन्तर्गत दोस्रो खेलमा टस हारेर ब्याटिङ थालेको श्रीलंका १३.२ ओभरमा ५८–४ को कमजोर सुरुवात गरेको थियो । त्यो अवस्थाबाट विकेटकिपर कुमार संगाकाराले १ सय २७ बलमा ११ चौका र ४ छक्का सहित १ सय १० रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै २५७–८ को प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

भारतलाई सौरभ गांगुली र सचिन तेन्दुलकुरले तेस्रो विकेटका लागि १ सय रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३० औं ओभरमा विरेन्द्र सहवाग आउट हुँदा भारत १६९–५ को बलियो अवस्थामा थियो । भारतलाई जितको लागि अन्तिम १२ बलमा १४ रन चाहिंएको थियो । तर ४९ औं ओभरमा लासिथ मलिङ्गाले ३ रन मात्र दिएपछि अन्तिम ओभरमा ११ रन आवश्यक परेको थियो ।

जयसुर्याको अन्तिम ओभरको पहिलो बलमा धोनीले दुई रन लिने क्रममा अनिल कुम्बले रन आउट भए । बाँकी दुई बल धोनीले डट खाएका थिए । चौथो बलमा धोनीले चौका प्रहार गरे । जुन त्यस खेलमा धोनीको पहिलो बाउन्ड्री थियो । पाँचौ बलमा धोनी ४८ रनमा क्याच आउट हुन पुगे । जुन खेलमा भारतले ५ रनले हारेको थियो ।

६. भारतविरुद्ध न्युजिल्यान्ड, टि२० आई (२०१२, चेन्नई)

दुई टेष्ट सिरिज २–० ले जितेको घरेलु टोली भारतले दुई टि२० आई सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले सुरुवाती २ रन जोड्न २ विकेट गुमाएपनि ब्रेन्डम म्याकुलमले ५५ बलमा ११ चौका र ३ छक्का सहित ९१ रन बनाएपछि १६७–५ को योगफल तयार पारेको थियो । लक्ष्य पछ्याउने क्रममा विराट कोहलीले ओपनिङ गर्दै ४१ बलमा १० चौका र १ छक्का सहित ७० रन बनाउँदै आउट हुँदा जितको लागि ४० बलमा ४८ रन आवश्यक थियो ।

धोनीले सुरुवाती १५ बलमा ९ रन मात्र बनाएपछि भारत दबाबमा परेको थियो । भारतलाई अन्तिम ओभरमा १३ रन आवश्यक परेको थियो । धोनीले अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गरेपनि अन्य बलमा बाउन्ड्री प्रहार नगर्दा भारतले १ रनले पराजित हुन पुगेको थियो । धोनी २३ बलमा २ चौका सहित २२ रन क्रिजमा रहेका थिए ।

५. इंग्ल्यान्डविरुद्ध टि२० आई (२०१४, बर्मिङघम )

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले एक मात्र टि२० आई खेल्नुअघि पाँच टेष्ट सिरिज ३–१ ले गुमाएको थियो । पाँच ओडिआई सिरिज ३–१ ले जित्न सफल भएको थियो । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले ३१ बलमा ७१ रन आक्रामक इनिङ खेलेपछि १८०–७ को योगफल तयार पारेको थियो । विराट कोहलीले ४१ बलमा ६६ रन बनाएर पेभिलिएन फर्किदा ३४ बलमा जितको लागि ५० रन आवश्यक थियो ।

तर भारतले बाँकी २२ बलमा मात्र २४ रन बनाएपछि खेलले नयाँ मोड लिएको थियो । धोनीले सुरुवाती १० बलमा सिंगल मात्र जोड्दै दबाब बढाए । भारतलाई अन्तिम ओभरमा जितको लागि १७ रन आवश्यक थियो । धोनीले क्रिस वोक्सलाई पहिलो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेपछि बाँकी २ बलमा जितको लागि ५ रन आवश्यक परेको थियो । पाँचौ बल डट खादा अन्तिम बलमा एक रन लिदा भारत ३ रनले पराजित हुन पुग्यो ।

४. भारतविरुद्ध दक्षिण अफ्रिका, एकदिवसिय (२०१५, कानपुर)

पाँच ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा कप्तान एबी डी भिलियर्सले १ सय ५ रनको शतकीय अविजित इनिङ खेलेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ३०३–५ को योगफल तयार पारेको थियो । लक्ष्य पछ्याउने क्रममा ओपनर रोहित शर्माले १ सय ३३ बलमा १३ चौका र ६ छक्का सहित १ सय ५० रन जोड्दै आउट हुँदा भारत ४६.१ ओभरमा २६९–४ को अवस्थामा थियो ।

भारतलाई २४ बलमा ३५ रन आवश्यक थियो । त्यो समय धोनी १६ बलमा ९ रनमा खेलेका थिए । धोनीले ३० बलमा १ चौका सहित ३१ रन मात्र बनाउँन सके । जसको कारण भारत ५ रनले पराजित भएको थियो ।

३. भारतविरुद्ध जिम्बावे, टि२० आई (२०१६, हरारे)

तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग भारत अप्रत्याशित रुपमा पराजित भएको थियो । एक समय १५.१ ओभरमा १११–५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई एल्टन चिगुम्बुरा २६ बलमा १ चौका र ७ छक्का सहित आक्रामक ५४ रन जोडेपछि १७०–६ को योगफल तयार पारेको थियो ।

जसमा भारतलाई अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । क्रिजमा धोनी १४ बलमा १६ रन बनाएर खेलेका थिए । धोनीले नेभिल मड्जिवको पहिलो बलमा १ रन लिए । दोस्रो बलमा अक्षर पटेल १८ रनमा आउट भए । तेस्रो बलमा धोनीले १ रन लिदा ऋषि धवनले बाँकी दुई बल खाए । अन्तिम बलमा धोनीले १ रन लिएपनि त्यो जितको लागि पर्याप्त थिएन । भारत २ रनले पराजित हुन पुग्यो ।

२.भारतविरुद्ध वेस्ट इन्डिज, टि२० आई (२०१६, लाउडरहिल)

ओपनर इभिन लेविस र जोनसन चार्ल्सले विश्फोटक ब्याटिङ गर्दै पहिलो विकेटका लागि मात्र ९.३ ओभरमा १ सय २६ रनको आक्रामक सुरुवातको सहयोगमा वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । लेविसले ४९ बलमा १ सय र चाल्र्सले ३३ बलमा ७९ रन जोडेका थिए ।

विशाल लक्ष्य पछ्याएको भारतलाई लोकेश राहुलले उत्कृष्ट शतक प्रहार गरेपछि भारतलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिएको थियो । धोनी ४० र राहुल १ सय ८ रनमा क्रिजमा थिए । ड्वेन ब्राभोले धोनी र राहुलले सुरुवाती चार बलमा १–१ रन लिन मात्र सके । धोनीले पाँचौ बलमा २ रन लिएपनि अन्तिम बलमा ठुलो सट खेल्नेक्रममा ४३ रनमा क्याच आउट भएपछि भारत १ रनले पराजित भएको थियो ।

१. भारत विरुद्ध वेस्ट इन्डिज, एकदिवसिय (२०१७, एन्टिगुआ )

पाँच खेलको ओडिआई सिरिज अन्तर्गत चौथो खेलमा वेस्ट इन्डिजले ५० ओभरमा १८९–९ को योगफल तयार पारेको थियो । जुन लक्ष्य भारतले सहजै पुरा गर्ने अनुमान गरिएको थियो । खराब सुरुवात गरेको भारतलाई ओपनर अजिंक्य रहाणेले ६० रन जोडेपछि जितको आशा दिलाएका थिए । तर धोनीले खेल अन्त्य गर्न नसक्दा भारत पराजित भएको थियो ।

धोनीले ४९ औं ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि १ सय १४ बलमा मात्र १ चौकाको सहयोगमा मात्र ५४ रन बनाएका थिए । भारत ४९.४ ओभरमा १ सय ७८ रनमा अलआउट हुँदै ११ रनले पराजित भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.