6 years ago
April 29, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका २५ वर्षिय युवा स्पिनर कुलदीप यादवले आफूले कुनै समय आत्महत्या गर्ने सोच सम्म पुगेको बताएका छन् ।

कुलदीपले आफु १३ वर्षको हुँदा आत्महत्या गर्ने सोच बनाएको बताएका हुन् । ‘म १३ वर्षको थिएँ । तर उत्तर प्रदेशको यु१५ टोलीमा छनोट हुन सकिन । टोलीमा पर्नको लागि कडा मिहिनेत गरेको थिएँ । जसको कारण म धेरै दुखि भएँ । आत्माहत्या गर्ने सोचमै पुगेको थिएँ’, कुलदीपले भनेका छन् ।
‘उत्तर प्रदेशको यु१५ टोलीमा छनोट नभएपछि एक समय क्रिकेट छोड्ने निर्णय गरेको थिएँ । तर मेरो बुबाले मलाई सधैं हौसला र मनोबल बढाई राख्नुभयो । त्यसैले त आज म यो स्थानमा छु’, कुलदीपले भने ।
कुलदीपले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्छन् । गतवर्ष भने कुलदीपको प्रर्दशन राम्रो हुन सकेको थिएन । जुन आइपिएलमा आफुले राम्रोसँग अभ्यास र मिहिनेत गर्न नपाएको बताएका छन् । यस पटकको आइपिएलको लागि आफु पुर्ण रुपमा तयार रहेको बताएका छन् ।

कुलदीपले आफु सफल हुनुमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान गौतम गम्भिर र पाकिस्तानका वसीम अकरमको पनि ठुलो हात रहेको बताएका छन् । यी दुवैले आफुलाई मानसिक रुपमा तयार पार्नुको साथै सधैं मनोबल बढाएको बताएका छन् ।
कुलदीपले ६ टेष्टमा २४ विकेट लिएका छन् । त्यस्तै ६० ओडिआई खेलमा १ सय ४ विकेट र २१ टि२० खेलमा ३९ विकेट लिएका छन् । कुलदीप पछिल्लो केहि वर्ष यता भारतीय क्रिकेट टोलीमा सिमित ओभरको खेलमा पहिलो रोजाईमा पर्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]