5 years ago
August 18, 2020
एजेन्सी – लगाचार पाँचौ दिनसम्मनै वर्षा बाधक बनेको इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । यो सँगै तीन टेष्ट सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो ।

पाँचौ दिन इंग्ल्यान्डले पहिलो इनिङमा ४३.१ ओभरमा १ सय १० रन बनाउन ४ विकेट गुमाएको अवस्थामा बराबरी सकिएको हो । ओपनर रोरी बन्र्सलाई शाहिन अफ्रिदीले पहिलो ओभरको चौथो बलमै शून्यमा असाद शफीकबाट क्याच गराएका थिए । ज्याक क्रली ९९ बलमा ७ चौका सहित ५३ रनमा आउट भए ।
क्रलीलाई मोहम्मद अब्बासले एलबिडब्लू आउट गरे । ओपनर डोम सिब्ले ३२ र ओली पोप ९ रनमा आउट भए । कप्तान जो रुट ९ रनमा अविजित रहे । पाकिस्तानका मोहम्मद अब्बासले २, शाहिन अफ्रिदी र यासिर शाहले १-१ विकेट लिए ।
पाकिस्तान पहिलो इनिङमा ९१.२ ओभरमा २ सय ३६ रनमा अल आउट भएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान १ सय ३९ बलमा ७ चौका सहित सर्वाधिक ७२ रनको योगदान दिए । उप कप्तान बाबर आजम १ सय २७ बलमा ३ चौका सहित ४७ रनमा क्याच आउट भएका थिए । बाबरलाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच आउट गराएका थिए । असाद शफीक ५, मोहम्मद अब्बास २ र शाहिन अफ्रिदी शून्यमा आउट भए ।

पहिलो दिन ओपनर शान मसूदलाई जेम्स एन्डरसनले तेस्रो ओभरको दोस्रो बलमा एक रनमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटको लागि आबिद अली र कप्तान अजहर अलीले ७२ रनको साझेदारी गर्दै समालिने प्रयास गरेका थिए । तर कप्तान अजहर अलीलाई एन्डरसनले २० रनमा रोरी बन्र्सबाट क्याच आउट गराएपछि पाकिस्तानले नियमित विकेट गुमाएको थियो ।
साम करनले रोरीबाट क्याच गराउनु अघि ओपनर आबिद अलीले १ सय ११ बलमा ७ चौका सहित ६० रनको योगदान दिए । ११ वर्षपछि पाकिस्तानको टोलीमा पूनरागमन फवाद आलमलाई क्रिस वोक्सले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएका थिए ।
इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक चार विकेट लिए । जेम्स एन्डरसनको नाममा ३ विकेट रह्यो। साम करन र क्रिस वोक्सले पनि १-१ विकेट लिए । मोहम्मद रिजवान ‘प्लेयर अफ द म्याच’ चुनिए । तेस्रो तथा अन्तिम टेष्ट २१ अगष्टबाट साउथह्याप्टनमै सुरु हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]