5 years ago
August 17, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौं संस्करण मंगलबारदेखि सुरु हुँदै छ । कोरोना महामारीपछि हुने पहिलो टि२० फ्रेन्चाइज लिग खेल्न खेलाडी र समर्थक हेर्न आतुर छन् ।

सिपिएल लगत्तै इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुने हुँदा सबै खेलाडी आफ्नो उत्कृष्ट प्रर्दशन दिन प्रयास गर्ने छन् । सिपिएलको प्रर्दशनले आइपिएलमा टोलीमा प्लेइङ ११ मा स्थान बनाउन सहज हुने छ । क्रिकेटमा कुनै भर हुँदैन । अझ टि२० क्रिकेट एकै ओभरले हार र जितमा पुर्याउन सक्छ । टि२० क्रिकेट विश्वमै सर्वाधिक लोकप्रिय शैली मानिन्छ ।
वेस्टइन्डिजका खेलाडी टि२० शैलीको क्रिकेटमा विश्वमै सर्वाधिक चर्चित र लोकप्रिय छन् । धेरै क्रिकेट विज्ञहरु वेस्टइन्डिजको खेलाडीको रगतमै टि२० क्रिकेट हुने बताउँछन् । सिक्सर किंग क्रिस गेल यस पटक ब्यक्तिगत कारण सिपिएल खेल्ने छैनन् । तर आन्द्रे रसेल देखि शिम्रन हेटमायर सम्मका खेलाडीले गेलको अभाव महसुस हुन समर्थकलाई पक्कै दिने छैनन् । सिपिएल २०२० मा सर्वाधिक रन बनाउन सक्ने पाँच खेलाडी ।
५. ब्रेन्डन किंग (गुयाना एमेजन वारियर्स)

वेस्टइन्डिजका युवा स्टार ब्रेन्डन किंग गुयाना एमेजन वारियर्सका ओपनर हुन् । किंग आक्रामक ब्याटिङका लागि परिचित छन् । अर्कोतर्फ किंगले वेस्टइन्डिज र अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग दुवैमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । किंगले ३३ टि२० क्रिकेटमा १ शतक सहित ८ सय ९२ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ३२ रन अविजित छ । स्ट्राइकरेट १ सय ३६ रहेको छ ।
गतवर्ष सिपिएलमा गुयानाबाट १२ खेलमा एक शतक र तीन अर्ध शतक सहित ४ सय ९६ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शीर्षस्थानमा रहेका थिए । यस पटक पनि किंगले त्यस्तै प्रर्दशन गर्न सक्ने अनुमान गरिएको छ । पछिल्लो समय वेस्टइन्डिजले टि२० विश्वकपलाई केन्द्रित गर्दै गेल, इभिन लुईस जस्ता ओपनरलाई छाडेर किंगलाई अघि समेत बढाएको छ ।
४. ग्लेन फिलिप्स (जमैका तलावाज)

ग्लेन फिलिप्स नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजका शीर्षक्रमका ब्याट्सम्यान हुन् । न्युजिल्यान्डका विकेटकिपर फिलिप्सले गतवर्ष सिपिएलमा उच्च प्रर्दशन गरेका थिए । ठूला सटका लागि परिचित फिलिप्सले ७७ टि२० खेलमा तीन शतक र ४४ अर्ध शतक सहित कुल २ हजार १ सय ९२ रन बनाएका छन् । १ सय १६ उत्कृष्ट प्रर्दशन रहेको छ ।
स्ट्राइक रेट १ सय ३५ भन्दामाथि रहँदा १ सय ९८ चौका र ९९ छक्का प्रहार गरेका छन् । गतवर्ष सिपिएलमा जमैकाबाटै १० खेलमा ३ सय ७४ रन बनाउँदै सर्वाधिक रन बनाउँने चौथो खेलाडी बनेका थिए ।
३. रस टेलर (गुयाना एमेजन वारियर्स)

न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलरको लयलाई रोक्न विपक्ष्य बलरलाई निकै कठिन पर्ने देखिन्छ । यस पटकको सिपिएल टेलरले गुयानाबाट खेल्दै छन् । ३६ वर्षिय टेलरले गत फ्रेबुअरीमा भारतलाई तीन ओडिआई सिरिजमा क्लिनस्विप गराउन पहिलो खेलमा १ सय ९ र दोस्रोमा ७३ रनमा अविजित रहेका थिए ।
टि२० सिरिजमा पनि उच्च प्रर्दशन गरेका थिए । पछिल्लो दुई वर्षमा टेलर निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् । गुयानाका टेलर मध्यक्रमका प्रमुख ब्याट्सम्यान हुन् ।
२. शिम्रन हेटमायर (गुयाना एमेजन वारियर्स)

वेस्टइन्डिजका बायाँ हाते युवा ब्याट्सम्यान शिम्रन हेटमायरले अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । वेस्टइन्डिजको शीर्षक्रमका सिमित ओभरका प्रमुख खेलाडी हेटमायरले पनि गुयानाबाट सिपिएल खेल्दै छन् ।
गतवर्ष भारतलाई घरेलु मैदानमा पहिलो ओडिआई खेलमा ८ विकेटले हराउन हेटमायरले १ सय ६ बलमा ११ चौका र ७ छक्का सहित १ सय ३९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । युवा स्टार हेटमायरले बलरको निकै धुलाई गर्ने गर्दछन् ।
१. क्रिस लिन (सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्स)

अष्ट्रेलियाका ओपनर क्रिस लिन सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सबाट यस संस्करणको सिपिएल खेल्ने छन् । अष्ट्रेलियाको टोलीमा आरोन फिन्च र डेभिड वार्नरको कारण ओझेलमा पर्दै आएका लिनले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
गत मार्चमा पाकिस्तान सपुर लिगमा लिनले लाहोर कलन्दर्सबाट मुल्तानसुल्तानविरुद्ध ५५ बलमा १२ चौका र ८ छक्का सहित १ सय १३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । लिन ठूला सटको लागि माहिर छन् । लिन आफ्नो एकल प्रर्दशन टोलीको जित सहज बनाउन सक्ने क्षमता राख्दछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]