6 years ago
April 30, 2020
एजेन्सी – पाकिस्तान टेष्ट टोलीका कप्तान तथा ओपनर ब्याट्सम्यान अजहर अलीले आफ्नो कीर्तिमानी ब्याट र ऐतिहासिक जर्सि लिलामी गर्ने भएका छन् ।

विश्वभर महामरीको रुप लिएको कारोना भाईरस (कोभिड१९) विरुद्धको लडाईको लागि यी दुवै सामग्री लिलामीमा राख्ने घोषणा गरेका छन् । अजहरले डे नाइट (राती र दिउँसो) टेष्टमा तेहेरो शतक प्रहार गर्दाको ब्याट लिलामीमा राख्ने छन् । डे नइट टेष्टमा तेहेरो शतक प्रहार गर्ने अजहर पहिलो ब्याट्सम्यान हुन् । उनले सन् २०१६ मा युएईमा वेस्ट इन्डिजविरुद्ध ४ सय ६९ बलमा २३ चौका र २ छक्का सहित ३ सय २ रनको तेहेरो शतकीय इनिङ खेलेका थिएँ ।
सन् २०१७ को च्याम्पियनसिप ट्रफीको उपाधि जित्दाको जर्सी पनि अक्सनमा रहने छ । पाकिस्तानले इंग्ल्यान्डमा भएको उक्त च्याम्पियनसिप ट्रफीको फाइनलमा भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । जसमा अजहरको प्रर्दशन महत्वपूर्ण थियो । अक्सनको समय वैशाख २३ मा सकिने छ । लिलामीमा अक्सनको न्युनतम मुल्य १० लाख पाकिस्तानी रुपैयाँ हुने छ ।
“मैले सोचेको थिएँ यी ब्याट र जर्सि सधैंभर सम्हालेर राखौं । तर अहिले धेरै मानिस संकटमा छन् । ती मानिसलाई यसबाट सहयोग गर्न चाहान्छु, त्यो नै सबैभन्दा ठुलो कुरा हो’, अजहरले भनेका छन् । पाकिस्तानमा हालसम्म १४ हजार ६ सय १२ जना संक्रमित देखिदा ३ सय १२ को मृत्यु भएको छ । ३ हजार २ सय ३३ जना ठिक भएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]