default_image

4 years ago

April 27, 2020

पूर्व कप्तानहरु भन्छन्,’यहि गतिले टेष्ट खेल्न सकिन्न’

भुपेन्द्र जिसी, काठमाडौं सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्दै औपचारिक अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली हालसम्म आईपुग्दा ओडीआई मान्यता राष्ट्र बनेको छ । २४ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उतारचढाव धेरै रह्यो । यो अवधिमा नेपालले एसोसिएट राष्ट्रमा एक बलियो टोलीको रुपमा आफुलाई स्थापित गरिसकेको छ । सिमित श्रोत र साधनकाबीच खेलाडीको […]

48 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्दै औपचारिक अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली हालसम्म आईपुग्दा ओडीआई मान्यता राष्ट्र बनेको छ । २४ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उतारचढाव धेरै रह्यो । यो अवधिमा नेपालले एसोसिएट राष्ट्रमा एक बलियो टोलीको रुपमा आफुलाई स्थापित गरिसकेको छ ।

captains

सिमित श्रोत र साधनकाबीच खेलाडीको कडा मिहिनेतले नेपालले एकपछि अर्को सफलता हात पार्यो । केहि अवसर गुमाउन पनि पुग्यो । नेपालले डिभिजन ५, ४ र ३ को उपाधि जित्न सफल भयो । सन् २०१४ मा बंगलादेशमा नेपालले पहिलो पटक टि२० विश्वकप खेल्दै उच्च प्रर्दशनका साथ अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो सन्देश दिएको थियो । उक्त विश्वकपपछि नेपाली क्रिकेटको लोकप्रियता ह्वात्तै बढ्यो । तर उक्त विश्वकपको लयलाई नेपाली क्रिकेट टोलीले त्यसपछि निरन्तरता दिन सकेन ।

२०१५ मा ग्लोबल छनोटमा खराब प्रर्दशन गर्दै अर्को वर्ष भारतमा भएको टि२० विश्वकप खेल्न पाएन । २०१६ मा भने नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीको निलम्बन गर्यो । क्यान निलम्बनका बीच अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपाली टोलीले  २०१८ ऐतिहासिक एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो ।

त्यसै वर्ष ओडीआई मान्यतासँगै नेदरल्यान्डसँग डेब्यु सिरिजको दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकाल्न सफल भयो ।  २०१९ को सुरुवातमा युएईसँगको तीन ओडिआई र तीन टि२० सिरिज २–१ ले जित्दै इतिहास रचेको थियो । त्यसयता भने टोलीको स्तर खस्किन थालेको छ । आशा एउटा र नतिजा अर्को आएको छ ।

कुनै समय आफूभन्दा निकै बलिया टोलीलाई निराश बनाउँदै विश्वमै सनसनी मच्चाउने नेपाली क्रिकेट टोली पछिल्लो समय तुलनात्मक रुपमा कमजोर टोलीसँग अप्रतयाशित हार बेहोर्दै बाहिरिन थालेको छ । पछिल्लो एक वर्षमा नेपाली क्रिकेट टोलीले टि२० विश्वकप र एसिया कप टि२० जस्ता अवसर सुरुवाती चरणमै गुमायो । यी दुई प्रतियोगितामा नेपाल सिंगापुर, कतार र मलेसिया जस्ता देशसँग पराजित भएको थियो । स्तर अनुसार प्रर्दशन गर्न नसकेको भन्दै कप्तान देखि सबै खेलाडीको आलोचना पनि त्यतिनै बढ्न थालेको छ ।

२०२२ सम्म रहेको ओडीआई मान्यतालाई निरन्तरता दिन नेपाललाई मुख्य चुनौती छ । अब नेपालको लक्ष्य १०–१५ वर्षमा टेष्ट मान्यता प्राप्त
गर्नु हो । तर नजिताले त्यसतर्फ यात्राको संकेत दिंदैन । पछिल्लो समय खेलाडीको गैर जिम्मेवार प्रर्दशन अर्को चिन्ताको विषय हो । अहिलेको अवस्थाबाट नेपाली क्रिकेट टोली माथि उठ्नलाई राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरुको सुझाव यस्तो छ ।

६. उत्तम कर्माचार्य (१९९६)

हामीले सबैभन्दा पहिला प्रतियोगिताको स्तर बढाउनुपर्छ । अहिलेको घरेलु प्रतियोगितामा भर परेर हुँदैन । २०७२ साल अघि क्यानले क्लब स्तरिय प्रतियोगिता गराएको थियो । त्यसले केहि फाइदा भएको थियो । दुई दिवसिय, तीन दिवसिय प्रतियोगिता हुनुपर्छ । अब हामीले जिल्ला स्तरिय प्रतियोगिता अनिवार्य गराउनुपर्छ । ग्रास रुटमा लगानी गर्नुपर्छ । खेलाडी टपक्क टिपेर ल्याउने धारणा बनाएर हुँदैन । यु१२ र यु१४ प्रतियोगिता गर्नुपर्छ । यु१९ र यु१६ सरकार र अन्यले पनि गरेका छन् ।

उमेर समुहका प्रतियोगिता हामीले प्याप्सन र एनप्याप्सन लगायतका अन्य संघ संस्थासँग सहकार्य गर्न सकिन्छ । त्यतातिर पहल गर्नुपर्छ । अहिलको प्रतिस्पर्धाको समयमा यस तरिकाले हामी अघि बढ्न सक्दैनौं । प्रशिक्षणको अवधी फराकिलो बनाउनुपर्छ । बाहिर जानु अघि एक महिना क्याम्पको समयलाई बढाउनुपर्छ । हरेक प्रदेश प्रदेशमा गएर प्रशिक्षणको शिविर चलाउनुपर्छ । समय समयमा देशभर ट्यालेन्ट हन्टको कार्यक्रम गर्नसक्नुपर्छ । यसो गर्न सकेमा नेपाली क्रिकेट माथि उठ्न सक्छ ।

५. लेखबहादुर (एलबी) क्षेत्री  (१९९८)

नेपाली क्रिकेट विकासको लागि सबैभन्दा पहिला रोडम्याप तयार पार्नुपर्छ । नेपालले २०२२ सम्म ओडीआई मान्यता पाएको छ । ओडीआई मान्यता निरन्तरता दिन स्पष्ट योजना हुन आवश्यक छ । ओडीआई खेल्नु र टेष्ट खेल्नु फरक कुरा हो । टेष्ट टोलीको सपना पुरा गर्न अहिलेदेखि नै दुई दिवसिय, तीन दिवसिय लगायतका लामो प्रतियोगिता खेल्नुपर्छ । ओडीआईलाई त्यसै अनुसार अघि बढ्नुपर्ने हुन्छ । खेलाडीलाई धेरै भन्दा धेरै एक्सपोजर दिनुपर्छ । प्रशिक्षण, प्राविधिक, मानसिक देखी प्रशिक्षक सम्म सबै स्तरिय हुनुपर्छ ।

हामीलाई ग्रान्ड ५० हजार क्षमता भएको प्याराफिट सहितको क्रिकेट रंगशाला अहिलेको आवश्यकता होइन । खेलाडीले खेल्ने अन्तराष्ट्रिय स्तरमा मिल्ने खालको हुनुपर्छ । पिच राम्रो हुनुपर्छ । सबै कुराको विकास हुनुपर्छ । स्तरिय प्रशिक्षक ल्याउन सक्नुपर्छ । नेपाली क्रिकेटलाई माथि पुर्याउन सक्ने क्षमता भएको, नेपाल क्रिकेटलाई बुझेको, खेलाडीको शारिरीक भाषा जानेको प्रशिक्षक अहिलेको आवश्यकता हो । अर्कोतर्फ खेलाडी पनि आफ्नो प्रर्दशनमा जिम्मेवार हुन आवश्यक छ । यी सबैको लागि राम्रो व्यवस्थापन गर्दै क्यान पारर्दशिता, अनुशासित र जवाफदेही तरिकाले चल्नुपर्दछ । तब मात्र नेपाली क्रिकेट विकास हुन्छ ।

४. पवन अग्रवाल (२०००)

नेपाली क्रिकेटले गर्नुपर्ने धेरैनै काम छ । नेपाली क्रिकेट अहिले जुन स्तरमा छ, यहाँबाट माथि जान सबै कुरामा आमुल परिवर्तन आउन आवश्यक देखिन्छ । अहिले सम्म जसरी क्रिकेटको व्यवस्थापन गर्दै आएका छौं त्यसरी अब हुँदैन । छुट्टै व्यवस्थापन चाहिन्छ । त्यो क्यानले सोच्ने कुरा हो । हाम्रो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटको स्तर साथै क्रिकेटको व्यवस्थापन लगायत सबै कुरामा आमुल परिवर्तनको आउन आवश्यक छ । हामीले टेष्टको सपना देखेका छौं । अहिले जसरी चलेका छौं त्यसरी चाहिँ पुग्न सक्दैनौं ।

३. राजु खड्का (२००२–२००४)

हामीले ओडीआईलाई २०२२ पछि पनि कसरी निरन्तरता दिने भन्नेमा बढी केन्द्रित हुनुपर्छ । नेपाली टोलीमा अहिले खेलाडीको बीचमा आपसमा तालमेल छैन, गुट छ, खेलाडी छनोट पनि आफुलाई मन पारेको राख्नी नपरेको हटाउने गरेको भन्ने सुन्नमा आएको छ । यस्तो हुनु हुँदैन । खेलाडी छनोट निष्पक्ष हुनुपर्छ । यदि हामीले ओडिआईमा राम्रो गयौं भने हाम्रो स्तर आफैं बढ्छ । ओडीआईमै राम्रो गर्न सकि रहेका छैनौं भने माथिको सपना देख्नु मेरो विचारमा त्यति राम्रो होइन ।

आईसिसीलेनै नेपाली क्रिकेटको स्ट्रक्चर भएन भनेर भनि रहेको छ । टिमको म्यानेजमेन्ट देखि सबै कुरा राम्रो हुनुपर्छ । नाम त नलिउ तर केहि राम्रा खेलाडी विदेश पलायन भइसकेका छन् । पहिला हामी बनौं । क्वालिफायरमै संघर्ष गरिरहेका छौं । सन्दीप लामिछानेले हिजो चितवनबाट राष्ट्रिय टोली हुँदै आज ग्लोबल स्टार भएको छ । उसले माथि जाने अवसर पायो । अब सन्दीप जस्ता प्रतिभालाई माथि ल्याउन घरेलु क्रिकेट राम्रो हुनुपर्छ । घरेलु प्रतियोगितामा टि२० र एक दिवसिय त्यसै अनुसार हुनुपर्छ ।

२. परेश लोहनी (२००४)

मुख्यत: खेलाडी मानसिक रुपमा तयार हुनुपर्छ । अहिले हाम्रो टोलीमा मानसिक रुपमा तयार भएका अनुभवी तीन चार जना खेलाडी होलान् । अरु सबै युवा छन् । उनिहरुसँग ट्यालेन्ट धेरै छ तर अनुभव कम छ । जसले गर्दा नतिजा अलि नराम्रो आएको हो । ओडीआई मान्यता २०२२ सम्म छ । त्यसलाई निरन्तरता दिनलाई हामीले राम्रो प्रर्दशन गर्न आवश्यक छ । अहिले त्यसैमा बढी ध्यान दिउ ।

ओडीआई मान्यता पाएको दुई वर्ष त अब इतिहास भईसक्यो । भविष्यमा कसरी माथि बढ्ने भनेर योजना बनाउनुपर्छ । संघले आफुभन्दा राम्रो टोलीसँग बाहिर अभ्यास खेल्न पठाउनुपर्छ । जसबाट खेल विकास हुन्छ । टि२० बाट सिधै ५० ओभर खेलेको छ । जुन ३० ओभर बढी छ । घरेलु प्रतियोगिता त्यहि अनुसार हुनुपर्छ ।

१. विनोद दास (२००५–२००८)

विगत दुई वर्षमा नेपाली टोलीको प्रर्दशन ओरालो लाग्यो, तपाईं हामीले भनेको मात्र होइन की प्रर्दशनले नै बताउँछ । क्रिकेटमा प्रर्दशन सधैं माथि हुन्छ भन्ने हुँदैन । कहिले उकालो लाग्छ त कहिले ओरालो । हेर्नुस् प्रर्दशनको कुरामा टोलीले काम गरिरहेको छ होला । हामीले हाम्रो केहि गल्ती सुधार्नै पर्ने हुन्छ । हामीसँग बितेको तीन चार वर्ष जिम्मेवार निकाए क्यान थिएन । त्यसैले विकासको काममा तीन चार वर्षमा फिटिक्कै केहि गर्न पाएनौं । खाली क्रिकेट खेल्यौं । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनायौं । जसले गर्दा हाम्रो विकासको पक्षले चार वर्षमा संघर्ष गर्यो ।

मलाई लाग्छ त्यो काम अब हामीले आगामी चार वर्षमा डबल गर्नुपर्छ । हाम्रो घरेलु क्रिकेट सुधार्नु पर्ने होइन कि बनाउनै पर्ने भएको छ । घरेलु क्रिकेट हामीसँग अहिले छैन नै । अब पहिला जस्तो टालटुल गरेर अघि बढ्न सकिदैन । हेर्नुस्, बाहिरबाट भन्नलाई धेरै सजिलो छ । ‘हार्यो, प्रर्दशन भएन । शुन्यमा आउट भयो ।’ तर त्यो नगर्नलाई जति काम गर्नुपथ्र्यो त्यति कसैले गरेको पनि हुँदैन ।

हामीले दक्ष जनशक्तिदेखि सबै कुरामा सुधार गर्न आवश्यक छ । क्युरेटर, अम्पायर, स्कोरर लगायत सबै पक्ष स्तरिय हुनुपर्छ । एउटा उदारणमात्रै, हामीसँग स्तरिय अम्पायर छैन भने एक जना नयाँ खेलाडी छनोट खेल्न आयो । उसले तीन खेल छनोट खेल्न पाउँला । त्यो तीन मध्य दुईवटा खेलमा अम्पायरकै गलत निर्णयको कारण आउटै नभएको बलमा आउट दियो भने उसको करिअरनै बर्बाद हुन सक्छ । खाली खेलाडी मात्र होइन अब हामीले जनशक्तिदेखि सबै कुराको विकास गर्नुपर्ने हुन्छ ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.