default_image

6 years ago

May 2, 2020

विश्वका दश उत्कृष्ट ओपनर जोडी

161 views

0 Bookmark

एजेन्सी – ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात दिदै ठुलो इनिङ खेलेको खण्डमा कुनै पनि टोलीलाई विशाल योगफल तयार पार्न र पुरा गर्न सहज हुन्छ । सिमित ओभरको इतिहासमा जतिपनि विशाल योगफल बनेका र पुरा भएका छन् त्यसमा ओपनर ब्याट्सम्यानको प्रर्दशन उत्कृष्ट रहँदै आएको छ ।

ओपनर सस्तैमा आउट हुँदा त्यसको असर मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानमा पर्न जान्छ । टोली सस्तैमा समेटिन सक्छ । विपक्ष्य टोलीको उत्कृष्ट बलरले नयाँ बलको साथ बलिङ गर्ने हुँदा त्यसको सामना गर्न सुरुवाती समय ओपनरलाई पक्कै सहज हुँदैन । तर राम्रो ब्याट्सम्यानलाई ओपनिङ ब्याटिङ गर्न उपयुक्त मानिन्छ । ओपनर ब्याट्सम्यानले कुनै दबाब विना आफ्नो शैलीको क्रिकेट खेल्न पाउँछ ।

एक अर्कालाई राम्रोसँग बुझेका दुवै खेलाडीले ओपनर जोडीमा सफल हुन सक्छन् । राम्रो साझेदारी गर्नको लागि दुवै  तर्फबाट रन जोड्न आवश्यक पर्छ । एकतर्फबाट कमजोर ब्याट्सम्यानले लगातार बल डट खादा हुँदा त्यसको असर र दबाब अर्कोतर्फबाट रन जोडी रहेको राम्रो ओपनर ब्याट्सम्यानलाई पर्न जान्छ । त्यस्तै ओडिआई क्रिकेट इतिहासका सर्वाधिक १० सफल ओपनर जोडी यस प्रकार छन् ।

१०. डेविड वार्नर र आरोन फिन्च (अष्ट्रेलिया)

अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नर र कप्तान आरोन फिन्च वर्तमान समयमा उत्कृष्ट जोडी मध्यका एक मानिन्छन् । आक्रामक शैलीमा ब्याटिङ गर्ने हुँदा दुवै क्रिजमा रहँदा विपक्ष्य जुन सुकै बलरलाई दबाब रहन्छ । फिन्च र वार्नरले सन् २०१४ देखी ओपनिङ गर्दै आएका छन् । ६५ इनिङमा यी दुई जोडीले कुल ३ हजार २ सय ९७ रन जोडेका छन् । जसमा १० शतक र १४ अर्ध शतक सामेल छ । उत्कृष्ट साझेदारी अविजित २ सय ५८ रन रहेको छ । जुन साझेदारी गत जनवरीमा भारतविरुद्ध गरेका थिए ।

९. सनथ जयसूर्या र मार्भन अटापट्टु (श्रीलंका)

श्रीलंका पुर्व सफल ब्याट्सम्यान सनथ जयसूर्या र मार्भन अटापट्टुले सन् १९९७ देखि २००७ सम्म ओपनिङ जोडीका रुपमा खेलेका थिए । यी दुइले ७९ इनिङमा ओपनिङ साझेदारी गर्दै कुल ३ हजार ३ सय ८२ रन जोडेका छन् । जसमा ८ शतक र १९ अर्ध शतक सामेल छ । सन् २००३ मा यी दुईले अष्ट्रेलियाविरुद्ध २ सय ३७ रनको ओपनिङ साझेदारी गरेका थिए । जुन यी दुइ जोडीबीचको उच्च ओपनिङ साझेदारीमा पर्छ ।

८. ज्योफ मार्श र डेविड बून (अष्ट्रेलिया)

अष्ट्रेलियाका पुर्व ओपनर ब्याट्सम्यान ज्योफ मार्श र डेविड बूनले सन् १९८६ देखी १९९२ सम्म ओपनर जोडीको रुपमा मैदान उत्रेका थिए । ८८ इनिङमा साझेदारी गर्दै कुल ३ हजार ५ सय २३ रन जोडेका छन् । जसमा ७ शतक र २५ अर्ध शतक सामेल छ । यी दुईबीचको उच्च साझेदारी २ सय १२ रन रहेको छ ।

७. मार्क वा र एडम गिलक्रिष्ट (अष्ट्रेलिया)

अष्ट्रेलियाका पुर्व कप्तान एडम गिलक्रिष्ट र मार्क वाले सन् १९९८ देखि २००२ सम्म ओपनिङ जोडीको रुपमा ब्याटिङ गरेका थिए । यी दुइ जोडीले ९३ इनिङमा साझेदारी गर्दै ३ हजार ८ सय ५३ रन जोडेका छन् । औसत ४१ को रहँदा ८ शतक र २० अर्ध शतक सामेल छ । यी दुई जोडीबीचको उच्च साझेदारी २ सय ६ रन रहेको छ ।

६.विरेन्द्र सहवाग र सचिन तेन्दुलकर (भारत)

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकर र विरेन्द्र सहवागले सन् २००२ देखि २०१२ सम्म ओपनर जोडीको रुपमा ब्याटिङ गरेका थिए । सचिन र सहवागले ९३ इनिङमा ओपनिङ गर्दै ३ हजार ९ सय १९ रन जोडेका थिए । जसमा १२ शतक र १८ अर्ध शतक सामेल छ । उत्कृष्ट साझेदारी यी दुई ओपनरबीच १ सय ८२ रन रहेको छ ।

५. हसिम अमला र क्विन्टन डी कक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका विकेटकिपर क्विन्टन डी कक र हसिम अमलाले सन् २०१३ देखि २०१९ सम्म ओपनर जोडीका रुपमा मैदान उत्रेका थिए । ९३ इनिङमा ३ पटक अविजित रहँदै ४ हजार १ सय ९८ रन जोडेका छन् । जसमा ११ शतक र १४ अर्ध शतक सामेल छ । यी दुईले सन् २०१७ मा बंगलादेशविरुद्ध २ सय ८२ रनको अविजित साझेदारी गर्दै कीर्तिमानी जित दिलाएका थिए । अमलाले दक्षिण अफ्रिका टोलीबाट सन्न्यास लिई सक्दा डी कक सिमित ओभरका कप्तान बनेका छन् ।

४. शिखर धवन र रोहित शर्मा (भारत)

भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान रोहित शर्मा र शिखर धवन वर्तमान क्रिकेटका उत्कृष्ट ओपनर जोडी मानिन्छन् । सन् २०१३ देखि रोहित र शिखरले ओपनर जोडीको रुपमा ब्याटिङ गर्दै आएका छन् । हालसम्म कुल १ सय ७ इनिङमा आपनिङ गर्दै ४ हजार ८ सय २ रन बनाइसकेका छन् । जसमा १६ शतक र १४ अर्ध शतक सामेल छ । यी दुई ओपनरबीचको उत्कृष्ट साझेदारी २ सय १० रन रहेको छ । जुन साझेदारी सन् २०१८ को एसिया कपमा पाकिस्तानविरुद्ध गरेका थिए ।

३. गोर्डन ग्रीनिज र डेसमन्ड हेनेस (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका पुर्व ब्याट्सम्यान गोर्डन ग्रीनिज र डेसमन्ड हेनेस ओडिआई क्रिकेट इतिहासमा सफल ओपनर जोडी मानिन्छन् । यी दुईले सन् १९७९ देखि १९९१ सम्म ओपनिङ जोडी गरेका थिए । १ सय २ इनिङमा साझेदारी गर्दै कुल ५ हजार १ सय ५० रन जोडेका थिए । जसमा १५ शतक र २४ अर्ध शतक सामेल छ । यी दुईबीचको उत्कृष्ट साझेदारी १ सय ९२ रनको अविजित रहेको छ ।

२. एडम गिलक्रिष्ट र म्याथ्यु हेडेन (अष्ट्रेलिया)

अष्ट्रेलियाका पुर्व कप्तान एडम गिलक्रिष्ट र म्याथ्यु हेडेन ओडिआई क्रिकेट इतिहासमा सर्वाधिक दोस्रो सफल ओपनर जोडी हुन् । यी दुईले सन् २००१ देखि २००८ सम्म ओपनिङ जोडीको रुपमा ब्याटिङ गरेका थिए । कुल १ सय १४ रनमा ओपनिङ साझेदारी गर्दै कुल ५ हजार ३ सय ७२ रन बनाएका छन् । जसमा १६ शतक र २९ अर्ध शतक सामेल छ । उत्कृष्ट साझेदारी १ सय ७२ रनको रहेको छ ।

१. सचिन तेन्दुलकुर र सौरभ गांगुली (भारत)

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकर र सौरभ गांगुलीलाई ओडीआई क्रिकेट इतिहासकै सर्वाधिक सफल ओपनर जोडी मानिन्छ । यी दुई ब्याट्सम्यानले सन् १९९६ देखि २००७ सम्म ओपनिङ जोडीको रुपमा ब्याटिङ गरेका थिए । १ सय ३६ खेलमा ओपनिङ साझेदारी गर्दै ६ हजार ६ सय ९ रन जोडेका छन् । २१ शतक र २३ अर्ध शतक सामेल रहेको छ । उत्कृष्ट साझेदारी २ सय ५८ रन रहेको छ । जुन साझेदारी सन् २००१ मा केन्याविरुद्ध गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.