6 years ago
May 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङमा उत्रने हरेक खेलाडीको चाहना हुन्छ की उसले शतक प्रहार गरोस् । जुनै पनि ब्याट्सम्यानको तथ्यांक हेर्दा सबैभन्दा पहिला करीअरमा कति रन र शतक प्राहर गरेको छ भनेर आँखा पुग्छ ।

शतकको लागि ब्याट्सम्यानको क्षमतासँगै धैयर्ता पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । त्यसैले शतक प्रहार गर्नु सामान्य कुरा होइन । ओपनिङ ब्याटिङ नेपाली क्रिकेट इतिहास देखिनै ठुलो समस्या रहँदै आएको छ । पछिल्लो समय प्रया नयाँ प्रतियोगिता र सिरिजमा फरक ओपनिङ जोडी मैदान उत्रेका छन् । पछिल्लो पाँच वर्षमा नेपालले झण्डैं एक दर्जन ओपनर परिवर्तन गरेको छ । तर आफुले खोजेको ओपनर पाउन सकेको छैन ।
नेपाली क्रिकेटमा सबैभन्दा बढि खेलाडीले मौका पाउने भुमिका (रोल) र टिक्न नसक्ने पनि ओपनिङ नै हो । मौका पाउन जति सहज छ त्यतिनै आफ्नो करिअरलाई अगाडी बढाउन ओपनरको लागि निकै चुनौतीपूर्ण छ । ओपनिङ ब्याटिङ सुधारको लागि लगातार परिवर्तन गरेपनि लामो यात्रा कसैले गर्न सकेका छैनन् । ओपनरबाट आशा र अपेक्षा बढी रहेको छ । तर त्यहि अनुसार खेलाडीले प्रर्दशन गर्न सकि रहेका छैनन् ।
नेपालको ओपनिङ ब्याटिङ कमजोर हुनुको प्रमुख कारण भने कप्तान, प्रशिक्षक र टोली ब्यवस्थापनले धैर्यता देखाउन नसक्नु र रणनिती देखिन्छ । एकै पटक ओपनरबाट ठुलो प्रर्दशनको आशा गर्नुको सट्टा सम्भावना देखिएका केहि खेलाडी तयार पार्न खोजेको दीर्घकालिन समाधान निस्कीन सक्थ्यो । लगातार खेलाडी परिवर्तन र अस्थिर ब्याटिङक्रमले टोलीकै ब्याटिङ कमजोर बन्दै आएको छ ।
राष्ट्रिय प्रतियोगितामा एक दुइ खेलमा राम्रो प्रर्दशन गरेमा खेलाडी सिनियर टोलीमा पर्ने अवस्था आएको छ । विपक्षी टोलीका उत्कृष्ट बलर सामु नयाँ बलको सामना गर्दै सुरुवाती समय रन जोड्न ओपनरलाई पक्कै सहज हुँदैन । तर राम्रो ब्याट्सम्यानको लागि ओपनर सबैभन्दा उत्तम भुमिका हो । किनभने ओपनरले आफ्नो शैली र सोच अनुसार खेल्न पाउँछ । कुनै दबाब हुँदैन ।
एक दिवसिय र टि२० आई इतिहासमा सर्वाधिक उच्च ब्यक्तिगत स्कोर ओपनरकै नाममा छ । क्रिकेट इतिहासमा सर्वाधिक सफल ब्याट्सम्यान भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकर पनि ओपनरनै हुन् । इतिहास हेर्दा पनि ओपनर ब्याट्सम्यान सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा तुलनात्मक रुपमा अघि छन् । वर्तमान क्रिकेटका भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल, अष्ट्रेलियाका डेविड वार्नर, आरोन फिन्च लगातयतका ब्याट्सम्यान पनि ओपनर हुन् ।
नेपाली ओपनर ब्याट्सम्यानबाट पछिल्लो समय अर्ध शतक र शतकको कुरा छाडौं, पहिलो पावरप्ले टिक्न पनि धौ धौ हुन्छ । नेपाली क्रिकेट इतिहास फर्केर हेर्दा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा शतक प्रहार गरेका ५ ओपनर खेलाडी यस प्रकार छन् ।
५. परेश लोहनी

पुर्व कप्तान समेत रहेका परेश लोहनीले सन् २००० देखी २०१२ सम्म नेपालबाट खेलेका थिए । उनले तीन दिवसिय क्रिकेटमा दुइ शतक प्रहार गरेका छन् । सन् २००४ मा घरेलु टोली सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए । लोहनीले दोस्रो इनिङमा १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । सिंगापुर सन् २००५ नेपाल आएको बेला पनि १ सय ३ रनको शतकीय योगदान दिएका थिए ।
४. ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पछिल्लो तीन वर्षयता ओपनिङ गर्दै आएका छन् । शीर्षक्रममा रहँदा उत्कृष्ट ब्याट्सम्यानको रुपमा परिचित ज्ञानेन्द्रले ओपनिङमा आएयता भने कमजोर ब्याटिङ अर्थात अपेक्षा अनुसार प्रर्दशन गर्न नसक्दा चर्को आलोचनाको सामना गर्नु परेको छ ।
ज्ञानेन्द्रले गतवर्ष मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टि२० आई खेलमा कमजोर भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । उक्तक्रममा ज्ञानेन्द्रले कीर्तिपुर मैदानमा ५५ बलमा ५ चौका र ९ छक्का प्रहार गरेका थिए । जुन शतक नेपाली टि२० आई क्रिकेटको उच्च योगफल पर्दछ ।
३. सुवास खकुरेल

विकेटकिपर सुवास खकुरेल पछिल्लो समय हातको चोटको कारण नियमित स्थान बनाउन सकेका छैनन् । टोलीमा स्थान बनाउन संघर्ष गर्दै आएका छन् । विकेटकिपर समेत रहेका सुवास नेपाली क्रिकेट इतिहासमा तुलानात्मक रुपमा सफल ओपनरमा पर्दछन् । सुवासले सन् २०१२ मा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमा अमेरिकाविरुद्ध १ सय ४२ बलमा १० चौका र २ छक्का सहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
२. पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा ब्याट्सम्यान पारस खड्काले पछिल्लो एक वर्षयता ओपनिङ गर्दै आएका छन् । नेपाली क्रिकेटका एकल योद्धा पारस नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यान पर्दछन् । पारस नेपालबाट ओडिआई, लिष्ट ए र टि२० आईमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् ।
पारसले गत सेप्टेम्बरमा त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध ओपनिङ गर्दै ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनको अविजित इनिङ खेलेका थिए । पारसको उक्त शतकमा नेपालले १ सय ५२ रनको लक्ष्य १६ ओभरमै १ विकेटको क्षतिमा पुरा गरेको थियो । पारस टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने एक्लो कप्तान समेत हुन् ।
१. अनिल कुमार मण्डल

राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान अनिल कुमार मण्डल एक दिवसिय खेलमा दुई शतक प्रहार गर्ने एक्लो नेपाली ओपनर ब्याट्सम्यान हुन् । अनिलले सन् २०१० मा अमेरिकाविरुद्ध डेब्यु गरेका थिए । उनले सन् २०१२ मा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमा डेनमार्क विरुद्ध १ सय ३४ बलमा १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए । जसमा ८ चौका र ४ छक्का सामेल थियो ।
त्यस्तै सन् २०१५ मा आइसिसी wईश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्डविरुद्ध ९३ बलमा ९ चौका र १ छक्का सहित १ सय रन जोडेका थिए । पछिल्लो तीन वर्षयता भने लगातार ओपनिङ जोडी परिवर्तन हुँदा अनिल टोली बाहिर रहेका छन् । अनिल विभागिय टोली त्रिभुवन आर्मीबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]