5 years ago
August 16, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड१९) को कारण भारतीय पूर्व ओपनर चेतन चौहानको ७३ वर्षकोे उमेरमा मृत्यु भएको छ । मिर्गौला रोगि समेत रहेका चेतनलाई गत जुलाई १२ मा कोरोना भाइरस देखिएको थियो ।

अस्पताल भर्ना भएका उनको आइतबार निधन भएको छ । चेतनले भारतीय क्रिकेटका पूर्व ओपनर सुनिल गावस्करसँग जोडी बाँध्दै सफल करिअर व्यतित गरेका थिए । सुनिल र चेतनले लामो समय सम्म टेष्टमा ओपनरको रुपमा साझेदारी गरेका थिए । गावस्कर र चौहानले ५९ टेष्ट इनिङमा ३ हजार १० रनको साझेदारी गरेका थिए । यी दुईले १९७३ देखि १९८१ सम्म ओपनर जोडिका रुपमा भारतीय टोलीबाट खेलेका थिए ।
चेतनले सन् १९६९ देखि १९८१ सम्म भारतीय टोलीबाट खेलेका थिए । उनले सन् १९६९ मा न्युजिल्यान्डबिरुद्ध टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा पाकिस्तानविरुद्ध १९७८ मा डेब्यु गरेका थिए । उनले ४० टेष्टमा २ हजार ४८ रन बनाएका छन् । ७ ओडिआईमा १ सय ५३ रन बनाएका छन् ।
चेतनले १ सय ७९ प्रथम श्रेणीको खेलमा २१ शतक र ५९ अर्ध शतक सहित ११ हजार १ सय ४३ रन बनाएका छन् । सन् २००८ मा भारतले अष्ट्रेलिया भ्रमण गर्दा उनी भारतीय टोलीको म्यानेजर समेत थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]