default_image

6 years ago

May 16, 2020

डेब्युपछि अर्को अवसर कुरिरहेका चार खेलाडी

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हरेक खेलाडीको पहिलो सपना आफ्नो देशबाट खेल्ने हुन्छ । जुन सपना थोरै खेलाडीले पूरा गर्दा धेरैले गर्न सक्दैनन् । खेलाडीको मिहिनेत, धैर्यता, क्षमता, टोलीको आवश्यकता लगायत विभिन्न कुरामा उक्त सपना निर्भर रहन्छ ।

राष्ट्रिय टोलीमा पर्न उमेर समुह हुँदै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेर मात्र पुग्दैन टोलीमा उक्त खेलाडीको भुमिका पनि टोलीमा आवश्यक हुनुपर्छ । लगातार खेलाडी परिवर्तन पछिल्लो समय नेपाली क्रिकेट टोलीको समस्याको रुपमा देखा पर्न थालेको छ । पछिल्लो समय युवा खेलाडी मध्य केहि एक दुई जनाले मात्र नियमित टोलीमा स्थान बनाएका छन् ।

युवा प्रतिभालाई धैर्यता गर्न नसकेको भन्दै कप्तान र टोली व्यवस्थापनमाथि प्रश्न पनि उठ्न थालेको छ । डेब्यु दिन नै हतार गरेको भन्दै आलोचना पनि गर्न थालेका छन् । डेब्यु खेलको प्रदर्शन मात्र होइन युवा खेलाडीलाई केहि खेलमा मौका दिनुपर्छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका यस्ता चार युवा खेलाडी जसले एक मात्र अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अर्थात डेब्यु खेलपछि पुन अर्को अवसरको प्रतीक्षामा रहेका ४ नेपाली क्रिकेट खेलाडी यस प्रकार छन् ।

४. सिद्धान्त लोहनी (ब्याट्सम्यान)

आक्रामक ब्याटिङका लागि परिचित सिद्धान्त लोहनीले सन् २०१५ मा आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा जर्सीविरुद्ध डेब्यु गर्दै सनसनी मच्चाएका थिए । उनले जर्सीविरुद्ध १६ बलमा समान २ चौका र छक्का सहित २७ रन जोडेका थिए । जर्सीविरुद्ध डेब्यु खेलमा हेलिकप्टर सट प्रहार गरेपछि उनको चर्चा रातारात चुलिएको थियो ।

त्यसयता भने सिद्धान्तले सिनियर टोलीमा स्थान बनाउन सकेका छैनन् । उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सिमित हुँदै आएका छन् । पछिल्लो समय घरेलु क्रिकेटमा पनि सिद्धान्तको प्रर्दशन कमजोर रहँदै आएको छ । चोटका कारण उनी लामो समय मैदानबाहिर पनि रहे । विगतमा पुलिसका लागि खेलेका सिद्धान्तले पछिल्लो समय घरेलु क्रिकेट प्रदेश नम्बर १ बाट खेल्ने गर्दछन् ।

३. दिपेश श्रेष्ठ (बलर)

तीव्र गतिका बलर दीपेश श्रेष्ठले सन् २०१७ मा बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान यु२३ विरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । ब्याटिङमा भने मौका पाएनन् ।

उक्त खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । दिपेश प्रतियोगितामा बंगलादेश यु२३ र हङकङ विरुद्ध भने प्लेइङ ११ बाहिर रहे । त्यस यता भने दिपेशले सिनियर टोलीमा स्थान बनाउन सकेका छैनन् । दिपेश गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।

२. राशिद खान (बलर)

तीव्र गतिका बलर राशिद खानले गत मंसिमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमा भुटानविरुद्ध ४ ओभरमा मात्र १९ रन खर्चिएपनि विकेट लिन सकेनन् । उक्त खेलमा कप्तान ज्ञानेन्द्रको शतकमा नेपालले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो ।

भुटानलाई ९५ रनमा रोक्दै नेपाल १ सय ४१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । त्यसयता भने राशिद सिनियर टोलीमा पुन मौका पाएका छैनन् । राशिद बलिङसँगै तल्लोक्रममा ठुला सट प्रहार गर्ने क्षमता राख्दछन् ।

१. कमलसिंह ऐरी (बलर)

युवा तीव्र गतिका बलर कमलसिंह ऐरीले गत माघमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा डेब्यु गरेका थिए । सुरुवाती ओमान र अमेरिकासँगको खेलमा अर्का तीव्र गतिका बलर अभिनाश बोहरा विकेटविहीन बनेपछि ओमानसँगको दोस्रो खेलमा नेपालले कमललाई डेब्यु गराएको थियो । उक्त डेब्यु खेलमा ४ ओभरमा २९ रन खर्चिदा विकेट लिन सकेनन् ।

ब्याटिङमा कमलले अविजित ९ रन जोडेका थिए । अमेरिकासँगको दोस्रो खेलमा नेपालले तीन स्पिनर सन्दीप लामिछाने, ललितनारायण राजवंशी र सुशन भारी मैदान उर्तादा कमल बेन्चमा बस्नु परेको थियो । सोमपाल कामी अस्वस्थ हुँदा उनको स्थानमा विश्वकप लिग२ अन्तर्गत घरेलु मैदानमा भएको उक्त त्रिकोणात्मक सिरिजमा उनी टोलीमा परेका थिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.