default_image

6 years ago

May 2, 2020

धादिङकै पहिलो क्रिकेट रंगशाला निर्माण कार्य सुरु

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्लामै पहिलो पटक क्रिकेट रंगशालाको निर्माण कार्य सुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट ५ बाहुनटारमा शुक्रबारदेखि क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको हो ।

शुक्रबार क्रिकेट रंगशालमा जाने सडक निर्माणको कार्य सुरु भएको छ । सुरुमा स्थानिय खेलप्रेमी, समर्थक र क्रिकेट अभियान्ताले पहल गर्दै गाउँपालिकामा प्रस्ताव लगेका थिए । गाउँपालिकाले डिपिआर तयार पार्दै संघिय सरकारलाई पठाएको थियो । संघिय सरकारले ५० लाख विनियोजन गरेपछि रंगशाला निर्माण कार्य सुरु भएको हो ।

तीन वर्षमा रंगशाला निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य छ । रंगशालाको कुल खर्च १५ करोड अनुमान गरिएको छ । क्षेत्रिय स्तरको रहने यस रंगाशालाको क्षमता ५ हजार समर्थक अट्ने प्याराफिट बन्ने छ ।  ‘शुक्रबारबाट मैदानको निर्माण कार्य सुरु गरेका छौं । पहिलो चरणमा मैदानमा बाटो लैजान र सम्माउने कार्य हुने छ । मैदानको शिलान्यास यसै हप्ता गर्नेछौं’, अनुगमन समितीका सदस्य दिपेश कडेलले हाम्रो खेलकुदलाई भने ।

‘मैदानको थोरै भागमा केहि विवाद पनि छ । हामी स्थानियलाई राखेर जग्गा विवाद पनि अन्त्यमा पुर्याएका छौं । मैदान बनाउने ठाउँ खोल्सो भएको हुँदा सम्माउन यो पटकको बजेट त्यसमा बढी खर्च हुने अनुमान गरेका छौं, यो पटक मैदानको आकार बन्ने छ भने अर्कोवर्ष थप कार्य बढ्ने छ’,दीपेशले भने ।

‘मैदानको निर्माणपछि धादिङको क्रिकेटले अझैं फड्को मार्ने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी धादिङबाट उत्पादन हुने छ । अर्कोतर्फ धादिङ जिल्ला क्रिकेट संघ गठन प्रक्रियामा छौं,’ उनले टुंग्याए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.