6 years ago
May 3, 2020
काठमाडौं(हाम्रो खेलकुद) – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण सम्पुर्ण खेलकुदका गतिविधी ठप्प छन् । झण्डै दुई महिना देखी कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र खेल भएका छैनन् । तत्काल सुरु हुने सम्भावना पनि छैन । कोरोनाको संक्रमणदर र मृत्यु हुनुको सङ्ख्या बढ्दो हुँदा लामो समय सम्म सुरु हुन नसक्ने अनुमान गरिएको छ ।

कोरोनाको असर खेलकुदमात्र होइन सबै क्षेत्रमा परेको छ । खेलकुदमा भने व्यावसायिक लिग खेल्ने खेलाडी पनि प्रभावित भएका छन् । धेरै लिग र प्रतियोगिता स्थगित भएका छन् । यो वर्ष र एक प्रतियोगिताको लागि सम्झौता गरेका खेलाडी झनै ठुलो मारमा परेका छन् । त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आगामी व्यावसायिक फ्रेन्चाइज लिग कुन खेल्ने अब कुनै टुङ्गो छैन । सन्दीपले खेल्ने इन्डियन प्रिमियर लिग (आइपिएल) र द हन्ड्रेड दुवै स्थगित भएका छन् । द हन्ड्रेड अर्को वर्षलाई सार्दा आइपिएल अनिश्चित समय सम्मको लागि स्थिगित भएको छ ।
सन्दीपको आइपिएलमा दिल्ली क्यापिटल्ससँग तीन वर्षे सम्झौता अनुसार यहि सिजन अर्थात २०२० सम्म रहेको थियो । यो वर्ष नभएको खण्डमा आइपिएलमा सन्दीपको भविष्य के होला भन्ने सबैको चाखको विषय बनेको छ । सन्दीपको यो वर्ष सम्झौता अनुसार अन्तिम सिजन थियो । सन् २०१८ को अक्सनमा २० लाख भारुमा दिल्लीले खरिद गरेपछि सन्दीप लगातार सफल हुँदै आएका छन् । उनले पछिल्लो समय मोटो रकममा अन्य लिग खेलिरहेका छन् ।
अर्कोतर्फ इंग्ल्यान्ड क्रिकेट बोर्डले जुलाईमा पहिलो पटक गर्ने तयारी गरेको द हन्ड्रेड (एक सय बलको खेल) को प्रतियोगिता अर्को वर्षलाई सारेको छ । गत कार्तिकमा भएको द हन्ड्रेडको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भीनसिभल्सले १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली रुपैयाँ बराबर) मूल्यमा अनुबन्ध गरेको थियो । जुन सन्दीपले व्यावसायिक फ्रेन्चाइज लिगमा अनुबन्ध भएको सर्वाधिक मूल्य हो ।

सन्दीपको व्यवस्थापन हेरिरहेका राष्ट्रिय टोलीका समेत भिडियो एनालिस्ट रमण शिवाकोटीले अहिलेलाई कुन प्रतियोगिता खेल्ने भन्ने अन्यौल नै रहेको बताए । ‘यसपटक आइपिएल सेप्टेम्बर अक्टोबरमा हुने कुरा छ । यो वर्ष आइपिएल नभए अर्को वर्ष सम्झौता पनि त्यहि अनुसार चल्छ होला । तर यस विषयमा उताबाट आधिकारीक कुनै जानकारी आएको छैन । बिसिसिआईले यो वर्ष आइपिएल हुने वा नहुने पक्का गरेपछि मात्रै थाहा हुनेछ’, शिवाकोटीले भने ।
‘सन्दीप मात्र होइन आइपिएल खेल्ने सबै खेलाडीसँग जोडिएको कुरा हुँदा बिसिसीआईको निर्णयमा भरपर्छ । यो महिनाभित्र आइपिएल हुने नहुने थाहा हुनेछ,’ उनले थपे ।
त्यस्तै मोटो रकममा अनुबन्धित भएको द हन्ड्रेडका लागि भने सन्दीप अर्को सिजन सोहि टोलीबाट खेल्ने उनले बताए । ‘द हन्ड्रेड रद्द नभएर स्थगित भएको हो । सन्दीपले अहिलेकै टोलीमा निरन्तरता पाउँदै उक्त पारिश्रमिक पाउने छन् । एक सिजन पछाडी सरेपनि सम्झौता परिवर्तन हुँदैन, सिवाकोटीले भने ।
अन्य लिगको हकमा भने अब प्रतियोगिता अनुसार नै छिनोफानो हुनेछ । सन्दीपले अष्ट्रेलियाको बिग ब्यासमा मेलबर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका छन् । अर्को सिजनका लागि पनि उनको सम्भावना बलियो रहेको थियो । त्यस्तै क्यारेबियन प्रिमियर लिग र क्यानाडा ग्लोबल टि२० मा पनि सन्दीपले सहभागिता जनाएका थिए । सबै प्रतियोगिता हाललाई हुने सम्भावना नहुँदा सन्दीपले कुन लिग खेल्ने वा नखेल्ने पनि अन्यौल भएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]