6 years ago
April 27, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले २९ वर्षीय विकेटकिपर ब्याट्सम्यान उमर अकमललाई तीन बर्षसम्म सबै खालको क्रिकेटबाट प्रतिबन्ध लगाएको छ ।

पिसिबीले सोमबार भ्रष्टचारको आरोपमा अकमललाई तीन वर्ष प्रतिबन्ध लगाएको हो । पाकिस्तान सुपर लिग सुरु हुनु अघि नै अकमल भ्रष्टचारको आरोपमा निलम्बित भएका थिए । अकमलले यस आरोप भने अस्वीकार गरेका थिए । पिसिबीले अकमलसँग अघिल्लो महिना जवाफ मागेको थियो ।
अकमलले पनि निर्धारित समयमै जवाफ बुझाएका थिए । तर आफुलाई लागेको आरोप गलत सावित गर्न सक्ने विवरण बुझाउन सकेनन् । ‘एक अन्तर्राष्ट्रिय उत्कृष्ट क्रिकेटरलाई तीन वर्षको प्रतिबन्ध लगाउनु पक्कै राम्रो होइन । तर यसले सबैलाई राम्रो पाठ सिकाउने छ’, पिसिबीले भनेको छ ।
सन् २००९ देखि पाकिस्तानको सिनियर टोलीबाट खेल्दै आएका अकमलले १६ टेष्ट, १ सय २१ ओडिआई र ८४ टि२० आई खेलेका छन् । मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान अकमलले टेष्टमा १ हजार तीन, ओडिआईमा ३१ सय ९४ र टि२० आईमा १६ सय ९० रन बनाएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]