default_image

6 years ago

April 26, 2020

कोहलीका ५ गल्ती

155 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वर्तमान समयका उत्कृष्ट ब्याट्सम्यान मध्यका एक हुन् । कोहलीले ब्याटिङ र कप्तानी दुवैमा राम्रो गर्दै भारतलाई तीनै शैलीको अब्बल टोली बनाएका छन् । भारत टेष्टमा शीर्ष स्थानमा छ ।

पक्कैपनि काम गर्नेक्रममा गल्ती सबैबाट हुन्छनै । केहि गल्तीले पाठ सिकाउँछ । केहि गल्ती देख्नलाई सामान्य भएपनि मुल्य ठुलो चुकाउनुुपर्छ । त्यस्तै कोहलीले आफ्नो कप्तानीमा लिएका ५ निर्णय, जसको कारण भारतले केहि ठुला अवसर गुमाउँदा केहि खेलमा लज्जास्पद हार बेहोर्नु पर्यो ।

५. चौथो नम्बर ब्याटिङमा अत्याधिक प्रयोग

सन् २०१७ मा च्याम्पियनसिप ट्रफी फाइनलमा पाकिस्तानसँग पराजित भएपछि भारत दुई वर्षपछि हुने एकदिवसिय विश्वकप जित्ने तयारीमा लागेको थियो । तर भारतको चौथो नम्बरको ब्याटिङक्रमले सधैं चिन्ताको विषय बन्यो । चौथो नम्बरमा भारतले अजिंक्या रहाणे, सुरेश रैना, श्रेयस ऐर, दिनेश कात्तिक, महेन्द्र सिंह धोनी, आम्वाती रायुडु, ऋषभ पन्त, विजय शंकर, लोकेश राहुल, मनिष पान्डे र हार्दिक पान्ड्यालाई प्रयोग गरेको थियो ।

अन्य खेलाडीको तुलनामा रायुडुलाई धेरै मौका दिएपनि अन्त्यमा विश्वकपमा अप्रत्यासित रुपमा उनको स्थानमा विजय शंकरलाई समेट्दै टोली घोषणा गरेको थियो । जसले मध्यक्रम कमजोर हुँदा विश्वकप जित्ने सपना अधुरै रह्यो । कोहलीले उक्तक्रममा अत्याधिक ब्याट्सम्यान फेर्नुको सट्टा सुरुवातदेखि नै एक ब्याट्सम्यानलाई मौका दिएको भए मध्यक्रम मजबुत हुन सक्थ्यो । विश्वकप पछि युवा ब्याट्सम्यान श्रेयस ऐर भारतीय टोलीमा चौथो नम्बरको लामो यात्रा गर्ने सम्भावना देखाएका छन् ।

४. च्याम्पियनस ट्रफी फाइनलमा बलिङ गर्ने निर्णय

Kohli and Bumrah

भारत र पाकिस्तानबीचको खेल विश्वमै महत्त्वका साथ हेरिन्छ । २०१७ को च्याम्पियनसिप ट्रफीमा समुह चरणको खेलमा भारतले पाकिस्तानलाई १ सय २४ रनले हराएको थियो । तर पाकिस्तान राम्रो पुनरागमन गर्दै फाइनल सम्मको यात्रा गर्न सफल भयो । फाइनलमा ओभल क्रिकेट मैदानमा हुँदै थियो । कोहलीले टस जितेर सबैलाई आश्चर्य पार्दै बलिङ गर्ने निर्णय लिए । प्राय कप्तानहरु ठुला प्रतियोगिताको फाइनलमा कप्तानहरु टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिन्छन् । जसले राम्रो योगफल बनाउँदै विपक्ष्यलाई दबाबमा राख्न सजिलो हुन्छ ।

ओपनर फकार जमानले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानले ३ सय ३८ रनको योगफल तयार पारेको थियो । पाकिस्तानको बलियो हतियार आक्रामक बलिङ थियो । फाइनलमा अन्य खेलको तुलनामा दबाब धेरै हुन्छ । अर्को तर्फ फाइनलमा विशाल लक्ष्य पछ्याउन सहज हुँदैन । त्यहि दबाबको कारण भारतीय ब्याट्सम्यान हार्दिक पान्ड्या बाहेक अन्य लामो समय क्रिजमा टिक्न सकेनन् । भारतले १ सय ८० रनको फराकिलो हार बेहोर्न पुग्यो । पहिला ब्याटिङ रोजेको भए नतिजा भारतको पक्ष्यमा जान सक्थ्यो । अर्को पाकिस्तानको मुख्य कमजोरी ब्याटिङ थियो ।

३. न्युजिल्यान्ड टेष्टमा पन्तलाई खेलाउने निर्णय

न्युजिल्यान्डसँगको दुई टेष्ट सिरिजको लागि भारतले दुई विकेटकिपर ऋषभ पन्त र रिद्धीमान शाहका साथ टोली घोषणा गरेको थियो । टेष्टमा प्रर्दशन र अनुभव दुबैको आधारमा पन्त भन्दा शाह छन् । पन्तले गैर जिम्मेवार ब्याटिङको भन्दै भारतले पाँच टि२० सिरिज र तीन ओडिआई सिरिजमा टोली बाहिर राख्दै लोकेश राहुलले विकेटकिपिङ गरेका थिए । तर पन्तलाई कोहलीले दुबै टेष्ट सिरिजमा विकेटकिपरको रुपमा मैदान उतारे । पन्तले दुबै खेलमा ठुलो इनिङ खेल्न सकेनन् । भारतले टेष्ट सिरिजमा क्लिनस्वीप बेहोर्न पुग्यो ।

२. लर्ड्समा दुई स्पिनर खेलाउने निर्णय

इंग्ल्यान्डको लर्ड्स मैदान तुलानात्मक रुपमा तीव्र गतिको बलर उपयोगि मानिन्छ । सन् २०१८ मा इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा कोहलीले दुई स्पिनर कुलदीप यादव र रविचन्द्रन आश्विनलाई मैदान उतारे । उता इंग्ल्यान्ड एक मात्र स्पिनर आदिल राशिदको साथ मैदान उतारेपनि बलिङ गराएन । हरियो घाँस भएको उक्त लड्स पिचमा स्पिनर उपयोगी नहुने हुँदा घरेलु टोली इंग्ल्यान्डले सबै तीब्र गतिका बलरलाई बलिङ गराएको थियो । भारतका दुबै स्पिनर यादव र आश्विन विकेटविहीन बनेका थिए । जुन खेलमा भारत १ सय ५९ रनको इनिङ अन्तरले पराजित भएको थियो ।

१. विश्वकपमा धोनीलाई ७ नम्बरमा पठाउने निर्णय

भारत गतवर्ष इंग्ल्यान्डमा सम्पन्न एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य पछ्याउँने क्रममा ४९.३ ओभरमा २ सय २१ रनमा अलआउट भएको थियो । जसक्रममा धोनीको ब्याटिङक्रमलाई लिएर कोहलीको चर्को आलोचना भएको थियो । लक्ष्य पछ्याउँने क्रममा भारत ५–३ को अवस्थामा थियो । जुन समय भारतलाई रन जोड्न भन्दा पनि विकेट बचाउन बढी आवश्यक थियो । जुन समय अनुभवी विकेटकिपर महेन्द्र सिहं धोनीले भारतलाई समाल्दै अघि बढाउन सक्थे ।

धोनीले विकेट बचाउँदै रन जोड्दा तल्लोक्रममा हार्दिक पान्ड्या र ऋषभ पन्तले विना दबाब राम्रो फिनिसिङ सहित जित दिलाउन सक्थे । तर धोनी ७ नम्बरमा ब्याटिङ गर्न आउँदा खेल भारतको पक्षबाट टाढि सकेको थियो । कोहलीले पन्त, दिनेश कात्तिक र पान्ड्या पछि मात्र धोनीलाई ब्याटिङको लागि पठाएका थिए । सातौं विकेटका लागि रविन्द्र जडेजा र धोनीले १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेपनि जितको लागि पर्याप्त रहेन ।

धोनीले एकतर्फबाट विकेट बचाएर खेल्दा अर्कोतर्फबाट जडेजाले ५९ बलमा ४ चौका र ४ छक्का सहित ७७ रनको इनिङ खेलेका थिए । चौथो ओभरको तेस्रो बलमा लोकेश राहुल १ रनमा आउट हुँदा धोनीलाई पठाएको भए जडेजा जस्तै पन्त र हार्दिकलाई खेल्न सहज हुन्थ्यो र नतिजा भारतको पक्षमा जान सक्थ्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.