default_image

5 years ago

August 16, 2020

शालीन खेलाडी, सफल कप्तान : धोनी युगको पूर्णविराम

210 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको छ ।

विश्वकै सर्वाधिक सफल कप्तानमध्यका एक धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नै पृथक शैलीमा सन्न्यास लिए । ‘क्याप्टेन कुल’ उपनामले परिचित धोनी मैदानभित्र र बाहिर पनि सधैं शालीन रहे । उनले सामाजिक संजालको एक पोस्टमार्फत सबैलाई अचम्मित पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिए । संयोगवश धोनीको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो र अन्तिम इनिङको अन्त्य आउटबाटै भयो ।

पछिल्लोपटक धोनीले गतवर्ष इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपमा न्युजिल्यान्डविरुद्ध सेमिफाइनल खेल खेलेका थिए । उक्त खेलमा मार्टिन गुप्टिलले डाइरेक्ट थ्रोमा रन आउट गरेपछि धोनी ५० रनमा पेभिलिएन फर्केका थिए । त्यो रन आउटनै भारतका लागि धोनीको अन्तिम खेल बन्न पुग्यो । उक्त खेलमा पराजित भएपछि भारतको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।

शान्त र मौन स्वभावका धोनी १३ महिनासम्म आफ्नोबारे केहि बोलेनन् । धोनीले कुन बेला कस्तो निर्णय लिन्छन् त्यो कसैलाई थाहा हुँदैन । टेष्टबाट पनि सन् २०१४ मा एक्कासी सन्न्यास लिएका थिए । सन् २०१७ मा भारतीय सिमित ओभरको कप्तानी छाडेका थिए ।

सन् २००४ मा धोनीले बंगलादेशविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । तर पहिलो खेलमै धोनी शून्यमा रन आउट हुन पुगे । सौरभ गांगुलीलाई धोनीको क्षमता र प्रतिभा बुझेकै कारण मौका दिए । त्यसैले धोनीले आफ्नो पाँचौ खेलमा सानदार शतक प्रहार गरेका थिए । धोनी त्यो बेला अहिले जस्ता भने थिएनन् ।

त्यसबेला धोनीले लामो कपाल पालेका थिए । सन् २००५ मा धोनीले अप्रिलमा पाकिस्तानविरुद्ध १ सय ४८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । सन् २००५ अक्टोबरमा धोनीले जयपुरमा श्रीलंकाविरुद्ध १ सय ४५ बलमा १५ चौका र १० छक्का सहित १ सय ८३ रनमा अविजित रहँदै विकेटकिपरको रुपमा ओडिआईमा सर्वाधिक रनको विश्व कीर्तिमाननै बनाए । जसले धोनी आइसिसीको ओडिआई वरियतामा ४२ इनिङमा शीर्ष स्थानमा उक्लिएका थिए ।

सन् २००५ डिसेम्बरमा राहुल द्रविडको कप्तानीमा धोनीले बंगलादेशविरुद्ध टेष्टमा डेब्यु गरे । सन् २००६ मा धोनीले दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । सन् २००७ मा धोनीको कप्तानीमा भारतले आफ्नो टि२० विश्वकप टोली घोषणा गरेको थियो । उक्त समय सम्म धोनी भारतका उत्कृष्ट फिनिसर विकेटकिपर ब्याट्सम्यान थिए ।

धोनीले विश्वकप फाइनलमा चिरपरिचित पाकिस्तानलाई ५ रनले हराउँदै विश्वकप च्याम्पियन बनाए । यसले धोनी भारतको ओडिआई र टेष्टको कप्तानको दाबेदार बनि सकेका थिए । उक्त टि२० विश्वकप भर धोनीले उत्कृष्ट कप्तानी गरे । त्यो पाकिस्तानसँग समूह चरणको खेलमा बल आउटमा विरेन्द्र सहवागलाई गराउँदा होस् वा फाइनमा अन्तिम ओभर जगिन्दर शर्मालाई बलिङ गर्न दिँदा । धोनीले के निर्णय लिन्छन् भन्ने कसैलाई थाहा हुँदैन थियो ।

धोनी खेलाडीलाई सधैं खुसी मुद्रामा हौसला दिन्थे । अहिलेका कप्तान विराट कोहली जस्तो आक्रामक रुपमा होईन । चतुर दिमागका खानी धोनी शान्त र सालिन स्वभावका थिए । धोनीको कप्तानीमा भारतले सन् २०११ मा एकदिवसिय विश्वकप जित्यो । उक्त विश्वकप फाइनलमा धोनीले ९१ रनमा अविजित रहँदै उत्कृष्ट फिनिसरको परिचय दिएका थिए । उक्त क्रममा धोनीले छक्काका साथ खेल फिनिसिङ गरेका थिए । सन् २०१३ मा धोनीले च्याम्पिन्स ट्रफीको उपाधि दिलाउँदै इतिहास रचे । आइसिसीको तीनै उपाधि जित्ने एक्लो कप्तान बने ।

यी तीन प्रतियोगिताको प्रभाव भारतीय क्रिकेटमा परिसकेको थियो । धोनीले विश्वमा भारतीय क्रिकेटको अनुहार फेरिसकेका थिए । अर्कोतर्फ धोनीले युवा खेलाडी पनि तयार पारेका थिए । धोनीले तीनै शैलीमा उच्च प्रर्दशन गर्दै आएका थिए । कप्तानी, ब्याटिङ वा विकेटकिपर सबैमा धोनीले उच्च प्रर्दशन गरेका थिए । धोनीको कप्तानीमा खोट लगाउने कुनै ठाउँ थिएन ।

त्यसअघि सन् २००९ मा भारतलाई धोनीले पहिलो पटक आफ्नो कप्तानीमा टेष्टको शीर्ष वरियतामा ल्याए । सन् २०१३ मा धोनीले टेष्टमा अष्ट्रेलियाविरुद्ध २ सय २३ रन बनाउँदै भारतीय कप्तानको रुपमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरे । तर सन् २०१४ मा धोनीले एक्कासी टेष्टबाट सन्न्यासको घोषणा गरे र कोहलीलाई कप्तान बनाउने निर्णय गरे ।

अर्कोतर्फ धोनीले ब्याट्सम्यानले चाल नपाउँदै स्टम्पिङ आउट गर्न भ्याइसक्थे । धोनी हतपत रिभ्यु लिदैन थिए । लिएभने त्यो असफल बिरलै हुन्थ्यो । चतुर दिमागका धोनीले विपक्षी टोली र खेलाडीको कमजोरी, पिचको जानकारी तुरुन्त थाहा पाउँदै त्यहि अनुसार सल्लाह दिन्थे । आफ्नो स्वभाव अनुसार नै धोनी मिडियादेखि सधैं टाढा रहे । क्याप्टेन कुल धोनीलाई क्रिकेटका असली जेन्टलम्यान भन्ने गरिन्छ ।

धोनीको अर्को गुण टोली जतिसुकै दबाब र खराब प्रर्दशन गरि रहेको होस् खेलाडीसँग रिसाउदैन थिए । सधै हसिलो अनुहारमा सम्झाउने, सल्लाह र सुझाव दिने गर्दथे । जसले खेलाडीलाई थप राम्रो प्रर्दशन गर्न प्रेरणा मिल्थ्यो । सन् २०१६ मा टि२० विश्वकपमा भारत बंगलादेशसँग हार नजिक पुगेको थियो । बंगलादेशलाई अन्तिम तीन बलमा २ रन चाहिएको अवस्थामा हार्दिक पान्ड्यालाई बोलाएर सुझाव दिएपछि भारतले एक रनको नाटकीय जित हात पारेको थियो ।

सन् २०१७ मा भने धोनीले सिमित ओभरबाट कप्तानी छोड्ने निर्णय लिए । त्यो समय भने धोनी भारतीय क्रिकेटमा केहि आलोचित बनेका थिए । कागजी रुपमा छोडेपनि मैदानमा धोनीकै कप्तानी देखिन्थ्यो । धोनीले आफ्नो करिअरमा सातौं र छैटौं नम्मबरमा बढि ब्याटिङ गरे । तैपनि धोनी ५० को औसतमा ओडिआईमा १० हजार रन बनाउने पहिलो खेलाडी बन्न पुगे । त्यसैले धोनीले शीर्षक्रममा ब्याटिङ गर्थे भने क्रिकेटका धेरै कीर्तिमान तोडिन सक्थे भन्ने तर्क पनि जायज देखिन्छ ।

धोनी स्वयम आफू लामो समय सम्म भारतीय टोलीमा कप्तान हुँदा चाहएको भए शीर्षक्रममा ब्याटिङ गर्नसक्थे । तर धोनीले कहिल्यै पनि व्यक्तिगत रुपमा सोचेनन् । सधैं टोलीको लागि सोचिरहे । त्यसैले त विश्वकै सर्वाधिक सफल कप्तान बन्न पुगे ।

धोनीले ३ सय ५० आडिआईमा २ सय ९७ इनिङ ब्याटिङ गर्दै १० शतक र ७३ अर्ध शतक सहित १० हजार ७ सय ७३ रन बनाए । जसमा कीर्तिमानी सबैभन्दा धेरै ८४ पटक अविजित रहे । सन् २००४ देखि २०१९ सम्म धोनी विश्वकै उत्कृष्ट फिनिसर समेत बने । धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी हुन् ।

धोनीले टेष्ट, ओडिआई र टि२०आई गरि कुल ३ सय ३२ खेलमा कप्तानी गरेका छन् । धोनीले समग्रमा ५ सय ३८ अन्तर्राष्ट्रिय खेलमा १७ हजार २ सय ६६ रन बनाए । जसमा १६ शतक र १ सय ८ अर्ध शतक सामेल छ । ३ सय ५९ छक्का र विकेटकिपरको रुपमा क्याच र स्टम्पिङ गरि कुल ८ सय २९ लिए । टि२० आईमा सर्वाधिक कप्तानी, स्टम्पिङ र क्याच आउट गराउने खेलाडी हुन् । सर्वाधिक टि२० विश्वकपमा नेतृत्व गर्ने कप्तान समेत हुन् । विश्व क्रिकेटमा धोनीमा नाममा थुप्रै कीर्तिमानको माथि कीर्तिमान छन् ।

धोनीले सुरुवात देखिनै इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको कप्तानी गर्दै आएका छन् । चेन्नईलाई आइपिएलकै सर्वाधिक सफल टोली बनाउने क्रममा तीन पटक उपाधि दिलाए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपनि धोनीले सन् २०२२ सम्म चेन्नईबाट आइपिएल खेलिरहने छन् ।

धोनीको उत्कृष्ट फिनिसिङ अझै दुई वर्ष समर्थकले देख्ने छन् । धोनी भारत नभएर विश्वकै उदाहरणीय खेलाडी हुन् । धोनी आफूसँग जेजस्तो खेलाडी छ त्यसैले उत्कृष्ट बनाउदै उत्कृष्ट नजिता निकाल्न खोज्थे । धोनी भारतीय टोलीलाई विश्वकप जिताउँदै सन्न्यास लिन चाहान्थे । तर त्यो सपना भने अधुरै रह्यो ।

सायद सन् २०१९ मा भारतले विश्वकप जित्थ्यो भने त्यसैबेला सन्न्यास लिन्थे होला । धोनीले अष्ट्रेलियामा २०२० अक्टोभर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्दै सन्न्यास लिने सोचमा थिए । तर कोरोनाको कारण टि२० विश्वकप सरेपछि धोनीले भारतीय टोलीबाट बिदा लिने निर्णय गरेका हुन् ।
धोनीले सन्न्यास लिने निश्चित थियो । यति मात्र हो कहिले र कसरी लिन्छन् भन्ने कसैलाई थाहा थिएन । धेरैको ध्यान यस पटकको आइपिएलमा कस्तो प्रर्दशन गर्छन् त्यसपछि थाहा हुन्छ भन्ने थियो ।

कम्तिमा धोनीले अन्तिम बिदाई खेल खेल्नुपर्ने थियो भन्ने धेरै समर्थकको धारणा छ । धोनीकै कप्तानीको कारण भारत आज यो स्थानमा आएको छ । धोनीको पथमा विराट हिड्न सके भारत विश्वमा अझ उत्कृष्ट टोली बन्ने छ । भलै धोनी अव भारतीय जर्सीमा मैदानमा देखिने छैनन् । तर धोनीको रिभ्यु, फिनिसिङ, विकेटकिपर र कप्तानीले उनलाई सम्झाई राख्ने छ ।

भारत नभएर विश्व क्रिकेटलेनै उत्कृष्ट कप्तान पाएको थियो । उनी आधुनिक क्रिकेटका महान खेलाडीमध्यमा गनिन्छन् । भारतलाई मात्र होईन विश्व क्रिकेटलाईनै लामो समय सम्म धोनीको अभावको महसुस हुने देखिन्छ । विश्व क्रिकेटमा धोनीले सफलताको त्यस्तो छाप छोडेका छन् जसले उनको नाम नलिँदा इतिहास सधै अधुरै बन्न पुग्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.