default_image

4 years ago

May 14, 2020

बाबरलाई ओडीआई कप्तानको जिम्मेवारी

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले युवा ब्याट्सम्यान बाबर आजमलाई ओडीआई टोलीको कप्तानमा नियुक्त गरेको छ । आजमलाई पिसिबीले २०२०–२१ को सिजनको लागि कप्तानको जिम्मेवारी दिएको जनाएको छ । गत कात्तिकमा पिसिबीले शरफराज अहमदलाई कप्तानबाट हटाउँदै बाबरलाई टि२० र अजहर अलीलाई टेष्टको नेतृत्व दिएको थियो । बाबरले ५ टि२० आईमा कप्तानी गरिसकेका छन् । […]

44 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले युवा ब्याट्सम्यान बाबर आजमलाई ओडीआई टोलीको कप्तानमा नियुक्त गरेको छ । आजमलाई पिसिबीले २०२०–२१ को सिजनको लागि कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।

गत कात्तिकमा पिसिबीले शरफराज अहमदलाई कप्तानबाट हटाउँदै बाबरलाई टि२० र अजहर अलीलाई टेष्टको नेतृत्व दिएको थियो । बाबरले ५ टि२० आईमा कप्तानी गरिसकेका छन् । जसमा समान २ मा जित र हार बेहोर्दा १ खेल नतिजाविहिन छ । वर्तमान क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान मध्यका एक बाबर आजमले २६ टेष्ट, ७४ ओडिआई र ३८ टि२० आई खेलेका छन् । बाबर टेष्ट वरियातमा पाँचौं, ओडिआईमा तेस्रो र टि२० मा शीर्ष स्थानमा छन् ।

शरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा भारतलाई च्याम्पियन्स ट्रफीको फाइनलमा हराउँदै उपाधि जितेको थियो । शरफराजले पाकिस्तानलाई टि२० आई वरियतामा पनि शीर्ष उकालेका थिए । तर दुई साता अघि पाकिस्तानले २७ महिनादेखिको टि२० शीर्ष वरियता गुमाई सकेको छ ।

विश्वकपमा पाकिस्तान समुह चरणबाटै बााहिरिएपछि शरफराजको कप्तानी, प्रर्दशन र फिटनेशलाई लिएर चर्को आलोचना भएपछि पिसिबीले कप्तानबाट हटाएको थियो । विकेटकिपर समेत रहेका शरफराजको पछिल्लो समय पर्दशन खराब रहँदै आएको छ । २०२०–२१ सिजनमा पाकिस्तानले ९ टेष्ट, ६ ओडिआई र २० टि२० आईसँगै एसिया कप र टि२० विश्वकप २०२० खेल्ने कार्यतालिका छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.