6 years ago
April 26, 2020
एजेन्सी– भारतीय क्रिकेट टोलीका आक्रामक ओपनर रोहित शर्माले विश्वकप जित्ने सपना रहेको बताएका छन् । सिमित ओभरमा वर्तमान क्रिकेटका सर्वाधिक सफल ओपनर रोहितले इन्डिया टुडेसँग यस्तो इच्छा व्यक्त गरेका हुन् ।

‘विश्वकप जित्नु हामी सबैको एकसाथ सपना हो । विश्वकप भनेको शिखर हो । जुन म चुम्न चाहान्छु । विश्वकपको भोक बढी रहेको छ’, रोहितले भने, ‘म न्युजिल्यान्डको चुनौतीपुर्ण अवस्थामा सामाना गर्न चाहन्थे तर दुर्भाग्य चोटका कारण पुरै गर्न पाइँन । हाम्रो टोलीले अहिले उत्कृष्ट क्रिकेट खेलि रहेको छ । बाहिरि गएर श्रृंखला जितेर आएका छौं र जित्नै भनेर जान्छौं । तर विश्वकप सबैकुरा हो ।’
रोहितले गत फेबुअरीमा न्युजिल्यान्डमा पाँच टि२० सिरिजमा चोटका कारण टेष्ट र ओडिआई श्रृंखला गुमाउनु परेको थियो । गतवर्ष इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । धोनी ४९ औं ओभरको तेस्रो बलमा रन आउट हुँदा उता पेभिलिएनमा रोहितका आशु थामिएका थिएनन् ।
उक्त विश्वकपमा रोहितले ५ शतक र १ अर्ध शतक सहित ६ सय ४८ रनका साथ शीर्ष स्थानमा रहेका थिए । रोहित एकै विश्वकपमा पाँच शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । सन् २००७ मा भारतले टि२० विश्वकप जित्दा रोहित टोलीमा थिए ।
रोहितले २ सय २४ ओडिआईमा ३ दोहोरो शतक, २९ शतक र ४३ अर्ध शतक सहित कुल ९ हजार १ सय १५ रन बनाएका छन् । एक दिवसियमा तीन दोहोरो र टि२० आईमा मा चार शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । टि२० आईमा ४ शतक सहित १ सय ८ खेलमा २७ सय ७३ रन जोडेका छन् । सन् २०११ यता भारतले विश्वकप जित्न सकेको छैन ।
यो वर्ष आगमी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा टि२० विश्वकप हुँदै छ । आगमी वर्ष टि२० विश्वकप र सन् २०२३ मा एक दिवसिय विश्वकप भारतमै हुने छ । रोहित विराट कोहली पछिका भारतीय टोलीको कप्तानका दाबेदार खेलाडी हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]