6 years ago
May 28, 2020
एजेन्सी – क्रिकेट अष्ट्रलियाले अफगानिस्तान र भारतसँग खेल्ने टेष्ट सिरिजको लागि खेल तालिका सार्वजनिक गरेको छ । अफगानिस्तानले अष्ट्रेलियासँग एक मात्र टेष्ट खेल खेल्ने छ । भारत र अष्ट्रेलियाबीच चार टेष्ट बोर्डर–गावस्कर सिरिज हुने छ ।

पहिलो पटक अफगानिस्तानले अष्ट्रेलियासँग टेष्ट खेल्न लागेको हो । अगानिस्तान र अष्ट्रेलियाबीचको एक मात्र डे–नाइट टेष्ट नोभेम्बर २१ देखि २५ सम्म पर्थ स्टेडियममा हुने छ । त्यस्तै भारतले अष्ट्रेलियासँगको चार टेष्ट सिरिज डिसेम्बर ३ देखी जनवरी ७ सम्म चल्ने छ ।
भारतले अष्ट्रेलियामा पछिल्लो समय २०१८–१९ मा चार टेष्ट सिरिज खेलेको थियो । बल टेम्परिङ काण्डका कारण प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ र डेविड वार्नर विना अष्ट्रेलियाले चार टेष्ट सिरिज २–१ ले गुमाउनु परेको थियो । उक्त टेष्ट सिरिजको पहिलो खेलमा भारत ३१ रनले विजयी हुँदा दोस्रो खेलमा टिम पेइनको कप्तानीमा रहेको अष्ट्रेलिया १ सय ४६ रनले विजयी भएको थियो ।
भारत तेस्रो टेष्ट १ सय ३७ रनले विजयी भएको थियो । चौथो तथा तथा अन्तिम टेष्ट ड्र भएपछि भारतले २–१ ले ऐतिहासिक सिरिज जितेको थियो । स्मिथ र वार्नर सम्मिलत अष्ट्रेलिया यस पटक भने उक्त सिरिजको बदला लिने सोचमा रहने छ ।
खेल तालिका
अष्ट्रेलियाविरुद्ध अफगानिस्तान
एक मात्र टेष्ट – नोभेम्बर २१ देखी २५, पर्थ स्टेडियम(डे/नाइट टेष्ट)
अष्ट्रेलिया र भारतबीच चार टेष्टको सिरिज
पहिलो टेष्ट- डिसेम्बर ३ देखी ७, गाब्बा
दोस्रो टेष्ट – डिसेम्बर ११ देखी १५, एडिलेड ओभल (डे/नाइट)
तेस्रो टेष्ट – डिसेम्बर २६ देखी ३०, मेलबर्न क्रिकेट ग्राउन्ड
चौथो तथा अन्तिम टेष्ट – जनवरी ३ देखी ७, सिड्नी क्रिकेट ग्राउन्ड
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]