5 years ago
August 17, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौं संस्करण आगमी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म हुँदैछ । जुन कोरोना महामारीपछि पहिलो टि२० फ्रेन्चाइज लिग हो ।

यस फ्रेन्चाइज लिगसँगै समर्थकमा एक उत्साह र रोमाञ्च फर्किने छ । खेलाडी पनि सिपिएल खेल्न आतुर छन् । यस पटकको सिपिएल दर्शक विनाको खाली रंगशालामा हुनेछ । अधिकांश खेलाडी लामो समय देखि कोरोनाको कारण अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । ब्याट्सम्यान भन्दा बलरलाई केहि कठिन पर्न सक्ने अनुमान गरिएको छ । वेस्टइन्डिज क्रिकेटको संस्कारनै आक्रामक ब्याटिङ मानिन्छ । सबै फ्रेन्चाइज टोलीले आफ्नो टोली तयार पारिरहेका छन् ।
१४ दिनको क्वारेन्टाइनमा बसेका खेलाडी पनि मैदान प्रर्दशन गर्न आतुर छन् । प्रतियोगिता सुरु हुनुअघिनै कुनै पनि खेलाडीले कस्तो प्रर्दशन गर्न सक्छ त्यसको क्षमता र पछिल्लो समयको प्रर्दशनलाई हेरेर अनुमान गर्न सकिन्छ । त्यस्तै यसै साता देखि सुरु हुने सिपिएलमा सर्वाधिक विकेट लिन सक्ने पाँच खेलाडीबारे छोटकरीमा जानकारी ।
५. केस्रिक विलियम्स (सेन्ट लुसिया जुक्स)

वेस्टइन्डिजका मध्यगतिका बलर केस्रिक विलियम्स यस संस्करणमा सर्वाधिक विकेट लिन सक्ने खेलाडी मध्यका एक हुन् । गतवर्ष उनले ९ खेलमा १२ विकेट लिएका थिए । विलियम्सलाई मैदान र पिचको बारे राम्रोसँग थाहा छ ।
त्यसको फाइदा उठाउँदै सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन् । उनले २५ टि२० आई खेलमा ४१ विकेट लिएका छन् । पछिल्लो समय उनले प्रर्दशन पनि राम्रो गर्दै आएका छन् ।
४. सन्दीप लामिछाने (जमैका तलावाज)

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस वर्षको सिपिएलमा सर्वाधिक विकेट लिन सक्ने खेलाडी मध्यका एक हुन् । सन्दीप जमैकाबाट सिपिएल खेल्ने गर्दछन् । गतवर्ष सिपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले यता नेपालको अन्तर्राष्ट्रिय खेल जुधेको हुँदा पूरै खेल खेल्न पाएका थिएनन् ।
यसपटक सन्दीपले पूरै खेल खेल्न पाउने छन् । सन्दीपले गत माघमा आइसिसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए । उक्त प्रर्दशनले सन्दीपको लय राम्रो देखिन्छ । त्यसैले वेस्टइन्डिजको पिच स्पिनर उपयोगी पिचमा सन्दीपले उच्च प्रर्दशन गर्न सक्छन् ।
३. शेल्डन कटरेल (सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्स)

वेस्टइन्डिजका बायाँ हाते तीव्र गतिका बलर शेल्डन कटरेल यस संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेल्ने छन् । शेल्डनले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर विकेट लिदै आएका छन् ।
गतवर्षको सिपिएलमा शेल्डनले ८ खेलमा १२ विकेट लिएका थिए । शेल्डनले ८८ टि२० खेलमा १ सय २३ विकेट लिएका छन् । यस पटकको सिपिएलमा शेल्डनले उत्कृष्ट प्रभाव जमाउन सक्छन् । अर्कोतर्फ घरेलु मैदानको पनि फाइदा उठाउन सक्छन् ।
२. राशिद खान (बार्बाडोस ट्राइडेन्ट्स)

अफगानिस्तानका लेग स्पिनर राशिद खान सिपिएलमा सर्वाधिक विकेट लिन सक्ने खेलाडी हुन् । वर्तमान समयमा विश्वका चर्चित लेग स्पिनर राशिद बार्बाडोस ट्राइडेन्ट्सका प्रमुख खेलाडी हुन् । राशिदले चर्चित विदेशी लिग र अन्तर्राष्ट्रिय क्रिकेट दुबैमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका छन् ।
राशिद त्यहिँ प्रर्दशनलाई निरन्तरता दिदै सर्वाधिक विकेट लिन सक्छन् । राशिद विदेशी फ्रेन्चाइज लिगमा पछिल्लो दुई वर्षमा पहिलो रोजाईको स्पिनरमा पर्ने गर्दछन् ।
१. इमरान ताहिर (गुयाना एमेजन वारियर्स)

यस पटकको सिपिएल खेल्ने दक्षिण अफ्रिका इमरान ताहिर एक्लो खेलाडी हुन् । ४१ वर्षिय लेगस्पिनर इमरान ताहिरले अनुभवको फाइदा उठाउँदै उच्च प्रर्दशन गर्दै आएका छन् । गत मार्चमा पाकिस्तान सुपर लिगमा ताहिरले ८ खेलमा १० विकेट लिदै सर्वाधिक विकेट लिने चौथो खेलाडी बनेका थिए ।
गतवर्ष ताहिरले सिपिएलमा वारियर्सबाट ९ खेलमा १६ विकेटका साथ दोस्रो स्थानमा रहेका थिए । सन् २०१९ मा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सबाट खेल्दै ताहिरले १७ खेलमा २६ विकेट लिदै शीर्ष स्थानमा रहेका थिए । निरन्तर फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका ताहिर यस संस्करणको सिपिएलमा पनि त्यस्तै प्रर्दशनका साथ शीर्ष स्थानमा रहन सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]