default_image

5 years ago

June 24, 2020

छुम्बी लामा क्यान फर्कंदै!

124 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व (सिओओ) छुम्बी लामा फरक भूमिकामा क्यान फर्कने भएका छन् । उनी सदस्यका रुपमा क्यान पुन: प्रवेश गर्न लागेका हुन् ।

 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो प्रतिनिधिका रुपमा रहेको दुई सदस्यता लामा र धर्मराज गिरीको नाम सिफारिस गर्ने तयारी गरेको  स्रोतले जानकारी दियो । यद्यपि आधिकारिक प्रक्रिया पूरा हुन केहि समय लाग्न सक्ने  बताएको छ ।

लामाले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को भूमिकामा काम गरिसकेका छन् । पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक समेत रहेका लामा झन्डै एक दशकदेखि क्रिकेटमा रहेका छन् । उनी टंक आङबुहाङको कार्यकालमा पहिलो पटक क्यान प्रवेश गरेका थिए ।

गिरी भने लुम्बिनीबाट घरेलु क्रिकेट खेलेका खेलाडी हुन् । उनी नेकपा निकट मदन भण्डारी स्पोर्टस फाउन्डेसनमा समेत सक्रिय रहँदै आएका छन् । उनी फाउन्डेसनको क्रिकेट विभागको उपाध्यक्ष समेत छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.