default_image

6 years ago

May 10, 2020

धोनीले कप्तानीमा लिएका ३ आश्चर्यजनक निर्णय

154 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान महेन्द्रसिंह धोनी विश्वकै सर्वाधिक सफल कप्तान मध्यका एक हुन् । धोनी भारतीय क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान मानिन्छन् ।

धोनी एकदिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियनसिप ट्रफी गरि आइसिसीको तीनै उपाधि जिताउने विश्वको एक्लो कप्तान हुन् । धोनी मैदानमा निकै शान्त स्वभावमा रहन्छन् । अन्य कप्तान भन्दा उनको हाउभाउमा धेरै फरक रहन्छ । धोनी सफल हुनुमा उनले दबाबको समयमा लिने निर्णय पनि एक हो । विपक्षी कप्तानलाई धोनीले लिने निर्णय बुझ्न निकै कठिन पर्दछ । धोनीको दिमाग निकै चतुर र तेज मानिन्छ । धोनीले कप्तानीमा लिएका ३ आश्चर्यजनक निर्णय जो जितको आधार बने ।

३. डेब्यु खेलमै द्रविडको स्थानमा पुजारा

भारतीय टेष्ट क्रिकेट टोलीका सर्वाधिक भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजाराले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध बेंगलोरमा डेब्यु गरेका थिए । जुन खेलको दोस्रो इनिङमा धोनीले पुजारालाई तेस्रो नम्बरमा ब्याटिङ गराएका थिए । पहिलो इनिङमा पुजरा पाँचौ नम्बरमा ब्याटिङ गर्दै ४ रनमा आउट भएका थिए ।

तर दोस्रो इनिङमा राहुल द्रविड अघि नै पुजारालाई धोनीले तेस्रो नम्बरमा पठाएका थिए । भारतीय क्रिकेटमा द्रविड हुँदाहुँदै ३ नम्बरमा ब्याटिङ गर्ने खेलाडी अर्को होला सायदै कसैले सोचेको थियो । धोनीको निर्णयलाई सहि सावित गर्दै पुजाराले ७२ रन जोड्दै ७ विकेटको जित पक्का गरे।

२. विश्वकप फाइनलको अन्तिम ओभरमा जोगिन्दरलाई बलिङ

सन् २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै टि२० विश्वकप उपाधि जितेको थियो । पाकिस्तानलाई जितको लागि अन्तिम ओभरमा १३ रन चाहिएको थियो । धोनीले अन्तिम ओभर जोगिन्दर शर्मालाई बलिङ गराएका थिए । पहिलो बल डट राख्दा दोस्रो बलमा मिस्वाहले छक्का प्रहार गरेका थिए ।

तेस्रो बलमा जगिन्दरले मिस्बाहलाई क्याच आउट गराउँदै जित दिलाएका थिए । त्यसपछि क्रिकेटबाट एकाएक हराएका जोगिन्दर अहिले भारतीय पुलिसमा काम गरिरहेका छन् ।

१. बल आउटमा उथाप्पा र सहवागलाई बलिङ गराउने निर्णय

सन् २००७ को टि२० विश्वकपको समुह चरणको खेलमा भारत र पाकिस्तानबीचको खेल टाई भएको थियो । जसको कारण खेलको नतिाजा बल आउट (बलरले स्टम्प ताक्ने) बाट लिइएको थियो । जुन निर्णयमा धोनीले बलिङ गर्न हरभजनसिंह, विरेन्द्र सहवागसँगै रोविन उथाप्पालाई दिएका थिए ।

यी तीनै बलरले स्टम्प ताक्दा उता पाकिस्तानका तीनै बलर असफल हुन पुगे र भारत विजयी भएको थियो । प्रमुख बलरलाई छाडेर पार्ट टाइम बलिङ समेत नगरेका सहवाग र उथप्पालाई गराउने धोनीको निर्णय आश्चर्यजनक रहेको थियो । जुन सहि सावित पनि भयो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.