default_image

6 years ago

May 4, 2020

सर्वाधिक कप्तानी गर्ने ५ खेलाडी

170 views

0 Bookmark

एजेन्सी – कुनै पनि टोलीमा राम्रो क्षमता भएका खेलाडी भएर मात्र च्याम्पियन र सफल हुन सक्दैन । ती खेलाडी प्रयोग गर्न सक्ने उत्कृष्ट गुण र क्षमता भएको कप्तान पनि हुनुपर्छ ।

सफल कप्तान हुनका लागि उत्कृष्ट खेलाडी नै हुनुपर्छ भन्ने हुँदैन । नेतृत्वदाई क्षमता र आफूसँग उपलब्ध खेलाडीलाई प्रयोग गर्न सक्ने क्षमता हुनुपर्छ । टोलीको हारमा पहिला आलोचना कप्तानको हुने गर्दछ । टोलीको जित र हारमा कप्तानको रणनिती निकै महत्वपूर्ण हुन्छ । कप्तानको निर्णयकै कारण हार नजिक पुगेको खेलमा जित र जित नजिक पुगेको खेलमा हार हुन सक्छ ।

हरेक ४ वर्षमा ओडीआई क्रिकेटको विश्वकप हुने गर्दछ । उक्त विश्वकप जित्ने धेरै कप्तानको सपना हुन्छ । तर उक्त सपना कमै कप्तानको पूरा हुन्छ । जब टोलीले राम्रो नतिजा ल्याउँछ भने कप्तानको आलोचना हुँदैन र टोलीको नेतृत्वमा उसको विकल्प खोजिदैन । तर खराब नतिजा आउँछ भने उक्त कप्तानको विकल्प खोज्ने गर्दछन् । त्यस्तै ओडीआई क्रिकेट इतिहासमा सर्वाधिक कप्तानी गर्ने ५ सफल खेलाडीहरु यस प्रकार छन् ।

५. एलन बोर्डर (अष्ट्रेलिया १९८५–१९९४)

अष्ट्रेलियाका पूर्व अलराउन्डर एलन बोर्डर एकदिवसियमा सफल कप्तान मध्यका एक हुन् । उनले सन् १९८५ देखि १९९४ सम्म अष्ट्रेलियाको १ सय ७८ ओडिआई खेलमा कप्तानी गरेका थिए । जसमध्य १ सय ७ खेलमा जित निकाल्दा ६७ खेलमा हार बेहोर्नु परेको थियो । १ खेल टाई (बराबर) हुँदा ३ तीन खेलको नतिजा विहीन भएको थियो ।

उनले आफ्नो कप्तानीमा सन् १९८७ को एक दिवसिय विश्वकप जिताएका थिए । उक्त विश्वकपको फाइनलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७ रनले हराउँदै च्याम्पियन बनेको थियो ।

४. अर्जुना रणातुंगा (श्रीलंका, १९८८–१९९९)

अर्जुना रणातुंगा श्रीलंकालाई पहिलो एकदिवसिय विश्वकप उपाधि जिताउने कप्तान् हुन् । उनले आफ्नो कप्तानीमा सन् १९९६ को एकदिवसिय विश्वकप जिताएका थिए । जुन एक दिवसिय विश्वकप श्रीलंकाको पहिलो र एक्लो ओडीआई विश्वकप उपाधि रहँदै आएको छ । उक्त विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।

अर्जुनाले श्रीलंकाको एक दिवसिय कप्तानी सन् १९८८ देखि १९९९ सम्म गरेका थिए । उनले १ सय ९३ एक दिवसिय खेलमा कप्तानी गर्दा ८९ खेलमा जित र ९५ खेल हारे बेहोर्नुपरेको थियो । जसमा १ खेल टाई हुँदा ८ खेल नतिजाविहीन रह्यो ।

३. महेन्द्र सिंह धोनी (भारत, २००७–२०१८)

भारतीय क्रिकेट टोलीका विकेटकिपर महेन्द्र सिंह धोनी सर्वाधिक सफल कप्तान मध्यका एक हुन् । धोनीले सन् २००७ देखि २०१८ सम्म भारतीय ओडीआई टोलीको कप्तानी गरेका थिए । धोनीले २ सय ओडिआई खेलमा कप्तानी गर्दा कुल १ सय १० खेल जिताए । ७४ खेलमा धोनीको कप्तानीमा भारत पराजित भएको थियो । ५ खेल टाई हुँदा ११ खेल नतिजा विहीन रह्यो ।

धोनीले आफ्नो कप्तानीमा भारतलाई सन् २०११ को विश्वकप फाइनलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दोस्रो पटक एकदिवसिय विश्वकप उपाधि जिताएका थिए । धोनी आइसिसीको तीनै प्रतियोगिता (ओडिआई, टि२० र च्याम्पियनसिप ट्रफी) को उपाधि दिलाउने एक्लो कप्तान हुन् । धोनीले सन् २००७ मा टि२० विश्वकप र च्याम्पियनसि ट्रफी सन् २०१३ मा जिताएका थिए ।

२. स्टिफन फ्लेमिंग (न्युजिल्यान्ड,१९९७–२००७)

न्युजिल्यान्डका ब्याट्सम्यान स्टिफन फ्लेमिंग ओडीआई क्रिकेटमा सर्वाधिक धेरै कप्तानी गर्ने कप्तानमा दोस्रो नम्बरमा पर्दछन् । न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान र ब्याट्सम्यान स्टिफनले सन् १९९७ देखि २००७ सम्म ओडीआईमा कप्तानी समालेका थिए । उनले २ सय १८ ओडिआई खेलमा कप्तानी गर्दा ९८ खेलमा जित र १ सय ६ खेलमा हार बेहोरेका थिए । जसमा १ खेल बराबर हुँदा १३ खेल नतिजाविहिन बनेको थियो ।

१. रिकी पोन्टिङ (अष्ट्रेलिया, २००२–२०१२)

अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान रिकी पोन्टिङ ओडिआई क्रिकेट इतिहासमा सर्वाधिक सफल र धेरै खेलमा कप्तानी गर्ने कप्तान पर्दछन् । पोन्टिङले आफ्नो कप्तानीमा अष्ट्रेलियालाई सन् २००३ र २००७ मा लगातार एकदिवसिय विश्वकपको उपाधि जिताएका थिए । आफ्नो जमानाका उत्कृष्ट ब्याट्सम्यान मानिने पोन्टिङले कप्तानी मात्र नभएर ब्याट्सम्यानका रुपमा पनि सफल भूमिका निर्वाह गरे ।

पोन्टिङले सन् २००२ देखि २०१२ सम्म अष्ट्रेलियाको ओडिआई टोलीको कप्तानी गरेका थिए । उनले कुल २ सय ३० खेलमा कप्तानी गर्दा कुल १ सय ६५ खेलमा जित दिलाए । ५१ खेलमा पराजित हुँदा २ खेलमा टाई र १२ खेल नतिजा विहीन बनेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.